Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बेलायतसित त्रिपक्षीय हैन द्विपक्षीय सन्धिको कुरा साँच्चै उठाएको कि गफैमात्र? अझै खुलेन नि

Posted on June 14, 2019 by Salokya


बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका प्रधानमन्त्री थेरेसा मेबीच बुधबार बेलायती प्रधानमन्त्रीको निवास १० डाउनिङ स्ट्रिटमा भेटवार्ता भयो। त्यो भेटवार्तामा भएको भनिएको एउटा कुरा साँच्चै भएको हो कि हैन भन्ने शुक्रबार हुँदासम्म पनि अत्तोपत्तो पाउन सकिएन बा।

हाम्रा प्रधानमन्त्रीका प्रेस सल्लाहकारले गरेको ट्विट अनुसार ब्रिटिस गोर्खा सैनिक सन्दर्भमा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि पुरानो भएको भन्दै नयाँ परिवेश अनुसार पुनरावलोकन हुनुपर्ने बताए रे प्रमले।

प्रधानमन्त्री केपी शर्मा ओली: ब्रिटिश-गोर्खा आर्मीका सम्बन्धमा सन्१९४७मा नेपाल, भारत र बेलायतबीच सम्पन्न त्रीपक्छीय सन्धी पुरानो भयो। यस सन्दर्भमा भर्ती, अवकाश तथा अवकाशपछिको अवस्था समेट्ने गरी नयाँ व्यवस्था गर्नु पर्छ, नेपाल र बेलायतबीच द्विपक्षीय सन्धी गर्नु पर्छ।

— Kundan Aryal (@TheRealKalamchi) June 11, 2019

परराष्ट्र मन्त्रीले पनि त्यसै भन्नुभो

भ्रमणपछि जारी नेपाल र बेलायतको संयुक्त विज्ञप्तिमा यो विषय उठाइएको छैन। गोर्खा आर्मीको विषयमा यति मात्रै छ-
The Foreign and Commonwealth Office (FCO) of the United Kingdom and the Ministry of Foreign Affairs (MoFA) of Nepal acknowledged the long and distinguished service of Gurkhas in the British Army. The two sides recognised Gurkhas as a vital link in strengthening the bilateral relationship. Going forward, both sides agreed to continue discussion on Gurkha matters.

सन्धि वन्धिको कुरा छैन। गुर्खा म्याटर्समा छलफल जारी राख्न दुई पक्ष सहमत भयो भन्ने कुरा छ।

हेर्नुस् नेपालको परराष्ट्र मन्त्रालयको आधिकारिक विज्ञप्ति

बेलायती सरकारको विज्ञप्ति

किन आएनछ विज्ञप्तिमा? कि त्यो महत्वको कुरा नभएकोले हो? दुई देशबीच द्विपक्षीय सन्धि गरौँ भनेको कुरा बेलायतलाई उल्लेखै गर्न लायक नभएको त हैन कि।

1 thought on “बेलायतसित त्रिपक्षीय हैन द्विपक्षीय सन्धिको कुरा साँच्चै उठाएको कि गफैमात्र? अझै खुलेन नि”

  1. madan bajracharya says:
    June 14, 2019 at 9:40 am

    सुगौली सन्धि जे जस्तै भय पनि ब्रिटिश सेनामा गोर्खालीलाई भर्ति गराउने ब्यबस्थाको आधार गोर्खालीको अतुलनिय बिरताको कदरनै हो/ तर यो कुरा भारतीय सेनामा पनि गोर्खाली लाई भर्ति गराउने कुरामा लागु हुँदैन/ भारतले भारतीय सेनामा भर्ति गरियको नेपालि गोर्खालीलाई नेपालको मित्र रास्त्रहरुको बिरुद्ध प्रयोग नगर्ने शर्तको खिल्ली उदाउन्दै आयको छ/ यसको स्पस्ट प्रमाण भारतले छिन् सीताको युद्धमा गोर्खाली सेनालाई प्रयोग गर्न दियकोलाई लिन सकिन्छ/ यो बाहेक नेपालको मित्र रास्त्रहरुको घरेलु मामिलामा गोर्खाली सेना प्रयोग गरेर त्त्याहाको नागरिकहरुमा नेपाल र नेपालिको बारेमा नकारात्मक प्रभाव पार्न लगायको छ/ फेरी नेपालको आन्तरिक मामिलामा आफ्नो प्रभुत्व जमाउन खोज्ने नेपालको अनेकौं भुभाग मिच्दै बसेको भारत को सेनामा नेपालीलाई भर्ति हुन् दिनु ठुलै गल्ति हो/ सोच्नुस त् भारतले मिची बसेको नेपालको कालापानीमा भारतीय सेनामा भर्ति भयको नेपालि गोर्खाली सेनालाई तैनाथ गरे भने ती नेपालि गोर्खालीलाई कस्तो मानशिक तनाव पर्छ होला?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme