Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : चर्चा गुठी विधेयककै, प्रम ओलीले भने,मौका पायौं भन्ठान्या होलान्,चान्स छैन !

Posted on June 17, 2019 by राजेन्द्र मगर

आज असार १ गते आइतबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

गुठी विधेयकको विरोधमा दिनहुँ  आन्दोद्यन चर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिवद्धता जनाएका छन्। साताब्यापी युरोप भ्रमण पूरा गरेर आइतबार स्वदेश फर्किएका ओलीले विधर्म संस्कृतिमा प्रतिकूल असर पर्ने केही कुरा जानेर वा नजानेर परेको रहेछ भने सरकारले सच्याउँछ भन्दै अभिव्यक्ति दिएका छन्।

उनले भने, ‘यो सरकार बनेको जनताको मन दुखाउन होइन, हँसाउन हो । कहीँ कतै नमिलेको रहेछ वा भुलवश भएको रहेछ भने मौका आयो भन्ठान्नु बेकार हो । यत्ति भन्न चाहन्छु।’

गुठीबारे प्रधानमन्त्री : मौका पायौं भन्ठान्या होलान्,चान्स छैन ! भन्दै अनलाइनखबरले लेखेको छ।

त्यस्तै एमाले नेता योगेश भट्टराईले सरकारले ल्याएको गुठी विधेयक स्थगित गरेर छलफल गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा आइतबार ट्वीट गर्दै भट्टराईले गुठी विधेयक बुझाउनु पर्नेले बुझाउन नसकेको र बुझ्नु पर्नेले बुझ्न कोशिस नै नगरेको उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विधेयक स्थगित गरेर नयाँ शीराबाट अघि बढ्न आग्रह गरेका हुन्। उनले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू स्वदेश फर्कनु भयो। अब यो विधेयकलाई स्थगित गरी नयाँ शीराबाट अघि बढ्नु नै उपयुक्त होला।’

उनले विधेयकलाई लिएर आगोमा रोटी सेक्नेहरु अवान्छित तवरले मिसिएको तथा साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थालेकोमा पनि सचेत हुनुपर्नेमा जोड दिएका छन्।

गुठी विधेयक स्थगित गरौंः योगेश भट्टराई भन्दै सेतोपाटीले लेखेको छ।

त्यस्तै गुठी विधेयकको विरुद्ध भक्तपुरको थिमी र टौमढीमा मसाल जुलुस, पनौतीमा विरोध सभा भन्दै पहिलोपोस्टले लेखेको छ।

कांग्रेसले सरकारले संसदमा दर्ता गरेको गुठी विधेयकविरूद्ध काठमाडौंको वसन्तपुरमा विरोध प्रदर्शन गरेको छ।

जुलुस वसन्तपुर दरबार हुँदै इन्द्रचोक पुगेर कोण सभा गरेको थियो।

गुठी विधेयकविरुद्ध कांग्रेसको प्रदर्शन (फोटोफिचर) भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

फिल्मकर्मी होसियार! प्रनेशको ठाउँमा हिरासतमा बस्नुपर्ला भन्दै संसदमा गगन थापा गर्जिएका छन्।

उनले भनेका छन्,

नेपाली कांग्रेसका सांसदहरुको विरोधका बावजुत संसदबाट पारित गर्न खोजिएको सूचना विधेयक भन्छ, ‘कुनै पनि व्यक्तिलाई होच्याउने, जिस्क्याउने, धम्याउने आशयले सामाजिक सञ्जालमा सन्देश सम्प्रषित गरेका ५ वर्ष कैद वा १५ लासखम्म जरिवानाको सजाय भोग्नु पर्ने छ। ‘जिस्क्याउने, झुक्याउने, होच्याउनेको परिभाषा के? यस्तै अस्पष्ट कानुनी व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने भन्दै भरतमा सर्वोच्च अदालतले सन् २०१५ मा ‘सिंगल भर्सेस युनियन अफ इन्डिया’को मुद्दामा २००२ मा बनेको भारतको सूचना प्रविधि ऐनको दफा ६६, ए खारेज गरिएको छ। हाम्रोमा भारतको भन्दा कठोर कानुन बनाउन लागिएको छ।’

जिस्क्याउने, झुक्याउने, होच्याउने परिभाषा गर्ने अन्तिम अधिकार सूचना प्रविधि अदालतलाई दिन लागिएको छ, जसमा रहने तीन सदस्य सरकारले आफ्नो मनखुसी छान्न पाउने छ। सूचना प्रविधि विधेयक, मिडिया विधियेक लगायतका सबै विधेयकलाई एक ठाउँमा राखेर हेर्‍यो भने के बुझिन्छर? सरकारले के भन्न खोजेको?

फिल्मकर्मी होसियार! प्रनेशको ठाउँमा हिरासतमा बस्नुपर्ला भन्दै नेपालखबरले लेखेको छ।

रामकुमारी झाँक्रीले पनि गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्,

‘बेलायत ( युरोप) को भ्रमण सफलतापूर्वक सम्पन्न गरी फर्किनु भएकोमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधान मन्त्री केपी शर्मा ओलीज्यूलाई हार्दिक स्वागत गर्छु। यता काठमाडाैँमा जनता दिनदिनै सडकमा छन् । खास गरी काठमाडौंका निजी गुठीयारहरू र उहाँहरूको भावना संस्कृति र सम्पदासंग जोडिएको छ । उपत्यका बाहिरको गुठीको समस्या र प्रकृति फरक छ । राज गुठी, सार्वजनिक गुठी, निजी गुठी वा जे नाम होस, एउटै नामभित्रका गुठीको ठाउँ अनुसार प्रकृति पनि फरक छ । तिनको सम्बोधन पनि फरक फरक ढंगबाट गर्नुपर्छ,” उनले लेखेकी छन्।

जंगबहादुरको उदाहरण दिँदै रामकुमारीले भनिन् – गुठी विधेयक फिर्ता लिऊँ भन्दै बाह्रखरीले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

2 thoughts on “आजको खबर : चर्चा गुठी विधेयककै, प्रम ओलीले भने,मौका पायौं भन्ठान्या होलान्,चान्स छैन !”

  1. madan bajracharya says:
    June 17, 2019 at 10:29 pm

    सामाजिक संजालमा व्यक्तिलाई ….गरे कैद र जरिवाना/ अब पहिलो दुई प्रश्न:
    ०१. सामाजिक संजाल को कानुनि परिभाषा के हो र यसले के के समेट्छ?
    ०२. व्यक्ति भनिने के कुरा यो सामाजिक संजाल भन्ने सब्दले के बुझाउञ्छ?

    यो कानुन छोरी कुटेर बुहारी तर्साउने नियतले ल्यायको हो भन्न हिच्किचाउनु पर्दैन/ इनिहरु आम नागरिकलाई आफ्नो आलोचना गर्न बात रोक्न नै यस्तो ब्यबस्था गरेको हो/ सामाजिक संजाल सब्द यति बिशाल छ कि यसले सडक देखि सदन, पार्टी कार्यालय देखि सिंहदरवार लगायत मन्त्रिपरिषद समेत समेट्छ/

    तेस्तै बिशाल छ व्यक्ति सब्द पनि; यसले सरकारी र पार्टीको पद र श्रोतमा रमाउने देखि तिनीहरुकै र समाजमा आफुलाई ..हौँ भन्ने बात दियको पिडा उपेछ्याले रुनेहरु पनि समेट्छ सडकमा मागी खाने अधिकार लुतियका पनि समेट्छ/

    अब बेईज्जत हुने, चरित्रकै हत्या हुने मान हानि हुने गालि आरोपकै कुरा गर्ने हो भने यक नेताले अर्को नेतालाई जस्तो तेस्तो गाली र आरोप त् कुनैले कसैलाई दियकै छैन/ इनिहरुको कुरा सुन्ने र पत्याउने हो भने त् नेपालकै बेईज्जत हुन्छ/ तर यो कानुन त् गालि आरोप लगाउने नेतालाई सजाय दिन त् ल्यायकै होईन/ इनिहरु त् बम पद्कायर ..गरे पनि रास्त्रकै सम्पति लुते मासे पनि संबिधाननै नमान्ने भय पनि मात्रै होईन संबिधाननै जलाय पनि; देसनै तुक्राउञ्छु; नेपाल आमा नै रन्डी हो हो भने पनि सजाय हुने प्रजाति त् हुँदै होईन/ त् स्पस्ट छ यो कानुन आम जनतालाई कुनै नेतालाई गालि गर्न बात तर्साउननै बनाउन लागेको हो/

    मित्रहरु नम्बरी बन्न नसकेकाहरू बलि दिने बोका जस्तै हुने “नम्बरी शासन ब्यबस्था” सायद नेपालमै मात्र भयको देखिन्छ/उहिलेका आफुलाई श्री ५ मान्ने कुनै श्री ३ मान्ने,अहिलेका पनि तेस्तै त् छ; ज्ञानेको धुकधुकी मात्रै बाकि रहेको बेला सत्तामा श्री ७ थिय सडकमा श्री ४. अहिले सत्तामा श्री २ छ/ नम्बर जति घत्त्दै गयको छ नागरिकहरुको हैसियत पनि…..हुँदै गयकोछ/ अब श्री १ को पालामा झन् कस्तो हुने होला खै!!!

    Reply
  2. madan bajracharya says:
    June 17, 2019 at 4:56 am

    गुठि हरुको नाम बदलेर “सिन्डिकेट” राखि दिउ; संस्कार र संस्कृतिको जगेर्ना पनि गरौँ पार्तिकालाई मात्र सगुन सुभेछ्या आशिर्वाद नदिई उनीहरुलाई नगदी प्रशाद पनि दिउ, अनि ठुला पार्टीका प्रमुख नेताहरुलाई “मान्नार्थ गुठि नायो डाक्टर” पद पनि दिउ/यति गरे हेर्नुस यो बिधेयक आजको आजै खारेज गर्नेछ/ यतिले पनि नपुगे हिजो अस्ति सम्म त् इनिहरुलाई राम्रो देखाउन देखायको लाखेको मुकुण्डो लगायर देखाउंदै आयको लाखे नाच अब साँच्चैको लाखे नाचनै देखाई दिउन नेपाल बन्छकि बा बनाउँछ कि भनेर आफ्नो अस्तित्व सुम्पने नेवार जातिकालाई “सामन्ती” भन्ने “शम्सुदिने सामन्ति र तिनका जमातलाई/

    अब केहि सब्द शम्सुदिनको बारेमा/ राजा मानदेवको पालामा बंगालमा बिधेयक बनाउने (सासक)ले nepaal मा नेवार को धर्म संस्कृति र संस्कार मिताउन नेवारकों गुठीको सम्पतिमा लुटपाट र तोड फोद गरेको थियो/ यहि कुरा सम्झेर नेवारलाई सामन्ति भन्नेलाई शम्सुदिने सामन्ति भनेको हो/

    अब पेलेर मिचेर पनि नपुगेर ठगिंदै आयको नेवार समुदायको गुठीको सम्पति र जमिन खोसेरै हत्याउने नियतले ल्यायको हो यो आफ्नो संस्कृति र संसकारको जगेर्ना गर्न आफ्नै सम्पति जग्गा जमिन दानमा दियर गुठि चलाउँदै आयको नेवारजातिकालाई “सामन्ति” लोकतन्त्रको मुकुण्डो लगाउने शम्सुदिने सामन्तिले/

    नेवार समुदाय नम्बरवाला बिना नम्बरवाला गद्दीमा बस्ने र गद्दीलाई गद्दी मात्रै नभन्ने सासकहरुको निमित मिचिने समुदाय त् बन्दै आयको थियो अव लुटिने समुदाय पनि बनाउन खोजियो/ नेवारकों गुठि गुठीको जग्गा र सम्पति कुनै सम्सुदिने सामन्तीले बकश दियको होईन/ नेवार समुदायकै रगत पसिनाको सम्पति हो/ सिन्डिकेटवालाले जस्तै byakti बा समुहले आफ्नो गोजी भनेर बनायको होईन गुठि/

    उपत्यकाको सयमा ८०/९० नेवारकों घरहरु गुथिकै जमिनमा बनेको छ/ भोट लिइसके आफ्नो जन्मथलो त्यागेर उपत्यकामै बंगला बनायर बस्न जेजस्तई गर्न तयार हुने शम्सुदिने सामन्तिहरु गुठीको जग्गा सम्पति सबै रास्ट्रको हुने र उनीहरुको मोहीको बनाउने यो बिधेयकको तात्पर्य नेवारलाई उपत्यका बाटै बिस्थापित गरेर शम्सुदिनेहरुको बंगला र शम्सुदिने सेनाको शिविर बनाउनु हो/ हिजो नेवारले बनायको कलात्मक कृतिलाई उनीहरुको बनायो/ देसमा नेवार भाषा बोल्न नदिनेले रास्ट्र संघमा आफ्नो लिपिलाई नेपालि लिपि प्रमाणित गर्न नसके पछि नेवारी लिपिलाई आफ्नो लिपि बनायो/ अब नेवारकों घर पनि ……/

    “गुठि बचे नेवार बच्छ तेसैले यो संघर्ष बाच्नको लागि नै हो/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme