Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चार देशबाट भारत पस्न नेपालीलाई भिसा चाहिने, नौ देश जान एनओसी चाहिने

Posted on June 21, 2019 by Salokya

भारतीयहरु नेपाल आउन र नेपालीहरु भारत जान भिसा चाहिँदैन। नेपाली नागरिकता वा भिसा नभएको पासपोर्टमात्र भए पनि भारत जान पाइन्छ। भारत र नेपालबीच भएको पुरानो सन्धिका आधारमा यो सुविधा दुवै देशका नागरिकहरुले पाउने हुन्।

तर यसमा शर्तहरु लागू हुन्छन्। केही देशबाट भारत पस्न खोज्नुभयो भने तपाईँ नेपाली नै भए पनि भारतको भिसा लिनै पर्छ। यो नियमबारे धेरैलाई थाहा नहुनसक्छ। त्यसैले अन्यौल हुनसक्छ।

भारतस्थित नेपाली दूतावासले आज सूचना नै निकालेर यसबारे जानकारी दिएको छ।

सूचना अनुसार चार देशबाट भारत पस्दा नेपालीलाई पनि भारतको भिसा लिन जरुरी हुन्छ। ती देशहरु हुन्- चीन, मकाउ, हङकङ र पाकिस्तान।

त्यसैगरी भारतको इमिग्रेसन पार गर्दै नौ वटा देश जान नेपाली दूतावासको एनओसी अर्थात् नो अब्जेक्सन लेटर आवश्यक हुन्छ। यस्तो लेटर दिल्लीस्थित दूतावासबाट नलिएमा तपाईँलाई उड्न दिइन्न।

ती देशहरु हुन्- साउदी अरेबिया, कतार, कुवेत, युएई, ओमन, बहराइन, इराक, लिबिया र लेबनान।

हेर्नुस् सूचना-

8 thoughts on “चार देशबाट भारत पस्न नेपालीलाई भिसा चाहिने, नौ देश जान एनओसी चाहिने”

  1. Sanam says:
    July 6, 2019 at 1:58 pm

    Jankari ko lagi dhanyabaad, kripaya malai lageko euta jigyasako samadhan gari dinu hola.

    Ma Qatar ma Karib 7 year dekhi kaam gardai aayi raheko chhu ra Qatar bata Nepal Jada Delhi bhayera 4 din pachhi Kathmandu Jane ho.

    Farkada Banglore ma 1 hapta jati basera Qatar farkine ho.

    Yes sandharbama malai NOC chahinchha ki chahundaina ?

    Dhanyabaad.

    Reply
  2. madan bajracharya says:
    June 23, 2019 at 12:08 am

    बिदेश बात भारत हुँदै नेपाल आउनु परेको र भारतको बिमान स्थालमा नेपालीलाई भारतले आफ्नो लगेज चेक आउट गरौआन लगायको कारण अनेकौं छन्/ ती कारणरु यस्तो छन् :

    नेपालको बिमान स्थल युरोप नेपाल सिधा उडान गर्दैन र नेपालको बिमान सेवा आयताको सदस्य नभयकोले युरोप आदि मुलुकहरु बात नेपाल आउने जाने बिशेष सहुलियतको भाडाहरु अन्तरास्ट्रिय भाडा प्रकाशित हुने किताव बा प्रोग्रामहरुमा प्रकाशित गराउन सक्दैन/ भारतले सक्छ किन भने उसको ऐर इन्डिया र इन्डियन यार लाइन्स दुवै आयताको सदस्य हो/ आयताले बिशेष भाडाहरू युरोप बात भारत जान भनेर डिजाईन गर्दै युरोप बात साउथ यसियन सब कन्तिनेंत जाने आउने भनेर डिजाइन गर्छ/ आयताले निर्धारण गर्ने ती सहुलियत बिमान भाडाहरू यात्रुले कति माईलेज सम्म उडान गर्न पाउने हो त्यो आधारमा डिजाइन गरियको हुन्छ/ युरोप अमेरिका बात कलकता दिल्ली मुम्बई जाने आउने भाडा भित्रै नेपाल आउन जान सकिन्छ/ तेस्तो भदा त्यो छ्यत्रको आयताको सदस्य भयको कुनै पनि देसको बिमान सेवाले आआफ्नो देस सम्म जान आउनको निमित प्रकाशित गराउने हो/ नेपाल आयताको सदस्य नबनेकोले तेसो गर्न सक्दैन तर नेपालमा आयताको सदस्य भयको सिउङ्गापुर लुफ्थान्साले उडान गर्दै गरेको बेला अहिले युरोप अमेरिका बात भारत जाने आउने भाडा मात्रै तिरेर नेपाल जान आउन उडान भाडाहरू प्रकाशित गर्दै आयको थियो/ तर उनीहरुको उडान बन्द भय पछि ती भाडाहरू प्रकाशित हुन् छाड्यो/

    भारतमा यक रात मात्रै बिताउनेले भारतको बिमान स्थलको ट्रान्जिट लंजको लगेज स्टोरमा आफ्नो लगेज २४ घन्टाको निमित डिपोजिट त् गर्न सक्छ तर त्यो सुबिधा नेपालीलाई नदिन अनेकौं झन्झट गर्छ/ कारण स्पस्ट छ भन्सार लगाउन/

    म नेपाल बायु सेवा निगमा तारिफ अर्थात उडान भदा तालिका निर्धारण गर्ने समितिको सदस्य को रुपमा पनि काम गर्थे/ मैले ई कुराहरु तत्कालिन बजार विभागको निर्देशक राम राज उपध्यायलाई जानकारी गरायको थिय/ नेपाल सम्मको बिशेष भाडा प्रकाशित गराउन सक्ने सिंगापुर लुफ़्तहान्साको बिमान को उडान बन्द भयकोले आयताको सदस्य भयको युरोप बात कराची हुँदै नेपाल सम्मै उडान गर्ने पाकिस्तान बिमान सेवा मार्फत नेपाल सम्म को भाडा पुन प्रकाशित गराउन सकिन्छ भनि सुझायको पनि थिय/ उहाले पाकिस्तान बिमान सेवाको मेनेजर सिट मेरो समेत उपस्थ्तिमा त्यो सम्भ्न्दमा कुरा गरेको थियो र उसले सकरात्मक जवाफ दियको पनि थियो/ अर्को भेटमा सबै ब्यबस्था हुने निर्णय पनि भयकै थियो/ तर कता बात कस्तो निर्देशन आयो कुन्नि नेपाल बायुसेवा निगमले तेसो गराउन सकेन/

    Reply
  3. राजन says:
    June 22, 2019 at 4:12 pm

    NOC चाहिं राम्रो लाग्यो । मानव अधिकार हनन् गर्न नाम चलेका खाडीका “पशु” मुलुकहरुमा विशेष गरेर बलात्कृत हुन जान चाहने महिलाहरु लाई रोक्न पनि यो NOC आवश्यक छ ।

    Reply
  4. madan bajracharya says:
    June 22, 2019 at 9:53 am

    सन् १९५०को सन्धि नेपालले मात्रै मान्नु पर्ने भारतले मान्नु नपर्ने?
    सन् १९५०को सन्धि अनुसार भारतको भुई टेकेको नेपालीले भारतीय नागरिकले पाउने सबै अधिकार पाउँछ/ पहिला अब कुराको सुरुवात भारतीय सिट बिबाह गरेको नेपालि चेलीलाई ७ बर्ष पछि मात्रै भारतीय नागरिक बन्न सक्ने कानुन बनायको लाई लिउ/ यो कुरा पनि भारतले सन् १९५०को सन्धि पालना नगरेको दह्रो प्रमाण हो/

    अब मूल कुरामा/ सन१९५०को सन्धिमा भारतमा नेपालीलाई भारतीय नागरिकले पाउने सबै सुबिधा अधिकार दिने भनेको छ/ कुनै पनि भारतीयले चिन मकाउ हंगकंग पाकिस्तान बा चिन बात भारतको बिमान स्थलमा उत्रे पछि भारतको भिसा देखाउनु पर्दैन त् नेपालीले किन लिनु पर्छ भिसा? तर भारतले नेपालीलाई भिसा चाहिने भन्यो/ यो त् सन् १९५०को सन्धिको ठाडो उलंघन भयो/

    मरिचमानको पालामा नेपालले सन् १९५०को सन्धिको पालना नगरेकोले भनेर नाकाबन्दी समेत गर्ने भारतलाई अब नेपालले के गर्ने? यो कुराको जवाफ चुनाव अघि भारतको नाकाबन्दीको अगाडी नझुकेको र नझुक्ने भन्ने ले अब जवाफ दिनु पर्छ?
    भारतले नेपाली उसको अघोसित प्रदेश नमानेको बा नेपाल भारत निर्देशित मुलुक नमानेको भय बा आफु जस्तै संयुक्त रास्ट्र संघको सदस्य रास्ट्र नेपालको सार्वभौमसत्ता को सम्मान गर्ने भयको भय यस्तो नियम बनाउनु अघि नेपाल सिट उसले कुटनैतिक प्रक्रिया पुरा गर्नु पर्थ्यो/ तर गरेन/ यसको मतलव के हो?

    भिसा र अध्यागमनको प्रक्रिया याको होरो हुँदैन दोहरो हुन्छ त्यो पनि “जैसा को तैसा” भन्ने शिद्धान्तले धेरै भूमिका खेल्छ/ भारतले जुन जुन मुलुकहरु बात भारत जान आउन के के चाहिने नियम बनायो तेस्तै नियम अर्थात कुनै पनि मकाउ हंगकंग बा चिन बात नेपाल हुँदै भारत जान लागेको भारतीयलाई नेपालले पनि भारतले बनायको जस्तै नियम लगाउन भारतले देला? पक्कै पनि दिंदैन/

    मित्रहरु यो कुरा भित्र अर्को केहि कुरा पनि छ/
    ०१. भारतको बैदेशिक मुद्रा आर्जनको ठुलो श्रोत उसको नागरिकहरुले बिदेशमा गयर कमाउयाको रकम हो/ अहिले यो कुरामा नेपाल उसको प्रतिद्वन्दी हुँदै गयकोछ/ उहिले बिदेशमा भारतीयलाई दिने रोजगारी अब नेपालीलाई दिन थालिसकेको छ; गुण दोषको कारणले!!!/
    ०२. चिन पाकिस्तानलाई भारतले मित्र मान्दैन/ तर नेपालको ती दुई मुलुक सिट राम्रो सम्भंद छ/ चीनको कारणले भारतले नेपाली जति दवाउन खोजेको थियो तेस्मा भारत असफल भयको छ त्यो पनि बारम्बार/ तेसैले भारतले “जो नेपालि चिन जायगा उसको भारत ….सम्झेगा” भन्ने नीति लियकोले/

    Reply
  5. rantakaji says:
    June 22, 2019 at 5:42 am

    त्यो त ठिक होला रे तर मैले नबुझेको कुरा… विदेशबाट नेपालमा सिधै लगेज चेक इन किन नहुने? किन फेरि भारत मा चेक आउट र इन गर्नु पर्ने? बिडम्बना ///

    Reply
  6. Bidesh ma basne nepali says:
    June 22, 2019 at 3:16 am

    अर्को दुख दिने बाटो किन चाहियो NOC त्यो पनि काम गर्न जाने देश को लाही मात्रै. चाहिने नै भए सबै देश को लागि गरे भो

    Reply
  7. Ratna Thapa says:
    June 22, 2019 at 12:43 am

    नेपालले पनि तुरुन्तै नया नियम निकाल्नु पर्यो । ती ४ देश पसेर सोझै नेपाल पस्ने वा भनौ नेपालमा अवतरण गर्ने भारतीय पासपोर्ट धारीलाइ पनि नेपाल भिसा अनिवार्य गरिदिनु पर्यो; र ती ९ देशहरुमा नेपालबाट छिर्ने प्रयास गर्ने हरुलाई पनि सोही अनुरुप नो अब्जेक्शन लेटर एन.ओ.सी. भारतीय दूतावास बाट प्राप्त गर्नु पर्यो । त्यसो गर्दा जुन आपराधिक कार्यको सन्देहमा त्यस्तो नियम नेपालीलाइ लाग्छ भने भारतीयहरु लाइ पनि लाग्छ, आतंकारी आइ एस आइ आदि त भारतीय पनि हुन्छन रे भनेर सुनिएको छ । त्यो माथी तस्कर, किलो का किलो सुन ल्याउने तिनै देशबाट आउने न हुन् । हेल्लो सरकार, यसमाथी ध्यान तत्कालै दिनु पर्यो ।

    Reply
  8. Shankar says:
    June 21, 2019 at 10:03 pm

    अति सुन्दर जानकारीको लागि धन्यबाद | सायद धेरैलाई थाह थिएँन , कम्तिमा म लाइ त् थाहै थिएँन |
    आगामी ५ बर्स मा मोदीको इन्डिया ले बेस्करी बिकास गर्न सक्यो भने नेपाल लाइ फाइदा होला कि आस गर्न सकिन्छ तर इन्डियन हरु आफ्ना १०० बर्षका मालिक खैरेको कपि गर्न खप्पिस छन् | कतिपय कुरामा अमेरिका र मेक्सिको जस्तो हुन् सक्ला |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme