Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हाम्रो दूतावासलाई थाहै नभएको एउटा प्रावधान – माल्दिभ्सबाट भारत छिर्दा पनि चाहिन्छ नेपालीलाई भिसा

Posted on June 23, 2019June 25, 2019 by Salokya


भारतीयहरु नेपाल आउन र नेपालीहरु भारत जान भिसा चाहिँदैन। नेपाली नागरिकता वा भिसा नभएको पासपोर्टमात्र भए पनि भारत जान पाइन्छ। भारत र नेपालबीच भएको पुरानो सन्धिका आधारमा यो सुविधा दुवै देशका नागरिकहरुले पाउने हुन्। केही देशबाट भारत पस्न खोज्नुभयो भने तपाईँ नेपाली नै भए पनि भारतको भिसा लिनै पर्छ। यो नियमबारे धेरैलाई थाहा नहुनसक्छ। त्यसैले अन्यौल हुनसक्छ। अरु त के, हाम्रो दूतावासलाई समेत थाहा रहेनछ माल्दिभ्सको कुरा त।

भारतस्थित नेपालको दूतावासले असार ६ गते एउटा सूचना निकालेको थियो। जसमा चार देशबाट भारत पस्दा नेपालीलाई पनि भारतको भिसा लिन पर्ने उल्लेख थियो। त्यसमा उल्लेख भए अनुसार चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत छिर्दा मात्र भिसा चाहिन्छ।

तर भारतको अध्यागमन ब्युरोको वेबसाइटमा राखिएको नेपाली नागरिकहरुका लागि सूचना अनुसार माल्दिभ्सबाट नेपाल छिर्दा पनि भिसा चाहिन्छ।

भारतको भिसा छैन भने माल्दिभ्सको एयरपोर्टबाटै नेपालीलाई फर्काइदिएको उदाहरण छन्।

त्यसो भए अब नेपाली दूतावासको सूचना अनुसार भिसा नलिई माल्दिभ्सबाट भारत छिर्न खोज्दा भारतको अध्यागमनले रोक्यो भने के हाम्रो दूतावासले रोक्न पाइन्न भन्छ त?

अथवा अब यस्तो प्रश्न पनि उठ्ला समानताको सन्धिको आधारमा- चीनको ग्रेटवाल वा तिब्बतको मानसरोवर हुँदै नेपाल छिर्न खोज्ने भारतीयलाई पनि नेपालको भिसा चाहिन्छ कि चाहिन्न? प्रश्नको जवाफको खोजी कसले गर्ने?

6 thoughts on “हाम्रो दूतावासलाई थाहै नभएको एउटा प्रावधान – माल्दिभ्सबाट भारत छिर्दा पनि चाहिन्छ नेपालीलाई भिसा”

  1. paon says:
    August 2, 2019 at 7:45 pm

    धोति हरुले नेपालीलाई जहिलेनी गारो मात्र बनाउछ.बरु कोरियन भाषा पढेर कोरिया गए हुन्छ.

    कोरियन भाषा

    Reply
  2. शेखर says:
    June 30, 2019 at 3:00 pm

    यो विषय प्रमुख प्रतिपक्षी दललाई थाहा छ कि छैन ? भएको भए त कुरा उठाउनु पर्ने हो ।

    Reply
  3. Hari says:
    June 24, 2019 at 5:20 pm

    When i checked few month before that website it was clearly written if nepali passport entering from these 5 countries they need visa. I am surprised to see government notice all over internet now.

    Reply
  4. madan bajracharya says:
    June 23, 2019 at 8:59 pm

    भारतले नेपाल माथि सडक नाकाबन्दी गरेको चर्चा हुन्छ तर के भारतले नेपालमाथि सडक नाकाबन्दी मात्रै गर्दै आयको छ; हवाई नाकाबन्दी गरेको छैन; आर्थिक नाकाबन्दि गरेको छैन; नदि बन्दि गरेरेर नेपाल दुवाउन्दै आयको छैन; मधेसी पहाडी बीच विभेद गर्नेलाई आश्रय प्रश्रय दियर सामाजिक नाकाबन्दी गरेको छैन?

    सडक नाकाबन्दी खुले/ तर बाकि नाकाबन्दी हरु झन् झनै कस्दै लागेको छ/ तेसैले नेपालले दुई पच्छिय …..हरु को आधारमा भयको सन् १९५०को सन्धि खारेज गरेर भारत नेपालको अरु रास्ट्र सिट जस्तो सम्भंद भय गरेको छ तेस्तै सन्धि मात्रै गर्नु पर्छ; भारत को इसारामा रहनु पर्ने बिशेष सन्धि कुनै गर्नु हुँदैन/

    यसो गरे के होला?
    ०१. नेपालको सदनमा भारतले नेपाल सिट गरेको कुन कुन सन्धि पालना गरेको छैन?
    ०२. दसगजामा भारतले सिमा सडक भन्दै बाँध बनायकोमा बिस्वको ध्यान आकर्षण गर्ने
    ०३. भारतले नदि थुनेको कारणले नेपाली भयको नोक्सानको छ्यतिपूर्ति माग्ने
    ०४.भारतको कारणले सम्झौताले पूर्णता लिन नसकेको सबै सन्धि खारेज गर्ने (महाकाली)
    ०५. कोशी गण्डकी महाकाली सन्धिहरु भारतले पालना गरेको छैन/ त् अर्को सन्धि नगर्ने
    ०६. अध्यागम र नागरिकता सम्भंदित नीति “जैसा उसका वैसा हमारा” बनाउने/
    ०७. कालापानी को समस्या भरत ले दुई बर्षमा सुल्झाउने भनेको के भयो प्रष उठाउने

    Reply
  5. Amit Kumar Sharma says:
    June 23, 2019 at 8:56 pm

    Australia baat kunai Nepali India jaada pani visa hunu parchha bhanera suneko thiye.

    Reply
    1. Hari says:
      June 24, 2019 at 5:18 pm

      If person going to use hongkong transit need visa for np passport.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme