Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोलकातामा ट्रान्जिटमा रहेको थाइ एयरको विमानभित्र रहेका नेपालीलाई समेत दुःख दिएको थियो भारतले

Posted on June 10, 2019 by mysansar
फोटो : जी बिजनेस

– मदन बज्राचार्य –

सडकको बाटोबाट भारत पुगेका नेपालीहरुलाई हवाईमार्गबाट फर्कन नदिएको घटना भर्खरै सुन्नमा आयो। भारतस्थित नेपाली दूतावासले समेत ट्विट गरेर त्यसो भएको पुष्टि गर्‍यो। खासमा यस्तो निर्णय दिल्लीको गोप्य कोठाको गोप्य निर्देशन नभई हुनै नसक्ने कुरा हो। विमानस्थलमा कार्यरत उच्च भन्दा उच्च तहको कर्मचारीले पनि नीति बनाउन सक्दैन।

यो घटनाभन्दा पहिला सडकबाट गएका नेपाली, भारतीय र विदेशीहरु हवाई मार्गबाट आवत जावत गर्दै आएकै थियो। अहिले एकाएक यस्तो नियम किन बनाइयो? त्यो पनि नेपालसित कुनै छलफल नै नगरी? त्यसैले नेपाललाई हेप्न मात्रै यसो गरेको त हुँदै होइन।

भारतको यस्तो व्यवहारमा त्यति चकित हुनु पर्दैन। चकित त सिंहदरवार र ठूला पार्टी चलाउनेहरु यस्तो हुँदा पनि चुइँक्कसमेत नबोलेकोमा हुनु पर्छ।

भारतीय विमानस्थलमा नेपाली यात्रुलाई दुःख दिइएको यो घटना नै पहिलो होइन। उहिले कलकतामा ट्रान्जिट हुँदै थाई विमान काठमाडौँ आउँथ्यो। अन्तर्रास्ट्रिय नियम अनुसार कलकत्तामा ट्रान्जिट हुँदै नेपाल जाने उडान पर्खेको यात्रुलाई भारत आएको मानिंदैन। त्यसैले तिनीहरुलाई भन्सारले जाँच्नु पर्दैन। तर त्यस्तो यात्रु नेपाली भएमा भारतको भन्सारले दुःख दिन्थ्यो तर विदेशी भएमा भन्सारले हेर्ने आँट गर्दैन थियो।

यसै क्रममा थाई विमानबाट बैंककबाट कलकत्ता ट्रान्जिट हुँदै आएका गोर्खा सैनिकहरुलाई ट्रान्जिट प्वाइन्टभित्रै र उनीहरुको सुन लगायतसमेत जफत गरेको थियो एक पटक। यो कुरामा भारतको अन्तर्राष्ट्रिय स्तरमै आलोचना भयको थियो। थाई विमानले पछि कलकत्ता ट्रान्जिट हुँदै काठमाडौँ आउने उडान नै बन्द गर्‍यो।

भारत र नेपाल दुवैको निमित्त पर्यटन व्यवसाय विदेशी मुद्रा कमाउने ठूलै श्रोत हो। तेश्रो मुलुकका विदेशीहरु केही बाहेक धेरै जसोलाई नेपालको प्राकृतिक सौन्दर्य र बुद्ध जन्मेको लुम्बिनी ठूलै आकर्षण हो। यदि तेस्तो विदेशी यात्रुहरुले नेपालनै आफ्नो गन्तब्य बनायो भने उनीहरु कि सिधै नेपाल आउने हुन्छ कि भारतमा मात्र ट्रान्जिट हुँदै वा केहि दिन मात्रै बसेर नेपाल आउने हुन्छ। यसो भएमा भारतको पर्यटन आम्दानीमा ठूलै असर पर्छ।

नेपाल वायुसेवा निगमको लन्डन फ्र्यांक्फोर्ट पेरिसको सिधा उडानले भारतको पर्यटनमा ठूलै घाटा पुर्‍याउँदै आएको थियो। यी उडानहरुको निमित युरोपमा टिकट बेच्ने एकाधिकार भारतीय मूलको (!!??) दिनेश धमिजाले नै पाउनु र उसैले गर्दा ती उडानहरु घाटामा जानु र अन्तमा बन्द नै गर्न बाध्य हुनुको मूल कारण थियो। यो कुरा भित्र धेरै कुराहरु पक्कै छन् होला।

(मदन नेपाल वायुसेवा निगमका पुराना कर्मचारी हुन्। उनले भारतबाट हवाई मार्ग हुँदै फर्कन खोज्ने नेपाली यात्रुलाई भारतले अवरोध गरेको बारे ब्लगमा यो विचार कमेन्टका रुपमा लेखेका थिए। त्यसलाई सामान्य सम्पादन गरी यहाँ प्रस्तुत गरिएको हो- माइसंसार)

2 thoughts on “कोलकातामा ट्रान्जिटमा रहेको थाइ एयरको विमानभित्र रहेका नेपालीलाई समेत दुःख दिएको थियो भारतले”

  1. PP says:
    June 12, 2019 at 10:26 am

    यो सबैलै थाहा भएको कुरा नै हो, इन्डियन एरपोर्टमा नेपालीलाइ दुख दिन्छ भन्ने. अस्ट्रेलियाबाट जाने कोइपनि इंडिया हुदै जादैन. दुख दिन्छ भनेर.

    Reply
  2. मुकेश यादव says:
    June 11, 2019 at 4:30 am

    मदन सर ले भन्नु भएको कुरा एक दम साही हो / हो उहिले …याने के उ हीईईईईईले जब थाई को विमान कलकत्ता भै जाने अउने करेको थियो – सम्झना छ –

    उहीईईईइले नेपाली लाइ दिनु सास्ती दिन्थे इन्डियन ले /

    २० बर्स भयो कि थाई ले डाइरेक्ट फलाईट करने थालेको ? कोलकत्ता रुट करी बेन्काक न करेको दसकौ भै सकयो

    अर्को कुरा के भने त्यो बेला जब थाई ढाका वा कोलकत्ता भै बेन्काक अउने जाने करेको थियो त्यो बेल मुद्रा प्रणाली अर्कै थियो / नेपाल मा डालर को कालो बजारी मोल र बैक मोल भिन्नै थियो / खुला प्रणाली थिएन / आज ठमेल मा खुल्लम खुल्ला कानुनी रुपमा डालर खरिद विक्री करने पाइन्छ

    अनि त्यो बेला मलाई रामरै सित् याद छ / बेन्काक बाट म फर्कंदा कोलकत्ता मा रोके पछि ग्वार ग्वार हुल ला हुल नेपाली हरु कोलकत्ता बाट काठमाडौँ मात्र आउने टिकट लिई आउंथे / ती सबै जसो काठमाडौँ बाट बस अनि ट्रेन चढेर कोलकत्ता जाने अनि पिलेन मा फरकने करथे /
    पिलेन मा साहु जी ले इ आकासे भरिया हरेक लाइ लाइ ४ वटा सर्ट ,तीन वटा जकेट, सुन को बेरुवा औठी बाड्ने गर्थे अनि सबै को राहदानी भने साउजी ले राख्दथे /
    काठमाडौँ अवतरण करे पछि मानौं मेला लागेको जस्तो देखिन्थ्यो

    यो सबै कानुनी रुपले हरेक भरिया को कोटा याने झिटी गुन्टा नियम मा परने भएको ले भन्सार ले केहि बोल्ने कुरा भएन तर यो आकासे भरिया को विगविगी ले अरु यात्रु, करमचारी लाइ भने अद्भुत टाउको दुखाइ थियो /

    मलाई याद छ पिलेन मा भएका पर्यटक ले अचम्म मानेर यो सरसामान बाडचुड करेको हेरेर के करेको होला भनेर हेरथे / अझ एउटा पर्यटक ले त “is it someone’s birthday? why are they distributing presents?” याने कि “के यो कसको जन्मदिन को खुशियाली मा उपहार बाडेको हो?” भनेर समेत सोधेको याद छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme