Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : फेसबुक, ट्वीटरमा कसैलाई जिस्काए पाँच वर्ष जेल जाने कानुन बन्दै, सञ्चारमन्त्रीको राजिनामा माग

Posted on June 15, 2019 by राजेन्द्र मगर

आज जेठ ३१ गते शुक्रबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

वाइडबडी प्रकरणमा नागरिक आयोगले साढे चार अर्ब बढी अपचलन गरी भ्रष्टाचार गरेको  निष्कर्ष निकालेको छ ।

आयोगले दोषीलाई उम्काउन सेटिङमै चलखेल भएकाले कारबाहीको दायरामा ल्याउन व्यापक जनदबाब सृजना जरुरी भएको समेत बताएको छ।

नागरिक आयोगले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले करिव साढे चार अर्ब अनियमितता भएको निष्कर्ष निकालेको हो ।

जहाज खरिद प्रक्रियामा अविश्सनीय कम्पनिहरु रोजिएको, नेपाल राष्ट्र बैंकबाट प्रतितपत्र नखोली रकम निकाशा गरिएको, कमसल सामाग्री जडान गरिएको, खरिद गरिएका बिमानहरु हरेक उडानमा बिश्राम र पुनः उडानको संचालनमा अतिरिक्त भारको कारण आर्थिक रुपमा फाइदाजनक नभएको प्रतिवेदनमा उल्लेख छ।

नागरिक आयोग भन्छ, वाइडबडीमा साढे ४ अर्ब भ्रष्टाचार भएकै हो भन्दै शिलापत्रले लेखेको छ।

गुठी विधेयक सच्याउन माग गर्दै  सुरु भएको आन्दोलन अझै मथ्थर भएको छैन्।

काठमाडाै‌बाट निर्वाचित  प्रतिनिधिसभा सदस्य रामवीर मानन्धररले गुठी सामान्वादको प्रतिक भएको भन्दै अभिव्यक्ती दिएका सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले राजिनामा दिनुपर्ने बताएका छन्। उनले काठमाडौं प्रेसलाई भनेका छन्,

त्यो मन्त्रीले जन्माइदिएको हो हामीलाई ? सामन्त भनेको को हो ? काठमाडौंमा को–को सामन्त त अब ? यो जवाफ दिनुपर्ने भयो । यो आन्दाेलन चर्किने संभावना अझ बढ्यो । उसले बोलेपछि त हामीले जनतालाई जवाफ दिनुपर्‍यो नि त– यहाँ समान्त को ? सम्पदा जोगाउँ भन्ने सामन्त हुन्छ ? उहाँ आफैं समान्त हो कि ? मन्त्रीले यसको जवाफ दिनुपर्छ । मन्त्रीले यो शब्द फिर्ता लिनुपर्छ । नत्र राजीनामा गर्नुपर्छ। अब आन्दोलन अर्कोतिर जान्छ।

काठमाडौंबासीलाई सामन्त भन्ने सञ्चारमन्त्रीले राजीनामा गर्नुपर्छ भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

सरकारले गुठीयारको अधिकार समाप्त पार्ने प्रावधान सहित सदनमा गुठी विधेयक ल्याएको भन्दै आजपनि  ललितपुरमा मसाल जुलुश निकालिएको छ।

स्थानीय गुठीयार र विभिन्न संघ संस्थाको अगुवाईमा भएको विरोध सभामा सहभागी हुन ललितपुर र काठमाडौंका विभिन्न स्थानबाट मंगलबजार पुगेका थिए।

सरकारले ल्याएको विधेयक फिर्ता हुनुपर्ने माग राख्दै गुठीयारहरुले नगर परिक्रमा गरे।

गुठी विधेयकविरुद्ध पाटनमा यसरी निस्कियो मसाल जुलुश, फोटोमा हेर्नुस् भन्दै पहिलोपोस्टले लेखेको छ।

फेसबुक ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान यथावत् राखेर सूचना प्रविधि विधेयक अगाडि बढाउन प्रतिनिधि सभाको विकास समितिले  तयारी गरेको छ।

सामाजिक सञ्जाल र मिडियालाई समेत कस्ने प्रावधान कायमै राखेर विधेयक अगाडि बढाउन उचित हुने प्रतिवेदन समितिमा पेश भएको छ।

विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे ५ वर्ष जेल १५ लाख जरिवाना वा दुबै सजायको प्रावधान छ।

उपसमितिले निरन्तर शब्द थप गरेको छ। साथै हप्काउने शब्द पछाडि धम्क्याउने शब्द थप गरेको छ। साथै जरिमाना र जेल सजाय यथावत् राख्नु उचित हुने ठहर्‍याएको छ।

फेसबुक, ट्वीटरमा कसैलाई जिस्काए पाँच वर्ष जेल जाने कानुन बन्दै भन्दै सेतोपाटीले लेखेको छ।

 

1 thought on “आजको खबर : फेसबुक, ट्वीटरमा कसैलाई जिस्काए पाँच वर्ष जेल जाने कानुन बन्दै, सञ्चारमन्त्रीको राजिनामा माग”

  1. madan bajracharya says:
    June 15, 2019 at 5:36 pm

    नागरिकले बोले बा थाह हुनेले पोले दिय मानशिक कमाराहरुको मुड्किलो दवावको भर्याङ्ग चढेरै आग्लो कुर्सि ओगत्नेको पोल खुल्छ, नीतिगत रुपमा नाङ्गिञ्छ, रवाफको अन्डरवेरनै फुस्किन्छ अनि बडो पुरुश्थार्ति हौँ भन्नेहरु “लिङ्ग नै गोलमाल भयको पहिचान झुठो भयको लोकतन्त्र मा लोकको दर्जा समेत पाउने नसक्ने प्राणि भयको ठहर हुन्छ/

    अचेल यसो गर्न कसैले कसैलाई भन्नु पर्दैन दैनिके हप्ते पत्र पत्रिका गुहार्नु पर्दैन ल्यापटप पनि बोक्नु पर्दैन त्वाईलेतिंग पनि गर्दै मोबाईलमा केहि बेर औंला चलायर यक क्लिक गरे पुग्छ/ तेसैले हो यसो भन्न पाइन्दैन तेसो भन्न पाउंदैन भने ………गरिने भनेर “चम्बले उर्दी” जारि गरेको/

    सहि चितायर उर्दी जारि गरेको भय भन्न पाउने तर असत्य भय सजाय पाउने नियम पो बन्थे; पोल खोल्न नपाउने नियम त् बन्दैनथ्यो/ /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme