Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथा : लिपिस्टिकको दाग

Posted on June 15, 2019June 18, 2019 by mysansar

– शुषमा मानन्धर –

ऊ लुगामा साबुन दल्दै थिई । उसका आँखा, श्रीमानलाई मनपर्ने कमिजमाथिको दागमा प¥यो । त्यहाँ, ओठको बान्की देखिने गरी रातो लिपस्टिकको दाग लागेको थियो । त्यसरी लिपस्टिकै लाग्ने गरी ऊ श्रीमानसँग कहिल्यै टाँसिएकी थिइन । उसलाई झनक्क रीस उठ्यो । पछिल्लो पटक उनले त्यो कमिज कहिले लगाएका थिए, उसले सम्झन खोजी तर सकिन । लुगा धुने उसको मूड राम्रैसँग बिग्रियो । मन नलाई नलाई लुगा धुन सिध्याई । दिमाग कमिजमाथिको लिपस्टिकको दागमा रूमल्लिरह्यो । उसको श्रीमान्को अर्की महिलासँग घनिष्ठता भएको उसलाई थाहा थिएन, न त कसैबाट त्यस्तो सुइँको नै पाएकी थिई ।

‘त्यस्ता कुरा के बताउँथे र ?’ ऊ साह्रै आहत भई । राती श्रीमान्सँग बोलिन पनि ।

‘हैन, के भो, किन नबोलेकी ? बिहानसम्म त ठीकै थियौ, कि सन्चो भएन ?’

‘लुगामा लिपस्टिक दल्नेलाई नै सोध्नुस् न ।’

‘कस्तो लिपस्टिक ? कोसँग सोध्ने ? के भन्छौ ?’ श्रीमान्ले कुरै बुझेनन् ।

‘नाटक पनि कस्तो ! आफ्नो कमिजमा लागेको दाग पनि थाहा छैन ? हैन, त्यसरी पछाडि लिपिक्कै टासिँदा पनि तपाईलाई पत्तो भएन ? कि आफै बन्यो लिपस्टिकको दाग ?’ ऊ कुरा सुन्ने मनस्थितिमै थिइन । श्रीमान्ले आफू अनभिज्ञ रहेको बताए । ऊ सन्तुष्ट भइन ।

‘लोग्ने मान्छेका के विश्वास ? घरमा एउटी, बाहिर दसौटी, तैपनि चोखै बन्न खोज्छन्’ ऊ भुत्भुताई । रीस तातै थियो, हत्पति के ओर्लिन्थ्यो ? उसको मौन ब्रत सुरू भइहाल्यो ।

भोलिपल्ट खानापछि रीसैरीसमा कालो रङको लिपस्टिक लाएर ऊ साथीको घर जान निस्की । माइक्रो बसमा ठेलमठेल भीड थियो । तै एउटा केटोले ठाउँ दियो, ‘दिदी यता बस्नुस्, म ओर्लँदैछु ।’

चेप्टिँदै बल्लबल्ल बस्न सकी ऊ । उसलाई ठाउँ दिने केटा माइक्रोबाट ओर्लेर सडकपेटीमा उभियो । उसले गाडीको झ्यालबाट हेरी । केटा घडी हेर्दै थियो । झट्ट उसका आँखा केटाको बाहुलामा लागेको कालो दागमा प¥यो । त्यो उसको आफ्नै गाढा लिपस्टिकको ओठे छाप थियो।

5 thoughts on “कथा : लिपिस्टिकको दाग”

  1. Bijesh Lal amatya says:
    June 19, 2019 at 9:05 pm

    Very nice artical/story

    Reply
  2. Gags says:
    June 16, 2019 at 8:44 am

    कति छोटोे, कति मिठो ।

    Reply
  3. Ram Shrestha says:
    June 15, 2019 at 4:23 pm

    Kasto chhoto mitho katha! Malai Sushma ji ko katha dherai ramro lagchha

    Reply
  4. Kamal says:
    June 15, 2019 at 1:32 pm

    छोटो तर रोमान्चक कथा. मैले नबूजेको यौटा कुरा, हरेक आइमाईलाई लिपस्टिकले ओठ पोत्नु पर्ने ( रहर हो कि बाध्यता) चाही किन? आइमाई को ओठ लिपस्टिक बिना नराम्रो हुन्छ र? कृपया कसैले बुझाई दिनु हुन्छ कि ?

    Reply
  5. Dharma says:
    June 15, 2019 at 12:58 pm

    nice article

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme