Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘माम्पाखा मिडिया, प्लेन एक्सिडेन्ट भनेर फेक न्युज दिने?’ : पाठकको आक्रोश

Posted on June 20, 2019June 20, 2019 by Salokya

फिब्वः ख्यः (माइतीघर मण्डल) मा भएको प्रदर्शनपछि घर फर्किरहेका एक जना आक्रोशित हुँदै मुर्मुरिँदै थिए- माम्पाखा मिडिया। आफै पत्रकार। डर लाग्यो।

छु जुल दाइचा अपरिचित भए पनि मैले उनको अनुहारको भाव देखेर प्रश्न गरेँ- के भएको हो भनेर।

Homo Smartphonious नामको नयाँ प्रजाति रैछन्, बाटोमा हिँड्दै पनि स्मार्टफोन चलाइरहने प्राणी। ‘थन स्वः’ (यता हेर न) भन्दै मलाई उनको मोबाइलमा देखाए- एउटा नाम चलेको मिडियामा नेपालमा विमान दुर्घटनाको हेडलाइन रहेछ। हेडलाइन हेरेर समाचार पढेका उनलाई मिडियाले झुक्याएको थाहा पाएपछि यस्तो अपशब्द निस्केको रहेछ। खासमा विमान दुर्घटनाको अभ्यास भएको रहेछ विराटनगरमा। क्लिक र भिजिटरका लागि शीर्षक झुक्याएर राख्दा समग्र मिडियाले गाली खानु पर्ने स्थिति थियो। यसले एभिएसन रिपोर्टरलाई पनि कम्ता तनाव पारेन।

बिजमान्डुका वसन्तराज उप्रेतिले आफ्नो अनुभव यसरी सुनाए मलाई-

दिउँसो अफिसको ट्वाइलेटमा मूत्र विसर्जन सुरु मात्र गरेको, एक सहकर्मीले आत्तिँदै बोलाए, ‘मोटे, विराटनगरमा प्लेन क्र्यास भयो।’

अहो, के आइलाग्यो, विसर्जन कर्मलाई आधा रोकेरै डेस्कमा पुगेँ। कस्ले लेख्यो भनेर सोद्धा एउटा अनलाइनको समाचारको हेडलाइन मोबाइलमा देखाए तिनले।

‘मोकअप’ बाट एक्स्पेरिमेन्ट गरेको होला पूरै समाचार पढ्नु भनेँ।

‘कहाँ हुन्छ, यात्रुको संख्या नै तोकेको छ, त्यसमाथि आगलागी भन्या छ’ उनले जिद्दी गरे। यो त अति संवेददनशील विषय पर्‍यो। हत्त न पत्त क्यान (नागरिक उड्डयन प्राधिकरण) का एक पदाधिकारीलाई फोन गरेँ।

‘सर, विराटनगरमा प्लेन दुर्घटना भएको भन्ने जानकारीमा आयो। के रहेछ कुरा?’

उनले विराटनगरमा दुर्घटना सम्बन्धी त्यस्तो कुनै जानकारी नआएको बताए।

यसअघि एक पटक अप्रिल फूलमा मात्रै म यसरी झुक्याइएको थिएँ।

अनि मैले डेस्कटपमा त्यो अनलाइनको साइट खोलेर सबै न्युज देखाएपछि ती सहकर्मी दङ्ग परे।

साँच्ची यिनीहरुको दिमागमा चाहिँ के होला? यस्तो हेडलाइन पढ्दा सर्वसाधारणको नर्मल प्रेसर पनि एक्कासी नबढ्ला भन्न सकिन्न। हेडलाइन मात्र पढेर समाचारको सार बुझ्ने जमात धेरै देखिन्छ। यस्तो हेडलाइनमार्फत् धेरै गलत सूचना प्रवाह हुन्छ। न्युजपोर्टलको क्लिकसङ्गै मोबाइलको डाटा र भ्वाइसकल मार्फत् सञ्चार हुँदा बेकार कतिको पैसा हलुवामा बालुवा होला! यसबारे अनुसन्धान हुन बाँकी नै छ। अझ सबभन्दा महत्त्वपूर्ण त मिडियाको विश्वसनीयतामाथि नै यसले कति गम्भीर असर पारेको छ, कसैलाई चिन्ता होला?

आज नाम चलेका दुई चार वटा अनलाइन न्युज पोर्टलले आफ्नो साइट भिजिटर बढाउन सनसनिपुर्ण हेडलाइन राखेको देख्दा ज्यादै टिठ लागेर आयो।

तर म के नै गर्न सक्थेँ र। यो देशको पत्रकारिता सुधार्ने ठेक्का मैले लिएको छु र। मलाई बाल- अनि म पुनः शौच कर्म निरन्तरतातर्फ लागेँ।

भएको के थियो?

विमानस्थलभित्र जहाज दुर्घटना भएको खण्डमा मानवीय र भौतिक क्षति न्यूनीकरण तयारीको स्तर र अवस्थालाई बढाउन आइकाओको गाइडलाइन अनुसार यस्तो अभ्यास नियमित गरिरहनु पर्छ। बुधबार विराटनगर विमानस्थलमा भएको यो अभ्यासका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीलगायत विमानस्थल पुगेका थिए।

कस्तो थियो मिडियाका हेडलाइन?

शिलापत्र

देशसञ्चार

अन्नपूर्ण पोस्ट

काठमाडौँपाटी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme