Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

….अनि प्रम ओलीले रेशम चौधरीको खुट्टामा नेल हटाउन निर्देशन दिए

Posted on June 22, 2019 by राजेन्द्र मगर

राजपाको निर्वाचित सासंद तथा टिकापुर घटनाको अभियोगमा जेलमा सजाय भोगिरहेका रेशम चौधरीको एउटा फोटो हिजो (शुक्रबार) भाइरल भयो। गत बिहिबार वीर अस्पतालको ट्रामा सेन्टरमा भर्ना भएका उनी बेडमा लमतन्न देखिन्थे। खुट्टा फलामको नेलले बाधेर राखिएको थियो भने हातमा ब्याण्डेज गरेको  देखिन्थ्यो।

उनलाई मेरुदण्डमा समस्या देखिएर ट्रामा सेन्टरमा भर्ना गरिएको थियो।

चौधरीलाई नेल लगाएर उपचार गरिरहेको फोटो सार्वजानिक गरिएपछि उनको पक्षमा व्यापक समर्थन आयो। अस्पतालमा उपचार गर्दा समेत नेल लगाउनु मानव अधिकार हनन भएको आवाज उठ्यो। नेल खोलेर उपचार गराउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सरकारलाई अनुरोध गरे।

सामाजिक सञ्जाल फेसबुकमा लेखक आहुतीले लेखे—

हाम्रो समयको दलाल पुँजीवादी तथा हिन्दू उच्च जातवादी राज्यको कुरूप हर्कतको फोटो दस्तावेज हो यो जसलाई न्यायप्रेमी नागरिकले कहिल्यै बिर्सने छैनन् ।

 

चौधरीको फोटो भाइरल भएपछि पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि ट्रामा सेन्टर पुगेर उनलाई भेट गरे।अनि सामाजिक सञ्जाल ट्विटरमा लेखे,

टीकापुर थारू विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरूदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलोको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो?आज सत्तामा बस्नेहरूले हिजोको गोलघरको यातना कति छिटै बिर्सेका हुन्?यो हर्कत तुरून्त बन्द गर!

 

पुर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जालमा लेखेपछि चौधरीलाई नेल लगाएर उपचार गर्नु गलत रहेको भन्दै सामाजिक सञ्जालमा आवाज उठाउन अरु व्याक्तीहरु पनि थपिए।  लेखक, पत्रकार र साहित्यकारहरुले चौधरीलाई नेल लगाएर उपचार गराउनु मानव अधिकार विरोधी भएको भन्दै लेख्न थाले। जसको असर बालुवाटारसम्म पुग्यो।

त्यसपछि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा नेल  हटाउन र खुट्टामा नेल लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिए। अहिले चौधरीको खुट्टाबाट नेल खोलिसकिएको छ। उनी ट्रामा सेन्टरमा उपचारत छन्

चौधरी विगत तिन सातादेखि बिरामी पर्दै आएका छन्।

२0७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा घटेको  घटनाको अभियोगमा उनी जेलमा छन्। उक्त घटनामा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए। यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए। सुरक्षाकर्मी नै मारिए पछि ८५ भन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भएका थिए।

राष्ट्रिय जनता पार्टीका तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीले गत पुष १९ गते डिल्लीबजार कारागारबाट आएर संसदमा  सपथ गरेका थिए। २०७४ फागुन २४ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेयता उनी डिल्लीबजार कारागारमा थिए। हालै कैलाली जिल्ला अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला गरेको थियो। त्यसयता उनी डिल्ली बजार कारागारमा बन्दी थिए।

 

3 thoughts on “….अनि प्रम ओलीले रेशम चौधरीको खुट्टामा नेल हटाउन निर्देशन दिए”

  1. madan bajracharya says:
    June 24, 2019 at 6:45 am

    गम्भीर अपराध गरेको र भाग्न सक्ने अपराधीलाई नेल लगाउनु को उद्ध्यस्य कानुनको पालना नगर्नु पनि हुँदैन मानव अधिकारको हनन गर्नु पनि हुँदैन/भाग्न बात रोक्न यस्तो गर्नु पनि सजायको यक रुप पनि हो/

    मलाई अचम्म लाग्छ मानव अधिकारवादीको कुरा सुनेर; सबै मानव मानव भयर पनि मानव हुँदैन; आम मानव र कैदी मानव अपराधि मानव सबै लाई समान मान्नु हुँदैन/ अब यसले गरे गरायको अपराध कस्तो थियो त्यो सबैलाई थाह भयकै कुरा हो/ नेपालको कयौं जेलहरु कस्तो छन् र त्याहा कैदीहरु कसरि….के कुनै मानव अधिकारवादी बोल्दैन तर बम पड्काउने व्यक्ति गायव गर्ने सम्पति कब्जा गर्ने अनि प्रहरीको आँखामा भाला घोपी मार्नेलाई असुविधा हुने गरि …भय बोल्न थालि हाल्छ मानव अधिकारको हनन भयो भनेर/

    त् भनोस उनीहरु कस्तो जेल बनुन भनि चाहन्छ; जुन बेला चाह्यो तेतिबेला निस्कन सक्ने?
    आफुलाई मन परेकै खाना खान पाउने? देस बिदेशमा के भई रहेछ भनि जान्न अखवार टिभी मोवाईल आदि पनि उपलब्ध गराउने/ अनि फाँसी नै दिनु पर्ने भय स्वाश नरोकिने गरि दिनु पर्ने?

    Reply
  2. Shankar says:
    June 23, 2019 at 10:13 pm

    हिजो कृष्णमान श्रेष्ठ लाइ मार्ने आदेश दिने , उज्जैन श्रेस्ठ लाइ मार्ने आदेश दिने तेस लगायत केयेउ( कांग्रेसी गरिब टिचर ) लाइ जनकारबाही गर्ने भन्दै मार्ने आदेश हिने हाइक मान्द र झापा काण्ड मा मान्छेलाई खुकुरीले गिदने नेताहरु र रेशम चौधरीको फरक के ?
    गणतन्त्र आइसकेपछि पनि येउटै देश मा दुइ कानुन ?
    रेशम चौधरी रंगेहात पकडेको हो ? हैन | जस्तो बाबुराम , प्रचण्ड , ओली , माकुने ,राधाकृष्ण मैनाली तेस्तै रेशम चौधरी |
    उपेन्द्र यादब को फोरम ले पनि त् थुप्रै पहाडिया मार्यो नि , उसलाई चै कारबाही गर्न सकेन |
    आज विप्लब ले बम पड्काएर मान्छे मारिरा छ उ चै नेता |
    येउतै देश मा दस थरि कानुन पाखेहरु | तेरा बाजे येसरी देश चल्छ |

    Reply
  3. Ang Chhiring says:
    June 23, 2019 at 5:09 pm

    Rule of law ? कि हुकुम् प्रमाणी आदेश?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme