Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : फेरि कोख भाडामा दिने कानून ल्याउन ‘लबिङ’ सुरु, लोक सेवा बिज्ञापन रोक्न सर्वोच्चद्वारा अस्वीकार

Posted on June 13, 2019 by राजेन्द्र मगर

आज जेठ २८ गते मंगलबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

चितवन पुगेर नेकपाका अध्यक्ष  पुष्पकमल दहाल प्रचण्डले क्रिकेट रंगशाला बन्छ भनेर अभिव्यक्ती दिएका छन्। रंगशाला बनाउन चन्दाले नपुगे सरकारले सहयोग गर्ने समेत बताएका छन्।

क्रिकेट रंगशाला बन्छ, चन्दाले नपुगे सरकारले सहयोग गर्छ : प्रचण्ड  भन्दै पहिलोपोस्टले लेखेको छ।

फेरि सरोगेट मदर अर्थात कोख भाडामा लगाउने आमाको बारेमा बहश सुरु भएको छ।

फर्टिलिटी सोसाइटी अफ नेपालले एक कार्यक्रम आयोजना गरि  स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई सरोगेट मदरको लागि कानुन बनाउन सहयोग गर्न आग्रह गरेपछि बहश सुरु भएकव हो।

सरोगेट मदरको बारेमा  २०७२ अघि नेपालमा ठुलो बहश सुरु भएको थियो।

२०७१ असोज २ गते मन्त्रिपरिषद्ले विदेशी नागरिकलाई सरोगेसी सेवा प्रदान गर्ने सम्बन्धी कार्यविधि बनाउने निर्णय गर्‍याे । त्यही निर्णयलाई टेकेर त्यसअघि गुपचुप व्यावसाय गर्दै आएकाहरु खुल्ला रुपमा व्यापार गर्न थाले । सरोगेसी सेवा दिने एजेन्सीको सङख्या बढ्यो। सरोगेसी सेवा लिन विदेशीहरु नेपाल आउन थाले। केही समय ‘सरोगेसीको हब’ जस्तै भयो नेपाल। सरोगेसी सेवा दिने संस्था तीन सयको हाराहारीमा खुले भने सरोगेट मदर पनि त्यही हाराहारीमा देखिए ।

अस्वाभाविक रूपमा कोख भाडामा लिएर बच्चा जन्माउन संख्या बढेपछि सरोगेसीको बहस फेरि सुरु भयो । अधिवक्ता पुषपराज पाण्डेयले कानून नबनिकन सरोगेसी भएको भन्दै अदालतमा रिट दायर गरे । २०७१ भदौ ८ मा अदालतले सरोगेसीका निम्ति स्वास्थ्य संस्थालाई अनुमति नदिन मन्त्रालयलाई आदेश मात्र दिएन्, सरोगेसीको विषयमा गम्भीर प्रश्न समेत उठायो।

त्यसपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई सरोगेसी गर्न नगराउन पत्राचार गर्यो। सरोगेसीको बहश त्यतिकै सेलायो।

स्वास्थ्यमन्त्रीलाई अतिथि बनाएर कोख भाडामा दिने कानून ल्याउन ‘लबिङ’ भन्दै अनलाइनखबरले लेखेको छ।

‘भाइ तिमीलाई बुवाआमाले माया गर्नुहुन्छ, मलाई माया गर्नुहुन्न र पिट्नुहुन्छ त्यसैले तिमी बुवाआमा सँगै बस्नु म मर्छु।’

कापीमा भाइलाई यसरी सम्बोधन गरेर लेखेका धादिङका एक १३ वर्षिय बालकको मृत्यु रहस्यमय बनेको छ।

विद्यालयमा पढ्न गएर घर फर्कने क्रममा बाटोबाटै हराएका सुनिल परियारको शव मंगलबार घर नजिकैको जंगलमा पासो लागेको अवस्थामा भेटिएको थियो। जेठ २६ गते आइतबार दाजुभाइ विद्यालयबाट सँगै घर फर्केका थिए। घर नजिकै चौतारामा पुगेपछि भाइलाई घर पठाएर सुनिल त्यहीँ बसेका थिए।

धादिङका प्रहरी नायब उपरीक्षक राजकुमार वैदवारले घटनाको अनुसन्धान भइरहेको बताएका छन्।

पढाइ राम्रै रहे पनि आर्थिक रूपमा कमजोर भएका कारण उनका कतिपय आवश्यकता पूरा गर्न असमर्थ हुँदा अभिभावकले छोरालाई गाली गरेको हुन सक्ने छिमेकीहरुले बताएका छन्।

१३ वर्षीय सुनिलको सुसाइड नोट – बुवाआमाले माया गर्नुहुन्न भन्दै सेतोपाटीले लेखेको छ।

लोक सेवा आयोगले स्थानीय तहका लागि शुरु गरेको कर्मचारी भर्ना प्रकृया नरोकिने भएको छ ।

सर्वोच्च अदालतले भर्ना प्रकृया रोक्न तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेका कारण आयोगलाई स्थानीय तहमा कर्मचारी भर्ना प्रकृया अघि वढाउन तत्काललाई वाटो खुलेको हो ।

अदालतले लोकसेवाले गरेको बिज्ञापन यथास्थितीमा राख्ने कि नराख्ने भन्ने बषियमा आयोगको समेत जिकिर सुन्नपर्ने भन्दै आगामी ३ असारमा आयोगलाई अदालत वोलाएको छ ।

सो दिन अदालतको संयुक्त इजलासले आयोग र निवेदक दुवैका कुरा सुनेपछि मात्र निवेदकको माग अनुसार अन्तरिम आदेश मार्फत बिज्ञापन अघि वढाउन दिने या नदिने भन्ने निर्णय सुनाउनेछ।

लोक सेवा बिज्ञापन रोक्न सर्वोच्चद्वारा अस्वीकार भन्दै शिलापत्रले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme