Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपाली युवतीले ठगिन् भारतीय युवकलाई ! र, अरु दुई खबर

Posted on June 24, 2019 by राजेन्द्र मगर

आज असार ९ गते सोमबार। आजका मुख्य तीन खबर यो बल्गमा प्रस्तुत गरिएको छ।

पहिलो खबर हो बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको।

प्रतिष्ठानले  ऐन विपरित नेपाली विद्यार्थीलाई भन्दा बढी सीट विदेशी विद्यार्थीलाई छुट्याएको छ। ऐनले विदेशी विद्यार्थीका लागि एक तिहाइभन्दा बढी सीट दिन नपाइने व्यवस्था गरेको छ। पिजीको जम्मा सीट संख्याको एक तिहाइ नभएर विषयगत रुपमा ३३ प्रतिशत सीटमात्र विदेशीलाई दिन पाइन्छ।

तर, असार ७ गते बिपी प्रतिष्ठानले पिजीको लागि भर्ना खोलेको सूचनामा बढी कोटा छ्ट्याएको पाइएको छ।

भारतीय युवकलाई नेपाली युवतीले ठगेको समाचार पनि आज अधिकाशं अनलाईनले प्रमुखताका साथ स्थान दिएका छन्।

डायना नामक युवतीले भारका निर्माण व्यवासायी श्रीपाल जैनलाई ठगी गरेकी हुन्।

फेसबुकबाट समबन्ध अघि बढाएर जैनलाई डायनाले २३ लाख ठगेकी हुन्।

डायनाको जालमा फसेका भारतीय युवकले डायनालाई आफ्नो परिवारसँग पनि चिनजान गराएका हुन्छन्।

उनलाई पछ्याउदै नेपाल आएपछि ठगिएको थाहा पाउँछन् र नेपाल प्रहरीको सहयोग लिन पुग्छन्।

र, प्रहरीले सजिलै ति युवतीलाई पक्राउ गर्छन्।

त्यसपछि थाहा हुन्छ  धनाड्य परिवारकी भनिएकी ति युवती सामान्य परिवारकी हुन्छिन्।

तर, डायनाको कर्तुत खुल्नुअघि उनले जैनलाई आफु धनाड्य परिवारको भएको। नेपालका राजनीतिज्ञ तथा कुटनितिज्ञसँग समबन्ध रहेको भनेर झुक्याएकी हुन्छिन्।

जैनपनि उनको अंग्रेजी बोली र बाण्डेड लत्ताकपडाको भ्रममा पर्छन्।

त्यस्तै आजको अर्को महत्वपुर्ण खबर हो नेपालका नर्सहरु मात्र जापान जान पाउने।

जापानी भाषा पढाउने संस्थारुले भ्रम फैलाएर सबै कामदार जापान जान पाउने भनिरहेको बेला यस्तो खबर बाहिरिएको हो।

वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालले  जापान सरकारसँग  अनौपचारिक छलफल हुँदा अक्टोवरमा नर्सिङ केयरको लागि मात्रै परीक्षा लिइने जानकारी आएको  बताएका छन्। उनका अनुसार यो वर्ष १४ सेक्टर मध्ये नर्सिङ केयर सेक्टर मात्र जापान पठाइन्छ।

भाषाको नाममा खोलिएका संस्थाहरुले कुनै पनि शिर्षकमा पैसा उठाएको छ भने विभागमा जानकारी दिन समेत भुषालले आग्रह गरे।

1 thought on “नेपाली युवतीले ठगिन् भारतीय युवकलाई ! र, अरु दुई खबर”

  1. राजेश अवाले says:
    June 24, 2019 at 5:41 am

    सबै त नभनौ तर कतिपय इन्डियन पुरुष हरु अंग्रेज सामन्तवाद को अवशेष ले गर्दा हो कि के ले हो सेतो छाला भने पछि हुरुक्कै हुन्छन / हुन पनि फेयर एण्ड लभ्ली जस्ता बेकार का मलमको इन्डिया मा अर्बौं को विक्री हुन्छ हरेक वर्ष / बाहिर कन्फरेन्स सेमिनार मा गोरी केटि देखे भने लाज सरम छोडेर पछि लान्छन / फेरी नेपाली जस्तो संकोच मान्ने हुँदैनन् यस्तो प्रकार को विचार राख्ने इन्डियन हरु / जस्तो कुरूप भए पनि आफु लाइ रुपकुमार र सलमान खान सम्झेर खुल्लम खुल्ला गोरी केटि हरु लाइ खाउँला झैं गरेर टुलुटुलु हेर्ने , थुक निल्ने अनि अति अफ्ठ्यारो हुने गरेर गोरी केटि हरु को पछि लाग्छन् / गोरी केटि भन्दैमा “फ्री सेक्स ” पाइन्छ जस्तो गर्छन इ निर्लज्ज र भोंडा र अति बेअदवी बेशर्म,इन्डियन पुरुष हरु /

    सबै इन्डियन पुरुष यस्ता हुन्छन भन्न खोजेको होइन तर धेरै मात्रा मा छन यस्ता

    इन्डियन हरु को वैवाहिक विज्ञापन हेर्यो भने जता ततै “fair bride needed ” याने कि “गोरी वधु चाहियो ” भन्ने देखिन्छ अनि जति सुकै धम्मर्धुस काली ले पनि आफु लाइ “गोरी” भनेर विज्ञापन गर्न कर लान्छ /

    यहि कारण ले बम्बई मा नारकीय जीवन भोग्न वाध्य पारिएका नेपाली चेली हरुको यस्ता खालका इन्डियन पुरुष हरु बीच ठुलो माग छ / कुइरी नपाए पनि इन्डियन केटि भन्दा अलि कति हल्का रंग भएका पहाडी केटि मन पराउंछन यस्ता खाल का इन्डियन पुरुष हरु /

    अझ कतिपय धनाड्य इन्डियन पुरुष त रसियन केटि हरु भने पछि लाखौं खर्च गर्न तयार हुन्छन र रसियन केटि हरुको ठुलो माग छ यस्ता धनाड्य इन्डियन हरु बीच / दिन का दिन प्लेन चढेर रसियन कल गर्ल हरु जान्छन इन्डिया का पांच तारे होटल हरु मा /

    फेरी पनि भन्छु , सबै इन्डियन पुरुष यस्ता हुन्छन भन्न खोजेको होइन तर धेरै मात्रा मा छन यस्ता

    यो बबुरो इन्डियन पनि त्यही प्रकार को परे जस्तो छ / त्यही कारण ले के के न “गोरी लड्की पटाउँगा” भन्ने आशा ले इ नेपाली ठग युवती को जाल मा परेको हुन सक्छ

    अचम्म लाग्छ यस्तो कुरा सुन्न पाउँदा / इन्डिया मा सारा संसार मै प्रख्यात अनेक सुन्दरी हरु छन् / गोरो छाला हुँदै मा राम्री हुने त होइन / “सांवली सलोनी तेरी झील सी आंखें ” भन्ने गाना झैं मलाई त अलिकति काली काली हिस्सी परेकी सुन्दरी नै मन पर्छ / किन त्यस्तो गोरो छाला मा हुरुक्क हुन्छन इ इन्डियन हरु, भगवान नै जाने

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme