Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के हो सामाजिक सञ्जालमा चर्चा भइरहेको ‘क्लिन फिड’ ? किन भइरहेको छ बहश ?

Posted on June 26, 2019June 26, 2019 by राजेन्द्र मगर


यति बेला सामाजिक सञ्जाल क्लिन फिडको विषयले तातेको छ। मिडियाहरुले क्लिन फिडको समाचारलाई कभरेज गरिरहेका छन्।

केबुल व्यावसायीहरुले हिजो (मंगलबार)  सरकारले लिएको क्लिन फिड नितीको विरोध गर्दै २४ घण्टा विदेशी च्यानल बन्द गराए। विदेशी टिभी च्यानल बन्द गर्ने केबुल व्यावसायीहरुको विरोधमा  सिविआईमा उजुरी समेत पर्यो।

के हो  सामाजिक सञ्जालमा चर्चा भइरहेको क्लिन फिड ?

क्लिन फिड भनेको बिना कुनै पनि रोकावट टेलिभिजनमा चाहेको च्यानल र कार्यक्रम हेर्न पाउनुपर्ने मान्यता हो।

अर्थात जुनसुकै विदेशी टिभी विज्ञापन बिना देखाउने प्रावधान क्लिन फिड हो।

यो कार्यान्वयनमा आए कुनैपनि विदेशी च्यानलमा विज्ञापन प्रशारण हुँदैनन् ।

क्लिन फिड अन्तर्राष्ट्रिय अभ्यासमा रहेको साधारण विषय हो तर यसको अभ्यास नेपालमा भइनसकेकाले अहिले बहशको चरणमा छ।

क्लिन फिड नीति कार्यान्वयनमा आउनेवितिकै विज्ञापनको बजार विस्तार हुने र यहीका कलाकारले काम पाउनेछन्। नेपाली विज्ञापन बजार थप विस्तार र कम्पनी तथा कलाकारको भ्यालु बढ्छ।  नेपालको विज्ञापन बजार दोब्वर हुन्छ।

जस्तै कुनै विदेशी ब्राण्डले नेपाल मा विज्ञापन नगरि अर्बौको सेल्स गर्छ। किनकि, त्यसको विज्ञापन नेपालीहरुले हेर्ने ईण्डियन च्यानलमा हुन्छ। सोनी, स्टार गोल्ड, म्याक्स आजतक जस्ता टिभी च्यानल नेपालीहरुले हेर्ने हुदाँ विदेशी ब्राण्डले नेपालको लागि छुट्टै विज्ञापन बनाउँदैन र नेपाली विज्ञापनको लागि पैसा खर्च गर्दैन्। त्यसैले यसको प्रत्यक्ष घाटा नेपालको विज्ञापन व्यावसायमा पर्छ। 

सरकारले साउन १ देखि क्लिन फिड लागू गर्ने निर्णय गरेपछि क्लिन फिडको पक्ष र विपक्षमा बहश सुरु भएको हो।

तर, क्लिनफिडको बहश नेपालको लागि नयाँ होइन्।

यसअघि अर्थात केपी शर्मा ओली  पहिलोपटक प्रधानमन्त्री हुदाँ  क्लिन फिडको विषयमा बहश भएको थियो।

केपी ओलीले पहिलोपटक प्रधानमन्त्री हुदाँ २०७३ साल साउन ७ गते क्लिन फिड कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषदबाट गरेका थिए। सो निर्णय तत्कालिन ओली सरकारको अन्तिम क्याबिनेटले गरेको थियो र २०७४ साउन १ गतेदेखि लागु गर्ने भनिएको थियो । तर, त्यस लगत्तै ओली सरकार ढल्यो र बिचमा प्रचण्ड र शेर बहादुर देउवाले क्लिन फिड कार्यान्वयनमा खासै चासो देखाएनन् । अन्ततः २०७४ साउनको अन्तिम दिन सञ्चार मन्त्रालयले विज्ञप्ति निकालेर तयारी नपुगेको भन्दै क्लिन फिड कार्यान्वयन नगर्ने जानकारी गरायो।

त्यसको २ वर्षसम्म क्लिनफिड बहश सुनसान जस्तै भयो। अहिले सञ्चार मन्त्रालयले साउन १ गतेबाट क्लिन फिड लागु गर्नेभएपछि यो बहश सुरु भएको हो।

सरकारले पर्याप्त तयारी बिना क्लिन फिड निती ल्याएको भनेर एकथरीले विरोध जनाइरहेका छन्।

के तयारी गर्नुपर्छ क्लिनफिड नितीको लागि ?

क्लिन फिड कार्यान्वयनका लागि  टेलिभिजन च्यानलहरुलाई डिजिटल बनाउनुपर्छ।

त्यस्तै विज्ञापन ऐन नभएसम्म क्लिन फिड कार्यान्वयन गर्न सकिन्न।

यसमा विदेशी विज्ञापन नियमन र शुल्कको कुरा पनि आउँछ। क्लिन फिड आएपछि विदेशी विज्ञापनको पैसा नेपाली विज्ञापनले व्यहोर्न सक्नुपर्छ। त्यस्तो अवस्थामा च्यानलहरु केहि महंगो पर्न सक्छन्। क्लिन फिडपछि विदेशी विज्ञापनलाई नेपाली विज्ञापनले विस्थापित गरेन भने च्यानलहरु महंगिन्छन्।

सरकारले ल्याएको क्लिन फिड नितीको बारेमा कलाकारहरुले समर्थन गरेका छन्।

कलाकार हरिवशं आचार्यले फेसबुकमा  लेखेका छन्,

नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुमा प्रशारण हुने विदेशी विज्ञापनलाई रोक्ने र बिज्ञापन रहित बिदेशी च्यानल प्रशारण गर्ने नेपाल सरकारले क्लिन फिड योजना लागू गर्न खोजेको छ । यसको विरोधमा टेलिभिजन च्यानलका बिक्रेताहरुले २४ घण्टा विदेशी च्यानलहरु बन्द गर्ने निर्णय गरेका छन् । के यो विरोधले हामीलाई केहि असर गर्छ ? हामी नेपालीले २४ घण्टा विदेशी च्यानल हेर्न नपाउँदा हामीलाई केहि असर पर्छ ? नेपालमा प्रशारण हुने सबै विदेशी च्यानलहरु बिज्ञापन रहित हुनु हाम्रो लागि राम्रो हैन र ? यसले नेपालको अर्थतन्त्र, नेपाली उद्योग, नेपाली कलाकार, प्राविधिक सहित नेपाली बिज्ञापन उद्योग सबैको हित हुनेछ ।’

त्यस्तै कलाकार दिपक राज गिरीले लेखेका छन्,

करिश्मा मानन्धरले पनि क्लिन फिड नितीको समर्थनमा स्टाटस लेखेकी छिन्,

(क्लिन फिड सम्बन्धी व्यङ्ग्यात्मक विज्ञापनहरु विधान राजभण्डारीको फेसबुकबाट डाउनलोड गरी यता अपलोड गरेको)

5 thoughts on “के हो सामाजिक सञ्जालमा चर्चा भइरहेको ‘क्लिन फिड’ ? किन भइरहेको छ बहश ?”

  1. Rishi says:
    June 29, 2019 at 1:45 am

    नेपालको बिज्ञापन बजार कत्रो छ भन्ने सबैलाई थाहा भाकै कुरा हो. ऐले पनि चलिरहेका अधिकांस TV चंनेल हरु घाटामा नै छन्. २-३ साल अगाडी हो क्यारे एउटा नाम चलेको TV को पत्रकार तलब नपाएको ले झुन्दियेरा आत्माहत्या गरेको. अहिले पनि स्तिथि धेरै सुद्रियेर्को छैन. एउटा दुइटा नाम चलेका TV channels बाहेक अरुक पत्रकार हरु ऐले पनि तलब पुन महिनौ कुर्नु पर्ने बद्थ्यता छ.

    Advertising Association of Nepal ले लामै समय भयो यो Clean Feed को सम्बन्द मा आवाज उठाको . सरकारले अहिले आएर येही समूह लै फाइदा हुने गरि नीति लाएको छ. येस्मा थप बिस्तृत प्राविधिक र आर्थिक बिस्स्लेशन जरुरि छ.

    आर्थिक पक्ष्य हेर्दा एसले नेपाली बिज्ञापन क्षेत्र र येस्मा आबद्द कलाकार,पेसाकर्मी हरु लै फाइदा हुने देखिए पनि एसको दुरगामी असर बारेमा मनन गर्न जरुरि छ.

    १. अहिले cable Operator /Dish Operator ले जसरि बिदेशी बिज्ञापन सहित बिदेशी चंनेल हरु ल्याई रहेका छन्, एउटा कुरा बुज्न के जरुरि छ भने तेइ बिदेशी बिज्ञापन ले चंनेल हरु को मूल्य लै subsidize गरि राखेका छन्. (जस्तो कि अहिले कान्तिपुर पत्रिका किन्न जानु भो भने १० रुपिया तिरे पुग्छ. भोलि बाट बिज्ञापन रहित पत्रिका चाहियो भन्नु भो भने तेइ पत्रिका तपाइलाई १०० रुपिया वा बढी पर्छ ). एसले गर्दा Cable Operator ले अहिले दिरहेको मूल्य भन्दा बढी मूल्य मा मात्र सेवा दिन सक्छन. एसको मार ग्राहक वर्ग मै पर्ने हो.

    २. Clean Feed ल्याई सके पछि तेस्मा के कस्तो बिज्ञापन हाल्ने हो? नेपाली उद्योग को मात्र हाल्ने कि बिदेशी उद्योग/बस्तु को पनि हाल्ने हो प्रस्ट छैन. भोलि सोचे अनुरुप बिदेशी कम्पनी ले नेपाली मा बिज्ञापन दिएनन् भने के नेपाली उद्योग /बस्तु बाट मात्र यो बिज्ञापन उद्योग धन्न सक्छन?

    ३. बिज्ञापन दिनु भनेको कुनै पनि कम्पनी लै व्ययभार थपिनु हो. एसको भरपाई उसले गर्ने भनेको ग्राहक हरु लाई दिने सेवा सुबिदामा सुल्क वृद्धि गरेरनै हो. एस अर्थ मा यो नीति ले गर्दा नेपाली बस्तु/सेवा को शुल्क ब्रिद्दि हुन्छ र मार मा तेइ सर्ब साधारण जनता नै पर्ने हुन्.

    ४.बिदेशी बिज्ञापन बजाएर नेपाल सरकारलाई राजश्व घाटा त भै रहेको छ . तर राजश्व बढाउने तरिका अरु पनि हुन सक्छन, जस्तो श्रीलंका मा Clean Feed Policy मा बिदेशी बिज्ञापन देखाए प्रति ३० second को ५०००० रुपिया जरिवाना तिर्नु पर्ने नियम छ. नेपाल मा भने एस्तो प्रावधान नराखी खाली Private Sector (AAN ) लाई फाइदा हुने गरि यो नीति ल्याइएको छ.

    अरु पनि थुप्रै आर्थिक पाटो हरु होलान अहिले लाई सम्झेको येतिनै.

    प्राविधिक पक्ष्यबारे अर्को पल्ट लेखौला.

    Reply
  2. Mohan says:
    June 29, 2019 at 12:50 am

    तेसो त पैसा तिरेर किनेको पत्रिकामा पनि त बिज्ञापन हुन्छ नि.

    Reply
  3. SP MUNA says:
    June 27, 2019 at 2:05 pm

    clean fid hunu ramro ho. yes bata nepali utpadan ko bikas huncha…

    Reply
  4. rajan says:
    June 27, 2019 at 10:47 am

    येति मात्र होइन पैसा तिरेर हेरेको चनेल मा नि बिज्ञापन आउनु भयन नि | Youtube हेर्या हो र फ्री मा बिज्ञापन प्रसारण गर्नु \

    Reply
  5. Shankar says:
    June 26, 2019 at 1:36 am

    भारत प्रेमी हरुले कुरा गर्दा भारत को बिरोध गर्यो भन्ला तर अरु बिदेसी च्यानल चलाएपनि नेपाल ले भारतीय च्यानल लाइ चै पूर्ण प्रतिबन्द लगाउने , भारतीय कपडा हरु नेपालि ले पूर्ण बहिस्कार गर्ने , भारतीय गाडीहरु न किन्ने बा भनौ जनताको लेबल मै भारतीय उत्पादन लाइ पूर्ण बहिस्कार गर्न सके नेपालि सचेत भएको मानिनेछ |
    लम्पसार बाद मा बिस्वास गर्ने नेपाल का नेताहरु र जनता ले यो बुझेनन् कि भारत को हरेक कुराले नेपालि को रगत चुसेको छ |
    हाम्रो राजनीति , सैक्षिक , सामाजिक , धार्मिक , संस्कृतिक हरेक पक्ष्य मा भारतीय हरु क्यान्सर बनेर घुसेका छन् |
    त्यो क्यान्सर लाइ चिनेर , बुझेर त्यहीअनुसार अबलम्बन गर्न सके त्यो बिन्दुबाट नेपाल अगि बढ्छ |
    अनि सन्धि हैन सम्झौता हुन्छ , अल्ला को नाम दे दे बाबा भन्न पर्दैन , बार्गेन गर्न सकिन्छ | नेपालि बुद्दिजिबि , राजनेता , पत्रकार सब भोको जुका सग सगै सुत्न चाहन्छन
    अनि कुनबेला रगत चुस्छ ( ज्यान चै धन्न लिन सक्दैन ) पत्तो नै पाउदैन |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme