पाँच हजारे पत्रकारलाई पैसा बाँडेर वाहवाहमात्र सुन्न बानी परेका एक साहुलाई हजुरको फिल्म तोरीलाउरे छ भनेर आफ्नै स्टाइलमा एउटा भिडियो बनाएर युट्युबमा राखेको देखेपछि तिरिमिरी झ्याइँ भए। सबक सिकाउँछु भन्दै हत्कडी लगाएर त्यसलाई थुन्न लगाइयो। हतियार बोकेर, छाडा बोलेर भिडियो बनाएको भन्ने तोरीलाउरे तर्क गरेर अपराध महाशाखाका नयाँ हाकिम एसएसपी सहकुल थापा नेतृत्वले राज्य वादी हुने साइबर क्राइमको मुद्दा चलाउन सिफारिस गरेको अनि अनि प्रहरीले अनुसन्धान गर्न समय पाउँ भन्दै अदालतसँग म्याद माग्दै गरेको पनि देखियो। देशभरका साइबर क्राइम हेर्ने जिम्मा पाएको काठमाडौँ जिल्ला अदालतका न्यायाधीशको विषय बुझ्ने क्षमता र पुलिसले जे भन्यो पत्याएर मागे अनुसार पक्राउ पूर्जी जारी गरेको, म्याद थप गर्न दुई पटक अनुमति दिएको पनि देखियो। भिडियोमा बोलेको र देखाएको आधारमा साइबर क्राइमको मुद्दा चलाउनु पर्ने भए घण्टाको अनुसन्धान गर्नुपर्यो? जे छ, भिडियोमै छ त। मुद्दा अदालती प्रक्रियामा लगे भइगयो नि। यत्रो नौटंकी भइरहेको बेला कमेडियनलाई पत्रकारिताको पाठ पढाउने ‘चप’ संघसहित १० संस्थाको विज्ञप्ति तपाईँले छुटाउनु त भएन? छुटाउनुभएको भए आधा जिन्दगी खेर गयो।
मिलन चाम्सले थुनिएका कमेडियन प्रनेश गौतमलाई भात खुवाउनु भयो भनेर चाकडी गरेर लेख्ने ‘चप’ (चलचित्र पत्रकार) पनि देखियो।
चप संघसहित १० संस्थाले कमेडियनलाई पत्रकारिताको पाठ पढाउने विज्ञप्ति यस्तो छ-
अभिव्यक्ति स्वतन्त्रताको प्रयोग पत्रकारहरुले मात्र गर्ने भन्ने ठूलो भ्रम छ जस्तो छ यी विज्ञप्ति निकाल्नेहरुमा। पत्रकारिताको मर्म, धर्म, मूल्य मान्यता र नैतिक धरातललाई बिर्सियो रे एउटा कमेडियनले कमेडी गरेर तिमीहरुले बनाएको फिल्म तोरीलाउरे छ भनेकोमा। जिस्केर तरकारी काट्ने चक्कु देखाएर फिल्मलाई राम्रो भन भनिएकोलाई हतियार देखाएर आतंक मच्चाइयो रे। मैले भिडियो खोजेको, ठ्याक्कै भेटिनँ तर कुन चाहिँ एउटा एपिसोडमा कमेडियन सन्दीप क्षेत्रीले पनि त्यस्तै पाराले फिल्मलाई राम्रो भन भन्दै दर्शकलाई पिटेको देखाएको जस्तो लाग्छ। सन्दीपले गर्दा कमेडी भो, प्रनेशले गर्दा अपराध भो? किन? सन्दीपको शो कान्तिपुर टिभीमा आउने भएकोले?
अब यो ‘चप’सहित विज्ञप्ति निकाल्ने १० संस्थाहरुको नाम हेर्नुस्।
एक जना हुनुहुन्छ चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी। उहाँको बारेमा यसो बुझौँ।
के कुनै आमाले आफ्नी छोरीलाई यसो भन्छिन् होलिन्- ‘जे गरे नि प्रेग्नेन्ट नहुनु (भुँडी नबोक्नु), भइहाले पनि मलाई इन्फर्म (भन्न आउने हैन) अबोर्सन (गर्भपात) गरेर मात्र घर फर्कनू’
काठमाडौँ नामको फिल्मको प्रोमोमा देखिन्छ, आमा गौरी मल्लले आफ्नी छोरीलाई यो कुरा हाँसीहाँसी बताइरहेकी हुन्छिन्, अरु मान्छेहरुको अगाडि। हो, फिल्ममा सँधै भएकै कुरा हुनुपर्छ भन्ने छैन,तर यो हदसम्मको हुँदै नहुने कुराको कल्पना पनि कसरी गरेका होलान्।
साथी दीपेन्द्र लामाले फिल्मको समीक्षा गर्दा फिल्ममा देखिने लाज लाग्ने १० दृश्यमा यसलाई पनि समावेश गरेका थिए। पत्रिका छापिएकै दिन अफिसमा फिल्मका निर्माता, निर्देशक अनि नायक पनि भएका आकाश अधिकारी दलबलसहित आएर यस्तो नि रिभ्यु छाप्ने भन्न आए। अनि लामो खण्डन स्पष्टिकरण दिएर गए जसमा भनिएको थियो- आमाले छोरीलाई त्यसो भन्नु के लाज मान्नु पर्ने कुरा हो र, लाज नमान्नुस्। त्यतिबेला लेखेको ब्लग पढ्न क्लिक गर्नुस्।
खासमा मैले हाम्रा फिल्मकर्मीको मानसिकता मात्रै तपाईँलाई बुझाउन खोजेको। मिलन चाम्सलाई जे लाग्यो, जसरी उनलाई उचालियो, त्यसलाई ‘चप’हरुले जसरी साथ दिए, त्यसले गलत भएको हो। चाम्स उजुरी दिन टेकु जाँदा हनुमानढोका गयो भनेर लेख्नेले राखेको भिडियोमा चप संघका अध्यक्षले चाम्सको समर्थन गर्दै गरेको हेर्न सकिन्छ-
यो मानसिकता पहिलेदेखि नै थियो। एउटा अर्को उदाहरण दिन्छु।
सात वर्षअघि फिल्म समीक्षा लेखेबापत निर्देशक मनोज पण्डित प्रहरी नियन्त्रणमा परेका थिए। मेरो सिनेमा डट कममा उनले ब्रेकफेल फिल्मको समीक्षामा लेखेका थिए ‘सर्वमान्य नीतिअनुसार हेर्दा यो फिल्ममा ऋचा कुनै पनि कोणले नायिकाजस्ती लाग्दिनन्।’ यो वाक्यले आफू अपमानित भएको भन्दै निर्माता एवं अभिनेत्री ऋचा घिमिरेले जिल्ला प्रहरी कार्यालय हनुमानढोका पुगे। साइबर क्राइममा उजुरी दिइन्।
समीक्षाले निकै तनाव पैदा गरेको र अन्तर्राष्ट्रिय व्यापारमा बाधा पुगेको आरोप ऋचाले लगाएपछि आफ्नो मनसाय त्यस्तो नरहेको भन्दै मनोजले माफी मागे। नत्र प्रनेश जस्तै थुनिनु पर्थ्यो।
कसैले चोट पुर्याउँदा ढोका थुनेर रुने नभई कानुनी उपचारमा लाग्ने नारी भएकाले यो तरिका अपनाएको ऋचाले बताएकी थिइन् त्यतिबेला नागरिकलाई।
‘यही कुरामा चुकेकाले वकिलको परामर्शमा हनुमानढोका पुगेँ, थुनाउने नियतले होइन खबरदारी गर्न यो कदम चालेकी हुँ,’ ऋचाले भनेकी थिइन्। अहिले पनि मिलन चाम्स खबरदारी गर्न, लेसन सिकाउन यस्तो गरेको भनिरहेका छन्। जसको सीधा अर्थ तर्साउने नियत हो भन्ने बुझिन्छ।
फिल्म भनेको एउटा वस्तु हो। पैसा तिरेर त्यसको उपभोग गर्ने जो कोहीले पनि त्यसलाई राम्रो नराम्रो भन्न पाउनु पर्छ। प्रनेश कमेडियन हुन्, उनले कमेडी स्वरुपमा त्यसलाई भने।
तर हाम्रा फिल्मकर्मीहरु आफूले पाँच हजार बाँडेकै पत्रकारले वाहवाह मात्र गरिदियोस् भन्ने चाहन्छन्। अर्को धारका केही ‘चप’हरु छन् जो पाँच हजार अस्वीकार गर्छन्। फिल्म समीक्षाका ठेकेदारहरु समीक्षाको सिन्डिकेट तोडिन्छ भनेर अत्तालिन्छन्।
‘समीक्षा गर्ने अधिकार सबैलाई हुनु हुँदैन, समीक्षा आलोचनात्मक होइन प्रोत्साहन गर्ने खालको हुनुपर्छ,’ त्यतिबेला ऋचाले गरेको माग थियो। उनले ‘नेपाल पत्रकार महासंघले नियुक्त गरेकाले मात्र’ फिल्म समीक्षा गर्न पाउनुपर्छ र सुझाव दिन राम्रो शब्द प्रयोग गर्नुपर्छ भनेकी थिइन्।
प्रनेशको व्यङ्ग्यात्मक समीक्षाको भिडियो कस्तो थियो हेर्न रुचि लागेको भए यता छ- (युट्युबमा भेटिनँ, यसमा स्लो हुनसक्छ मिलाएर हेर्नुस्)
Bir Bikram 2 The Movie Review That Trigger So Called Cyber Crime from Meme Nepal on Vimeo.
साधु सब्दको अर्थ शुभ चिताउने हो/ तर तपाइंको सब्द पढ्दा नाम साधु राम हुँदैमा राम्रो बोलि नबोल्ने हुन् सक्ने सत्यनै भयको बुझियो/
केहि समय पहिला इन्धन संस्थानको ट्यांकरहरु बात ठुलै परिमाणमा चोर्दै आयकोलाई प्रमाण सहित कार्यवाही गरिन लाग्दा कार्यवाही होईन बार्ता गरेर सहमतिमामा टुंग्याउनु पर्ने भनेर इन्धन बेच्नेहरु बात बिरोध गराईयो/ इन्धन चोर्नेलाई कार्यवाही नगरोस भनेर उपद्र मचाउनेलाई प्रहरीले पकडे/ अनि इन्धन चोर्नेलाई बचाउन खोज्ने सिन्दिकेतेले प्रहरीले पकडेको व्यक्ति उनीहरु सिट आवद्ध नभयको तर उनिहरुकोमा जागिर पाउलाकी भनेर….गरेको हुन् सक्ने” भनेको कुरा याद आयो/
मिलन चाम्लिङ जीले फिलिमका लागि पनि भोलि स्वतन्त्रता चाहिन्छ भन्ने बुझ्नु भएको भए हुन्थ्यो ।
ब्रिटिस गोर्खा आर्मीको किचन ब्वाईका रुपमा काम गर्दागर्दै ब्रिटिसले जागिर कटुवा गरेर घर फर्काएपछि फिलिमलाईन समात्नु भएको मिलन जीले यता बेलायत, हङकङ तिरका धेरैलाई लगानीकर्ता बनाएर आफु निर्देशक बन्नुभयो । वर्षमै २, ३ वटा फिलिम रिलिज गर्नुहुन्छ । केही यस्तै चपहरुलाई प्रोमोसनको नाममा विदेश घुमाउनु हुन्छ, दुई चार लाख बाँड्नु हुन्छ । अवार्डवालाहरुसँग अवार्ड किन्नु हुन्छ । अनि हल्ला गर्नुहुन्छ । तर फिलिममा लगानी गर्ने लगानीकर्ताहरु सँधै घाटामा । चाम्लिङ जी भने सँधै नाफामा । यसरी नकारात्म समिक्षा आउन थालेभने भोलिका दिनमा लगानीकर्ता भेटाउन गाह्रो हुन्छ। त्यसैले उहाँ तिनै चप पत्रुकारहरुको आड भरोसामा प्रनेशविरुद्ध उजुरी गर्न जानुभयो । उहाँले नरेश भट्टराई लगायतका नराम्रो फिल्मलाई पनि जबरजस्ती राम्रो भनिदिने र स्रोता, पाठकलाई भ्रमित बनाउने चपहरुलाई विदेश घुमाउने, उपहार दिने, फिल्म प्रोमोसनको नाममा लाखौंका ठेक्का दिने गर्नुहुन्छ । त्यसैले उहाँ सँधै आफ्नो गुनगान मात्र सुन्न चाहानुहुन्छ । त्यसकारण भएको हो यो कान्ड ।
अबुई होटेल मा नुन पुगेन भन्यो भने पनि थुन्दिन्छ कि के हो
Kala Chettra ma aaunu bhaneko sarwajanik byaktitwa ra tessath aune pratistha ra chunauti lai atmasath garnu ho. Sarwajani byaktitwa lai jasto sukai kriya pratikriya auna sakchan teslai kasari handle garne bhanne tyo byakti bises ko kura ho. Yo case ma achhama k cha bhane jaslai gali galauj bhako bhaniyeko cha ti kalakar haru haal samma maun chan. Paul Shah, Najis Hussain ra Barsha Shiwakoti maun chan, khali Yei Chams solti ra yeska hanuman haru ufri rako chan.
Arko kura k bhane yo prakaran le nepal ko chalchitra chetrra ajai pani kati aparipakwa cha bhanera dekhaucha. ALi ali naya thapieka nepali chalchitra ka darshak pani yo prakaran pachi nepali chalchitra herna jana chaddnechan ra yesko ghata chalchitra chettra lai nai hune cha.
Salolkya ज्यु
Tapai lai Gali garne tyo Sudarshan lai pani afno power lagayera cyber crime ko mudda hale kasto hola?
त्यो गालीलाई मैले स्वीकार गरे पो त्यो गालीले मलाई आहत हुन्छ, म रिसाउँछु, मुर्मुरिन्छ। त्यो गालीको उपहारलाई मैले स्वीकारै गरिनँ भने त्यो त उहाँसँगै रह्यो नि। किन नानाथरी गर्नुपरो। बरु उहाँको भलो होस्, कल्याण होस् भन्छु नि। त्यसो गरे कसो होला? 🙂
खै मानिसहरूले कहिले बुझ्ने बोल्न/लेख्न पाउने अभिव्यक्ति स्वतन्त्रता बारे ! बढी बोल्थ्यो बल्ल पर्यो भन्ने खालका मान्छे धेरै छन् । सबै मान्छेको आ-आफैं तरिका हुन्छ बोल्ने, खण्डन गर्ने भन्ने कुरा बुझ्न जरुरी छ नेपालमा । संसार कहाँ पुगिसक्यो यहाँ फिल्मको बारे बोल्दा जेलमा । आफ्नै मान्छेले गरेको गल्तिलाई झन् छ ‘चप’ सहित १० संस्थाले गरेको स्थापित गर्न खोजेको छ ।
चलचित्रमा मानिसहरू त झन् सृजनशील र यस्तो कुरा बुझ्ने खालको हुन पर्ने हो । यसरी बोलेको/लेखेको/फिल्ममा बोलेको/गीतमा गाएको भरमा जेल जान पर्ने हो भने भोलि यिनीहरू मध्ये कोही जान नपर्ला भन्न सकिन्न । उदेक लाग्दो कुरो अहिलेसम्म धेरैजना ठुलाबडा भनाउँदा सेलिब्रिटीहरूको टिप्पणी नआउनु हो ।
अर्को डरलाग्दो कुरो विद्युतीय कारोबार ऐनको दुरुपयोग हो । अब भिडियोमा बोल्यो भनेर विद्युतीय कारोबार हास्यास्पद हो । यस्तो नबुझ्ने प्रहरी प्रशासन र अदालत देखेर झन् उदेक लागेर आउँछ । मानिसहरू गुनासो लिएर आउँछन् र तिनीहरुलाई कानुनअनुसार यो ऐन आकर्षित हुन्छ भनेर बुझाएर काम गर्नुको साटो झन् कुनले बढी पेल्न सकिन्छ त्यहीं ऐन लगाएर समाउँछन् । खै किन हो कुन्नि कानुनका व्याख्याकारहरुले यो ऐनको दुरुपयोगबारे किन केही नगरेको । यस्तो गुनासोहरू त सोझै अदालतमा जानु पर्ने, यहाँ त पहिला पुलिसमा त्यो पनि हतकडी लगाएर । कति फुर्सद हो हाम्रो पुलिसहरूको ।
हुन त अदालती बहसमा यस्तो अभियोग सजिलै खारेज हुन्छ र अभियुक्त प्राय: मजासँग छुट्छन् तर पनि नेपालीहरूको बानी जेल/पुलिस भनेपछि अलि बढी नै डराउँछन् । मज्जाले आफ्नो कुरा राख्ने मानिसहरू त पुलिस प्रशासनसँग डराउनुहुन्न र यस्तो सानोतिनो कुरामा थुनामा परे पनि आत्तिनु हुन्न । अदालतबाट प्राय: न्याय हुन्छ त त्यहाँबाट नभए नयाँ क्रान्ति गर्न पनि पछि पर्न हुन्न ।
सालोक्य जी, तपाईंको हिम्मतिलो तथा वास्तविक पत्रकारितालाई म सम्मान गर्छु र यो र यस्तै मामिलाहरूमा
समाज र देश कता जादै छ? सबैले आफुलाई सोध्नुपर्ने प्रश्न | मेरो मन को तितो— त्यो अस्ति के-के विधयेक को बारेमा हल्ला गर्ने पत्रकार महोदयहरु यो कुरामा किन चुप? बास्तवमा पत्रकारको धर्मको ठ्याक्कै उल्टो ब्यबहार गर्दै छन् उनीहरु भन्छु म त | खै ठुला मिडियामा यो कुरा को coverage ? Journalist हरु पनि सोफ्त-सामन्त बन्न खोज्या त हैनन्? All animals are equal, but some(we) are more equal than others भन्ने मानसिकता देख्छु हाम्रा कति पत्रकार दाजु-भाइ दिदि-बहिनि मा आजकल 🙁
That was supposed to be soft-samanta
अँ, यो सुदर्शन भन्ने चाहि दुई खुट्टे प्राणी !! तेरो गाली तँ आफै सँग राख्ने मात्र हैन आफ्ना सन्तानलाई पनि तेहि गाली राख है !! यो सुदर्शन पनि तिनै नेपाली फिलिम बनाउने ग्याङको पाँच हजारे ‘चप’ हुनुपर्छ ।
थुक्क खाते तेरो लेख.
मैले तपाईँको गाली उपहार स्वीकार गरिनँ। तपाईँसँगै रह्यो 🙂
तपाईँको भलो होस् !
Talai nai hakka ra thukka..