Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी उर्लिएको थियो माइतीघरमा मानवसागर, हेर्नुस् गजबको टाइमल्याप्स भिडियो

Posted on June 21, 2019June 21, 2019 by Salokya


असार ४ गते काठमाडौँमा पछिल्लो धेरै वर्षपछिकै सबैभन्दा ठूलो मानवसागर उर्लियो। गुठी विधेयक सरकारले फिर्ता लिइसकेको निर्णय सार्वजनिक गरिसकेपछि पनि रैथानेहरु खबरदारी सभाका लागि यति ठूलो संख्यामा उपस्थित भएका थिए। अघिका आन्दोलनहरुमा सोसल मिडिया र प्रविधिको खासै उपयोग देखिएको थिएन। यस पटक भने भरपुर भयो। एउटा गजबको टाइमल्याप्स भिडियो भर्खरै सार्वजनिक भएको छ। सिर्जना क्रियसनको यो भिडियोले कसरी बिस्तारै माइतीघर मण्डलमा मानिसहरु जम्मा भए भन्ने देखाउँछ। आर्मी हेडक्वार्टरतिरबाट काठमाडौँका कोर एरियाका, थापाथलीतिरबाट कीर्तिपुर र पाटनतिरबाट आएको जुलुस मिसिएपछि विशाल मानवसागर बन्छ। हेर्नुस् भिडियो।

2 thoughts on “यसरी उर्लिएको थियो माइतीघरमा मानवसागर, हेर्नुस् गजबको टाइमल्याप्स भिडियो”

  1. madan bajracharya says:
    June 22, 2019 at 12:47 pm

    भर्खरै मैले समाचारमा बाबुरामले ओलीलाई “हामि खस आर्यलाई ससुरालीले ….”भनेको पढे/ बिचार गरे किन आफु पनि खस आर्यहरुले जात किटेर होईन बिगारेर “न्यार” भनेर हेला गर्नेकै ज्वाई भयको बाबुराम भट्टराईले भनेको होला भनेर/ उसको भनाईको तोनमा मैले २ वटा प्रविती जन्य १ कुराजनैतिक तथा कुटिल चाल लुकेको बुझे/

    प्रविती जन्य २ कुराहरु:
    ०१. इश्वर समेत आर्य भयको भनेर आफु र आफु जस्तै आर्य समुदाय अरु भन्दा उच्च भयको दम्भ बाबुराममा अझै रहेछ/ यसो हो भने बाबुरामले आफुलाई लोकतन्त्रको हिमायती हुँ भन्न छोडे हुन्छ/किनभने लोकको कुनै जात हुँदैन देसको नागरिकता मात्रै हुन्छ र नागरिक नागरिक बीच कुनै विभेद हुँदैन कुनै ठुला सानो जातको हुँदैन/
    ०२.आफुलाई खस आर्य हुँ भन्ने बाबुराम न्यार लगायत नेपालको जन्जातिकालाई प्रयोगमा ल्याउने प्राणि ठान्दो रहेछ/ यसो हो भने बाबुरामले आफु जनजाति आदिबाशिको अधिकारको समर्थक देखाउन छोडे हुन्छ/

    कुराजनैतिक र कुटिल चाल:
    अरु दलले लोकप्रियता र बिस्वस्नियता नगुमाय बहुमत पाउनेले बहुमत पाउंदैनथ्यो/ प्रतिस्पर्धीले मतदाताको बिस्वाश नगुमायको भय जित्नेले जित्दैन्थ्यो/ जित्नेले अझै राम्रो गरे त् हार्नेहरुको त् अस्तित्वनै खतरामा पर्छ/ कुनै कुनै किरा आमाको पेट फादेरै मात्र जन्मिन्छ/ तेसैले जे हुँदैछ त्यो जित्नेलाई हराउने र आफुलाई पलाउनेको पेट फाड्नकै निमित भैरहेको कुटिल चालको हुन सक्ने आभाष हुन्छ बाबुरामको “हामि खस आर्यनलाई ससुरालि चुनौती दियो है” भनेर ओलीलाई उक्साउन खोजेकोमा/

    Reply
  2. Shankar says:
    June 21, 2019 at 10:10 pm

    यहि मानब सागर ले बागमतीको किनार को , पसुपतिको जग्गाको , बौद्दनाथ को जग्गा को लेखाजोखा र
    अफिस हरुमा मा हुने घुस खोरी कम्तिमा जग्गा पास गर्ने माल अड्डा , एयरपोर्ट भन्सार को पनि माग गैरेको भए केहि हुन्थ्यो कि ?
    न भए २-४ घुसाय्हा हरुलाई कालो मोसो मात्र पनि गर्ने |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme