Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन एक्लिए ‘शक्तिशाली’ प्रधानमन्त्री : सुधीर शर्माको विश्लेषणमा चार दृष्टान्त

Posted on June 20, 2019June 20, 2019 by mysansar

झट्ट हेर्दा प्रधानमन्त्री केपी शर्मा ओली अझै ‘सर्वशक्तिमान’ देखिन्छन् । तर मेरो विचारमा उनी विस्तारै घेरिन र एक्लिन थालिसकेका छन्, आफैंभित्र र बाहिरबाट, मूलतः आफ्नै कारणले ।

हालैका केही दृष्टान्त :

• सडक : असार ४ गतेको मण्डला-प्रदर्शन जति ठूलो थियो, त्यसभन्दा ठूलो त्यसले दिएको सन्देश हो । गैरराजनीतिक मुद्दामा जनता यसरी सडकमा आउन थाल्नु प्रधानमन्त्रीका निम्ति खतराको घण्टी हो ।

• सदन : प्रतिपक्षी कांग्रेस कमजोर नेतृत्वका कारण अझै लगभग ‘हराएकै’ अवस्थामा छ । तर संसद रोक्ने हैसियत भने देखाउन थालेको छ ।

• सत्ता : गुठी विधेयक प्रकरणले सत्ता पहिलोपटक रक्षात्मक अवस्थामा धकेलिएको छ । त्यसैको उपज हो, यस मामिलामा सुरुमा अनेक अहम् देखाउँदा–देखाउँदै पनि अन्ततः विधेयक फिर्ता लिनुपर्ने अवस्थामा सरकार पुगेको छ ।

• सहकर्मी : पार्टीभित्र प्रधानमन्त्रीप्रति प्रचण्ड र माधव नेपाल खेमाको असन्तुष्टी भूसको आगोझैं जसरी फैलदैछ, त्रिशंकु समीकरण द्विध्रुवीयमा परिणत हुनासाथ त्यसको राप बाहिरसम्मै महसूस हुनसक्छ ।

झट्ट हेर्दा शक्तिको चमक निकै देखिएपनि प्रायः शक्तिशालीले आफू एक्लिसकेको अनुभूति अन्त्यमा मात्र गर्न पाउने आम राजनीतिक नियती नै हो ।
आफूले पाएको अभूतपूर्व अवसरको सदुपयोग गर्ने कि आफ्नै कारणले त्यसलाई गुमाउने ? लाग्छ, प्रधानमन्त्री ओली यो दोसाँधछेउ पुग्दैछन् । निर्णय उनकै हातमा छ ।

कान्तिपुरका पूर्व सम्पादक सुधीर शर्माको फेसबुक पेजबाट अनुमति लिई साभार गरिएको

4 thoughts on “किन एक्लिए ‘शक्तिशाली’ प्रधानमन्त्री : सुधीर शर्माको विश्लेषणमा चार दृष्टान्त”

  1. Pingback: आफ्नै कामले चक्रव्युमा केपी सरकार ! « Mysansar
  2. Shankar says:
    June 20, 2019 at 10:38 pm

    येत्रो बिस्लेसन गर्ने पर्दैन , के को सक्तिसाली ? पद भएर मात्र हुन्छ , पावार भएर मात्र हुन्छ , पावर प्ले गर्न पनि जान्नु पर्यो , हिम्मत पनि चाहियो |बिदेसी खुफिया सग साथ् गाथ , गुण्डाहरु पकेट मा , अनि पावर मा टिक्न जस्तो पनि सम्झौता गर्न तयार , येस्बात मान्छे सक्तिसाली हुन्छ ? कि टाप्तिपे?

    Reply
  3. sahaskn says:
    June 20, 2019 at 12:16 pm

    सडक : असार ४ गतेको मण्डला-प्रदर्शन जति ठूलो थियो, त्यसभन्दा ठूलो त्यसले दिएको सन्देश हो । गैरराजनीतिक मुद्दामा जनता यसरी सडकमा आउन थाल्नु प्रधानमन्त्रीका निम्ति खतराको घण्टी हो । : कतै यी शर्मा ले नेवा: को बारेमा केहि कुरा गरे ? टिपिकल बाहुनबादी मेडिया अनि बाहुन पत्रकार जो अरुलाई निम्न स्तरको ठान्छन |

    Reply
  4. sahaskn says:
    June 20, 2019 at 12:11 pm

    कान्तिपुरका पूर्व सम्पादक सुधीर शर्मा: कान्तिपुर भनेपछि बुझ्नु अनि सुधीर शर्मा | यिनको विश्लेषण यिनको नितान्त व्यक्तिगत विश्लेषण हो जसमा यिनका पृष्ठभूमिको कुरा संदर्विक हुन्छ | यो कुरा अत्यन्तै महत्व पूर्ण छ | सामान्य रुपमा कान्तिपुर अनि यस संग सम्भंदितहरुको विचार भनेको बाहुनको राज यो देशमा कायम गर्ने | यिनीहरुलाई दक्षिण पन्थी भन्छन राजनैतिक हिसाबमा तर यिनीहरु दक्षिण पन्थी भन्दा रुचौन्दैन कारण यसले यिनीहरुलाई नोर्थ इन्डियन साङ्ग मिलौन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme