Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘पिर्के सलामी’को अपार सफलतापछि आयो नौलो प्रस्तुति- ‘टेबुले सलामी’

Posted on June 23, 2019June 23, 2019 by Salokya

केही अघि रातो कपडा ओछ्याएको पिर्का माथि चढेर सलामी खाएको फोटो भाइरल भएको थियो। पिर्के सलामीको अपार सफलतापछि फेरि अर्को फोटो यतिबेला भाइरल भइरहेको छ। यसमा त झन् अतिथि टेबलमाथि चढेका छन्। त्यसरी चढेपछि अरुहरुभन्दा अग्ला भइहाले। शानसँग तिनले छाती तनक्क तन्काएर सलामी खाएका छन्।

यो कुन ठाउँको फोटो हो र सलामी खाने व्यक्ति को हुन् भन्ने परिचय खुलेन।अघिसम्म खुलेको थिएन। ब्लग राख्ने बित्तिकै खुलिहाल्यो नि। उहाँ हुनुहुँदो रहेछ परशु नेपाल। धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर। उहाँ पनि तत्कालीन एमालेबाट विजयी भएका र हाल नेकपा नेता हुनुहुँदो रहेछ।

यसैबीच ओखलढुंगाको त्यो पिर्के सलामीको अर्को फोटो पनि माइसंसारले पाएको छ।

कार्यक्रम उही, पिर्के सलामीको शैली उही। तर पात्र फरक।

यिनी हुन् ओखलढुंगाबाट प्रदेश सभा कका लागि वामपन्थी गठबन्धनबाट निर्वाचित एमालेका अम्बिरबाबु गुरुङ। उहाँले कांग्रेस उम्मेदवारलाई पराजित गर्नुभाथ्यो।

अस्ति नै भाइरल भएको फोटो चाहिँ ओखलढुंगा प्रदेश सभा खका लागि वामपन्थी गठबन्धनबाट निर्वाचित तत्कालीन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मोहनकुमार खड्काको थियो।

7 thoughts on “‘पिर्के सलामी’को अपार सफलतापछि आयो नौलो प्रस्तुति- ‘टेबुले सलामी’”

  1. Milan says:
    June 24, 2019 at 8:57 am

    टेबल सालम देखे पछि, होम्वोर्क नगर्ने केटाहरु लाइ बेञ्च माथि उठाएर राख्ने याद आयो !

    Reply
  2. madan bajracharya says:
    June 24, 2019 at 6:23 am

    मैले अर्को पल्ट भर्याङ्ग चढेर सलामी लेऊन भन्न खोजेको तर यक जना मित्रले त्यो भनि सकेको रहेछ/ तेसैले अब म बुइ चढेर सलामी लेऊन भन्न चाहन्छु/ बुई जसको चढे पनि हुन्छ उसको स्वकिय सचिवको चढे पनि हुन्छ, नभय गधा गोरु राँगा जसको बुई चढे पनि हुन्छ/

    Reply
  3. Baburam Nepali says:
    June 23, 2019 at 11:50 pm

    समाचारको खडेरी हो कि ? चाप्लुसीवाजहरु अरु भन्दा फरक चाप्लुसी कसरी गर्न सकिन्छ भनेर नयाँ उपायहरु झिक्छन अनि हाम्रा भोका जनप्रतिनिधिहरु लहैलहैमा लागेर उनेहरुले भनेझैँ गरिदिन्छन। दोषी सलामी खानेहरु भन्दा सलामी दिनेहरु हुन्।

    Reply
  4. nimesh says:
    June 23, 2019 at 10:06 pm

    सामन्तवादीका अवशेष बोक्दै हिन्दिरहेछ त

    Reply
  5. Shankar says:
    June 23, 2019 at 9:58 pm

    केहि समय अगि बाबुराम लाइ कसैले बोकेर खोल्सा ( घुडा सम्म पनि पानि न भएको )तराएको फोटो भाइरल भएको थियो , मान्छेहरुले लेखे ”सर्बहारा नेताको एस्तो चा ल ”
    | आज कम्निस्ट मेयर को तेबुले सलामीको चर्चा छ , हिजो रास्ट्रपति को बडामहारानी स्ट्याल को चर्चा थ्यो । आगामि दिन मा नेपालि कम्निस्ट ले बोलि अनुसार को आचरण न देखऔने हो भने कान्ग्रेस जस्तै हाल होला है ।

    Reply
  6. Sanjay M says:
    June 23, 2019 at 9:53 pm

    बाच्नु मात्र पर्छ के के देख्न पाइन्छ! नया राजाहरु पनि देख्न पाइयो!!!!!!!!!!!!!!!!!!!!!

    Reply
  7. कालु सुनार says:
    June 23, 2019 at 9:13 pm

    जतिसुकै पाखे भए पनि भित्री मन मा भने सबै लाइ “राजा हुन पाए हुन्थ्यो ” भन्ने लाग्दो हो /

    खाओ वादीहरु बाहिर आदर्श र समानता र सर्वहारा कुरा गरे पनि दुइ पैसा घिचे पछि खाइ स्योस , बाथरुम गइ स्योस , मलमुत्र त्याग गरी स्योस् भन्न थाली हाल्दा रहेछन

    तर त्यस्तो गर्दा र घिउ हालेको भात र खसी खाने बानि भए पछि त प्रचण्ड सर जस्तै पुट्ट भुँडी लाग्ने अनि पिर्का र टेबिल मा चढेर सलामी ग्रहण गर्दा पनि स्वाँ स्वाँ फ्वाँ फ्वाँ हुने नै भयो

    बरु भरेंग सलामी र जिम्न्यास्टिक सलामी ग्रहण गरे हुने / अनि कसरत पनि हुने

    सालोक्य सर , तस्विर भने पोस्ट गर्न आउँदैन, लिंक हाल्न पाइने हो कि नपाईने हो / तल छन लिंक भरेंग सलामी र जिम्न्यास्टिक सलामी / मिल्छ भने तस्विर हाल्दिनुस न है ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme