Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हे भगवान् के देख्नुपरो यो ! को हुन् रातो पिर्कामा उभिने?

Posted on June 22, 2019 by Salokya

अहिले सामाजिक सञ्जालमा एउटा फोटो निकै भाइरल भइरहेको छ। हेर्नेलाई समेत अप्ठेरो हुने गरी एक महानुभाव दुई वटा इँटामाथि राखिएको रातो कपडाको टुक्रामा उभिएका छन्। र अरुभन्दा विशेष भएका छन्। पछाडि उद्घाटन समारोह लेखिएको छ। के हो यो? को हुन् यिनी? 

यो ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाको फोटो हो। त्यहाँको प्रबुद्ध मावि च्यानमको खेल मैदानमा शुक्रबारदेखि गाउँपालिका स्तरीय प्रथम अन्तरमावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको रहेछ।

त्यसैको उद्घाटनका लागि पुगेका थिए

प्रतियोगिताको मोहनकुमार खड्काले उद्घाटन गरेका थिए। खड्का को भन्ने पर्‍यो होला तपाईँलाई।

उनी सांसद हुन्। तर नझुक्किनुस्, उनी संघीय संसद अथवा भनौँ प्रतिनिधि सभा वा राष्ट्रिय सभाका सांसद हैनन्। उनी त प्रदेश सभाका सांसद हुन्। ओखलढुंगाको साविक क्षेत्र नं. २, प्रदेश ख बाट  उनी वाम गठबन्धनका साझा उम्मेदवार भई विजयी भएका थिए।

नेकपा बन्नुअघि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य थिए मोहनकुमार खड्का जसको उपनाम ‘हिमशिखर’ हो। नामै यस्तो खतरा – हिमशिखर। अनि देखाउनु परेन शिखर व्यक्तित्व?

सिकेको चाहिँ केन्द्रबाटै हो। राष्ट्रपति भोटो जात्रामा उपस्थित हुँदाको फाइल फोटो हेर्नुस्-

3 thoughts on “हे भगवान् के देख्नुपरो यो ! को हुन् रातो पिर्कामा उभिने?”

  1. कालु सुनार says:
    June 23, 2019 at 10:28 am

    पिर्का मा त उभिनु भएछ तर जुत्ता टल्काउन बिर्से जस्तो छ .
    अनि खासा बजार मा किनेको कालो चस्माको लेबल पनि निकाल्न भुल्नु भएछ
    अब मोहन कुमार खड्का हैन मोहन राजधिराज खडाकेन्द्र भन्न थाल्ने कि ?
    तर त्यो दुइटा ठाडो परेको इँटा मा पिर्का ब्यालेन्स गर्ने त यौटा कला नै हो मार्शल आर्ट जस्तो
    कुम्फु र हापकन्ड़ो मा ब्ल्याक बेल्ट छ कि ?
    अनि सर्व हारा भनेको सबै कुरा खाने भनेको हो क्यार अघोरी जस्तै
    मल सल पनि खान पाए नछोडेको जस्तो छ पुटुक्क निस्केको भुँडी ले गर्दा

    Reply
  2. कुमार says:
    June 22, 2019 at 8:30 pm

    लौ लौ, माथिको सिको गरेका रहेछन| अरु पनि फोटो तस्वीरमा उतार्न नसकेका के के आदर्शहरु सिकेका होलान| नेताहरुका केही नमुनाहरु —
    -दुईटा पाउमा रेड कार्पेट भए पुगो|
    -आफ्नो बैठक कोठा र पुजा कोठा सफा भए पुगो अरु ठाउँ भांडमे जाए|
    -गला भरि फुलको माला र खादाको भारी
    -फलाना र ढिस्का सम्बोधन गरेर १० मिनट खेरो फाल्ने शुरुको भाषण
    -आफुले खान पाए पुगो, अरुले जेसकै गरोस
    पहिले आफुले मागेर खाने परम्परा, खाते प्रबित्ति, अहिले आएर आफै लाजै नमानी सोरेर खाने|

    यस्तो तालले पनि मुलुक रुपान्तर हुन्छ? नयाँ नेपाल भनेको यही हो?
    हैट…..

    Reply
  3. Shankar says:
    June 22, 2019 at 1:12 pm

    रातो पिर्का मा उभिने को पनि श्री पेच लाउने सोख हुन् सक्छ | मौका पाए जो पनि राजा बन्न तयार , हेलिकोप्टर न पाए धुरी चढ्न तयार | अरुलाई चै आफु सर्ब हारा , जनताको नेता भन्ने तोरी लाउरे गफ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme