Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : प्रचण्डले भने सरकारको आलोपालो अब अर्को सहमतीमा हुन्छ, गाडीभाडा बढाउने निर्णय फिर्ता

Posted on June 14, 2019 by राजेन्द्र मगर

आज जेठ ३० गते बिहिबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

आलोपालो सरकार चलाउने विषयमा अहिले परिस्थिति बदलिएकोले नयाँ परिस्थिति अनुसार  सहमती हुने  नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बताएका छन्। उनले भने, ‘दुई पार्टी बिच एकताहुदा आलोपालोको सहमति भएकै हो दाहालले भने तर अहिले अवस्था फरक भएको छ,त्यही अनुसार फेरी नयाँ सहमति खोज्छौ ।’

दुई अध्यक्षबिच विवाद र अन्तरविरोध छ जस्तो गरेर केही भ्रमपुर्ण प्रचार भएपनि आफुहरु बिच कुनै अन्तरविरोध नभएको अध्यक्ष दाहलले प्रष्ट पारे।

सरकार आलोपालोमा अव अर्को सहमति हुन्छः प्रचण्ड भन्दै शिलापत्रले लेखेको छ।

स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छोड्ने पुरानै धम्की दिएका छन्। उनले संविधान संसोधन नभए  सरकार छोड्ने भन्दै निरन्तर धम्की दिदै आएका छन्।

समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले संविधान संशोधन गर्ने शर्तमा आफूहरु सरकारमा सहभागी भएकाले त्यो काम नभए सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्।

उनले मधेसी जनताका माग सम्बोधन गर्न संविधान संशोधन गर्नुको विकल्प नरहेको बताए। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण भएपछि एकीकृत दलको नाम समाजवादी पार्टी नेपाल राखिएको थियो। एकता घोषणा हुँदा तत्कालीन समाजवादी फोरम र नयाँ शक्तिबीच संविधान संशोधन नभए सरकारबाट बाहिरिने सहमति भएको थियो।

उपेन्द्र यादवको चेतावनी– तत्काल संविधान संशोधन नभए सरकार छोड्छौं भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

केही दिन यता चर्किएको गुठी विधेयकको आन्दोलन अझै मथ्थर भएको छैन्।

आज पनि विधेयकको विरोध गर्दै पाटनमा  विरोध पदर्शन भएको छ।

सरकारले गुठी विधेयकमार्फत सयाैँ वर्षदेखि चलिआएको धर्म, सँस्कृति र परम्परामाथि धावा बोलेका भन्दै उपत्यकाका नेवार समुदाय विरोधमा उत्रिएका हुन्।

सरकारले गुठियारसँग कुनै सल्लाह सुझाव विना नै विधयेक ल्याएको भन्दै उनीहरु आन्दोलनमा हाेमिएका छन्।

पाटनमा गुठी विधेयकविरुद्ध प्रदर्शन (फोटो फिचर) भन्दै देशसञ्चारले लेखेको छ।

त्यस्तै फोटोमा हेर्नुस् गुठी विधेयक विरुद्ध ललितपुरमा भएको जनप्रदर्शन भन्दैै पहिलोपोस्टले लेखेको छ।

केही दिन यता सिंहदरबार जाने नागरिकलाई सुरक्षाकर्मीले तीन ठाउँमा कडा  चेकजाँच गर्ने गरेका छन्।

सुरक्षा व्यवस्था कडा भएसँगै दैनिक प्रशासकीय कामका लागि सिंहदरबार जाने नागरिकलाई सास्ती भएको छ।

सिंहदरबार जान भित्रबाट पास मगाएकाले अस्थायी प्रवेश पास पाउने दक्षिण गेटमा पास पठाउनेको नाम र दर्जा टिपाइसकेपछिमात्र पास दिइन्छ।

सवारी साधनमा जानेले पनि सबै खानतलासी गरेपछिमात्रै सिंहदरबारभित्र छिर्न पाउँछन्।

सिंहदरबार छिरेपछि जानु पर्ने मन्त्रालयको मुख्य गेट र जानु पर्ने शाखामा सुरक्षा जाँच भइसकेपछि मात्रै नागरिक सम्बन्धित व्यक्ति या शाखामा छिर्न पाउँछन्।

सिंहदरबार छिर्न नागरिकलाई कडाइ, तीन ठाउँमा सुरक्षा जाँच भन्दै सेतोपाटीले लेखेको छ।

यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो।

तर, सरकारले  भाडा बनाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ।

वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको हो।

५ घन्टा नवित्दै गाडीभाडा बढाउने निर्णय फिर्ता भन्दै अनलाइनखबर लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

1 thought on “आजको खबर : प्रचण्डले भने सरकारको आलोपालो अब अर्को सहमतीमा हुन्छ, गाडीभाडा बढाउने निर्णय फिर्ता”

  1. Shankar says:
    June 14, 2019 at 2:41 am

    लोग्ने ले स्वास्नी लाइ तर्साउन खोज्यो र भन्यो , ‘नाहानेके लिए पानि ततादो बर्ना’ | स्वास्नी झन् खतरा थि इ | उसले उल्टै थर्काई ,’ बर्ना क्या कर लोगे ‘?
    लोग्ने सफ्ट भयो , र भन्यो ” बर्ना ठण्डा पानि मे नहालुन्गा “|

    सम्झौता त् पावर मा रहन को लागि , न भए १४००० आत्मा ले लखट्ने र असुरक्ष्या हुने , जिना हराम हुने | न भए ओली , माकुने , झलनाथ के कम थे र उनीहरुलाई अभिभाबक चाहिएको थ्यो र ?
    जनता सधै गुराह्मा हुन् , झुक्किन , सासित हुन् का लागि हुन् भन्ने सोच नेपाल को सासक मा सधै छ | चाहे त्यो राजा , पंचायत , बहुदल , गणतन्त्र , बा अहिले भाड भैलो तन्त्र का सासक हुन् |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme