Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन मार्फत प्रम ओलीको ‘हाई भोल्टेज भाषण’ !

Posted on June 19, 2019June 19, 2019 by राजेन्द्र मगर

आज असार ३ गते सोमबार दिनभर चर्चामा रह्यो सरकारले गुठी विधेयक फिर्ता लिएको खबर। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बोल्न नदिएर पत्रकार सम्मेलन गरेको खबर।

प्रम ओलीको अधिकाशं भाषण ‘हाइ भोल्टेज’ हुने गर्छ। भाषण गर्दा मानिसहरुलाई हसाउँदै  व्यङग्य गर्न उनी खप्पिस् छन्। आज प्रम ओलीले पत्रकार सम्मेलन गर्दै  गुठी विधेयकको बारेमा विभिन्न विश्लेषण गरे। प्रतिपक्षीलाई खिस्याउनुको साथसाथै जनतालाई अर्तीसम्म दिन भ्याए।

भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर राष्ट्रियसभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिइन्।

यो सब हुनुअघि संसदमा हंगामा भयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले नाराबाजी गर्दै रोस्टम घेराउ गरे।

मञ्चमै पुग्न लागेका ओली त्यतिकै फर्कनुपर्यो।

प्रम ओलीले युरोप भ्रमणको लगायत अन्य समसामयिक विषयमा बोल्न समय लिएका थिए। तर, संसदमा उनको रहर पुरा भएन्।

लगत्तै उनले ट्विट गर्दै युरोप भ्रमण र गुठी विधेकबारे बोल्न खोज्दा समय अवरोध गरेकोमा दुखी भएको लेखे।

लगत्तै  साँझ बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गरे।

पत्रकार सम्मेलनमा दिउसो संसदको घटना स्मरण गर्दै भने,

‘मेरा मित्र, लामो समयदेखिका मित्र लोकतान्त्रिक आन्दोलनमा पनि अलि लामै समयदेखि साथै रहेका मित्र शेरबहादुर देउवाजी आफैं नेतृत्व गरेर प्रधानमन्त्रीले होइन, मैले बोल्न पाउनुपर्छ पहिले भनेर बेल घेर्ने काममा नेतृत्व गरेर अगाडि जानुभयो वेलमा। आश्चार्यचकित भएँ म। वहाँलाई संसदीय मर्यादा त्यति थाहा हुनुपर्ने।’

पत्रकार सम्मेलनमा ओलीले माइतीघर मण्डलाको प्रसंगपनि उप्काए। सामान्य कुरालाई लिएर माइतीघर मण्डलामा धर्ना गर्नु राम्रो संस्कार नभएको उनको तर्क थियो। सरकारले गरेको काम चित्त नबुझे छलफल र बहश गर्ने ठाँउ हुदाहुदै माइतीघर जानु राम्रो नभएको उनले दोहोरयाइरहे।

ओलीले भनेका थिए,

‘विधेयकमा छलफल गर्न संसद छ । संसदमा छलफल गर्न सकिन्छ, सरोकारबालाहरुको राय सुझाव दिन सकिन्छ, हामीलाई भन्न सक्छन्।  माइतीघर त साच्चैको माइतीघर भएछ । यताउता केही पर्‍यो कि घुर्रर कुदेर जाने । मलाई घरमा यसो गरे भने जस्तो गरेर माइतीघर।’

पत्रकार सम्मेलनमा ओली यतिमै रोकिएनन्।  उनले गुठी विधेयकको बारेमा अनेक विश्लेषण गर्न भ्याए।

प्रधानमन्त्री ओलीले ०१७ सालमा महेन्द्रले गरेको ‘कु’ सम्झँदै भने, ‘००७ सालको आन्दोलनपछि परिवर्तनकारी शक्तिहरुलाई साथ लिएर, चल्नुपर्ने ठाउँमा परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादी शक्तिहरुसँग मिलेर चल्ने गलत नीतिका कारणले ०१७ सालजस्तो घटना भयो ।’

विगतका ‘मूर्तिचोरहरु’ समेत अहिले संस्कृति बचाउनुपर्छ भन्दै गुठी विधेयकको विरोधमा उत्रिएको लाक्षणिक अभिव्यक्ति दिँदै प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई बचाउनकै लागि भूमि व्यवस्था मन्त्रीले विधेयक फिर्ता लिनुपरेको विश्लेषण सुनाए ।

उनको अभिव्यक्ती थियो,

‘भ्रमपूर्ण वातावरण सिर्जना गरेर, त्यसभित्र नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रविरोधी शक्तिहरु घुसेर लोकतन्त्रका जरा काट्ने कैंचीहरु चल्मलाउन थालेको देखेपछि वहाँले (भुमिसुधार मन्त्रीले) आफूले राष्ट्रिय सभामा पेश गरेको विधेयक फिर्ता लिनुभयो ।’

प्रम ओली त्यतिमै रोकिएनन्। भने,

कति गुठीको माया गर्ने ? कति संस्कृतिको, कति परम्पराको ? माया गर्ने मान्छेहरु छन्। यसै देशमा मध्यरातमा क्रेन लिएर गएर सिँगै मुर्ति भक्तपुरको चोकैमा मर्काको पनि सम्झना आउँछ । यो त त्यही देश होला जहाँ जनताले रक्षा गर्नु परेको थियो। यस देशमा कति मुर्तिहरु हराए ? तिनीहरु हराउन नपाउन, गायब हुन नपाउन, हाम्रा धरोहर, हाम्रा संस्कृतिहरु, हाम्रा सभ्यताहरु ती सुरक्षित संरक्षित हुन सकुन्। म त्यतापट्टि जान चाहन्न । २०३३ सालमा गुठी संस्थान बनेपछि थुप्रै गुनासाहरु पटक पटक आए।

त्यस्तै आज समता स्कुलमा एक महिलाले आत्महत्या गरेपछिको सञ्चालक उत्तम सञ्जेल र उनकी श्रीमती पक्राउ परको खबर पनि अनलाइन मिडियाहरुले कभरेज गरेका छन्।

सञ्जेल ‘सुसाइड नोट’का आधारमा पक्राउ परेका हुन्।

आज बिहान अस्पताल परिसरभित्र रामेछाप दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङ झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

सुसाइड नोटमा सञ्जेल, उनकी श्रीमती र दुई कर्मचारीको नाम लेखेर उनीहरुलाई समाउनु भनेर लेखिएको थियो।

प्रहरीले त्यही आधारमा उनीहरुलाई प्रकाउ गरेको हो।

2 thoughts on “संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन मार्फत प्रम ओलीको ‘हाई भोल्टेज भाषण’ !”

  1. Shankar says:
    June 19, 2019 at 12:19 am

    सिङ्गै देश बादर को हात को नरिवल भएको छ |

    Reply
  2. Nirvik Poudel says:
    June 19, 2019 at 12:12 am

    मिडियामा जसरी स्वतन्त्र भन्दा माथि उठेर उच्छृङ्खल कुराहरू आईरहेका छन् ।यसले नागरिकको स्वतन्त्रता मात्र हैन पत्रकारिताको स्वतन्त्रता पनि अब छिट्टै समाप्त पार्छ ।नपारे देश नै समाप्त हुन्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme