Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘चप’ संघ अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभिँदा छाता महासंघले गर्ला त कारबाही?

Posted on June 13, 2019June 17, 2019 by Salokya


धेरैलाई के भ्रम छ भने विचार र अभिव्यक्ति स्वतन्त्रता भनेको पत्रकारलाई मात्र हो। हैन, त्यो त नागरिकले पाउने अधिकार हो। यसको रक्षाका लागि सबैभन्दा बढी उभिनु पर्ने चाहिँ पत्रकार हो। आफ्नो मात्र हैन, नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रताका लागि आवाज उठाइदिने काम पत्रकारको हो।

तर यस पटक उल्कै भयो। चप (चलचित्र पत्रकार) हरुको संघ विचार र अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभिदियो। र, चलचित्रसँग सम्बन्धित नौ वटा अन्य संस्थाहरुको बोलीमा लोली मिलाउँदै यसका अध्यक्षले विचार र अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने विज्ञप्तिमा सही ठोक्दिए।

(विज्ञप्तिको भाषा पढ्नु भो नि- चलचित्र क्षेत्र एउटा विशुद्ध मनोरञ्जनको क्षेत्रमात्र नभई यसले राष्ट्रको सार्वभौमिकतालाई अक्षुण्ण राख्ने रे। कत्रो साहित्यिक भाषा बोल्या। बोलिचालीको भाषा नबोली नेपाली फिल्महरुमा बाल कलाकारहरुको मुखबाट साहित्यिक भाषा बोलाए जस्तो। नेपाली फिल्मले राष्ट्रको सार्वभौमिकतालाई अक्षुण्ण राखेको यही विज्ञप्ति पढेर थाहा भो)

त्यसरी सही ठोकेर हिजो विज्ञप्ति आउनुभन्दा अगाडि निर्देशक मिलन चाम्सले आफ्नो फिल्म तोरीलाउरे छ भनी युट्युबमा समीक्षा गर्नेविरुद्ध उजुरी दर्ता गर्न टेकुमा जाँदा चप संघका अध्यक्ष सन्दीप सापकोटाले समर्थन गरेको भिडियो सार्वजनिक भएको थियो।

नेपाल पत्रकार महासंघ भनेको देशभरका पत्रकारहरु र पत्रकारका संस्थाहरुको छाता संगठन हो। महासंघमै आवद्ध छ एसोसिएट सदस्य संघका रुपमा चप संघ।

जुनसुकै दल नजिकको पत्रकारको नेतृत्व भए पनि पत्रकार महासंघ विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बोलिरहने संगठन हो। उसले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा बोल्ने कल्पना पनि गर्न सकिन्न। तर यसैमा आवद्ध भएको एउटा संस्थाले भने विषयगत संस्थाहरुको बोलीमा लोली मिलाउँदै पत्रकार महासंघको मूल नीतिविरुद्ध वक्तव्यबाजी गरेपछि छाता महासंघ पक्कै गम्भीर हुनुपर्ने हो।

के अब छाता महासंघले हाम्रो मूल नीति विरुद्ध किन वक्तव्यबाजी गरेको हो भनेर स्पष्टीकरण पत्र काट्ला?

चपहरुले चलचित्र संस्थाहरुले जे गल्ती गरे पनि उसैको पक्षमा बोल्ने हो भने संसदीय पत्रकार मञ्चले सांसदहरुले जस्तै गल्ती गरे पनि सांसदकै पक्ष लेलान्, शिक्षा पत्रकारहरुको संगठनले शिक्षा मन्त्रालयको नराम्रो नै नदेख्लान्, खेल पत्रकारहरुले राष्ट्रिय खेल परिषद् र खेल संस्थाहरुको नराम्रो देख्दै नदेख्लान्, आर्थिक पत्रकारहरुले व्यापारीहरुले नराम्रो गरेकोमा आँखा चिम्लेलान्।

चपहरुको संघभित्रै पनि यो विज्ञप्तिले हङ्गामा मच्चिएको छ। यही संघका महासचिवले विज्ञप्तिबारे आफूले थाहै नपाउने गरी अध्यक्षले एकलौटी विज्ञप्ति निकालेको आरोप लगाएका छन्।

अझ उनले लाज लागेन भनेर सार्वजनिक रुपमा आफ्नै अध्यक्षलाई तीन बुँदामा सोधेका छन्-

रमाइलो त के भने, कठालो समात्ने चपले झापड खाँदा प्रेस स्वतन्त्रता हनन् भयो भनेर विज्ञप्ति निकाल्ने उनै महासचिव थिए। यो पुरानो प्रकरण छुटाउनु भएको भए पढ्न यहाँ क्लिक गर्नुस्।

अझ रमाइलो चाहिँ, आफ्नै महासचिवले सार्वजनिक रुपमा लाज लाग्दैन भनेर सोध्दा उनले त्यसको जवाफमा फेसबुकमै सार्वजनिक रुपमा तिमीलाई चाहिँ लाज लाग्दैन भनेर त्योभन्दा धेरै बूँदा राखेर स्टायटस लेखेका छन्-

यही क्षेत्रसँग सम्बन्धित अर्को संस्था चलचित्र समीक्षक समाजले भने सन्तुलित किसिमको विज्ञप्ति निकालेर प्रशंसा कमायो

1 thought on “‘चप’ संघ अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा उभिँदा छाता महासंघले गर्ला त कारबाही?”

  1. Niraj says:
    June 14, 2019 at 2:17 am

    All animals are equal and no species is more equal than others. 🙂

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme