Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

राष्ट्रपति भोटो हेर्न जाँदा पनि सर्वसाधारणलाई दुई तर्फी बाटो बन्द

Posted on June 9, 2019June 9, 2019 by Salokya


राजसी शैलीमा आफ्नो सवारी चलाउँदा सर्वसाधारणको बाटो नै बन्द गर्ने परम्परा हटाउनु पर्ने मागलाई न सुरक्षा निकायले सुनेको छ, न यस्ता आलोचनाहरुले विशिष्ट व्यक्तिहरुलाई नै छोएको छ। फलस्वरुप भोटो हेर्न जाने एउटा परम्परा धान्ने कार्यक्रममा सवारी चलाउँदा समेत कयौँ मिनेट मुख्य सडकहरु दुईतर्फी बन्द गराई खाली गराइयो।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले दिउँसो ४:२० बजे शीतल निवास, पानीपोखरी, सांग्रिला होटेल, लैनचौर, केशरमहल, संग्रहालय गेट, महेन्द्रशालिक, घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, सिहंदरबार, माईतीघर, थापाथली, कुपण्डोल र पुल्चोक हुँदै चल्ने सवारी साधनहरु दुईतर्फी रुपमा प्रभावित हुने सूचना दिएको थियो।

साँझ ५ बजेर ७ मिनेटमा बल्ल बाटो खोलिएको सूचना दिइयो।

यो शितल निवासबाट पुल्चोक जाँदाको बाटो बन्द भयो। अब फर्कन पनि पर्‍यो। बाटो खोलेको १८ मिनेटमै फेरि बाटो बन्द गरियो दुई तर्फी।

यसरी बन्द भएको बाटो साँझ ६ बजे बल्ल खुल्यो।

भोटो हेर्न जानु भनेको राजतन्त्रको पालादेखि चलिरहेको एउटा चलन हो। भोटोजात्रा भनेर सार्वजनिक विदा पनि दिइन्छ। त्यसैले अरु दिनमा जस्तो सवारी चाप पनि हुने हैन। त्यसैले धेरै सुरक्षाको तामझाम नगरी नबोकी नहुने केही सुरक्षाकर्मी साथमा लिएर सामान्य रुपमा शितल निवासबाट जाउलाखेलसम्म गएको भए धेरै लफडा नै हुने चिज हैन।

तर त्यसो हुनका लागि मेरो कारण सर्वसाधारणले दुःख पाउनु नहुने भन्ने सामान्य चेत हुनुपर्‍यो विशिष्टहरुमा। त्यसपछि त्यही अनुसार आफ्नो सुरक्षाको जिम्मा लिनेलाई भन्न सक्नुपर्‍यो। अनि पो हुन्छ त।

म त विशिष्ट, अरु त सर्वसाधारण। जति दुःख पाए पनि के भन्ने मानसिकता रहेसम्म यस्तै अरुलाई सास्ती हुने चलन चलिरहन्छ।

2 thoughts on “राष्ट्रपति भोटो हेर्न जाँदा पनि सर्वसाधारणलाई दुई तर्फी बाटो बन्द”

  1. madan bajracharya says:
    June 13, 2019 at 12:46 pm

    अब यसो गरौँ आफ्नो सवारी हुँदा नागरिकलाई …गर्ने को अर्को सवारी जहा बात जहा सम्म हुन्छ त्याहा नागरिकहरु देखानै नपरु/ तनतन र गनथननै साफ/आफ्नो सवारी हुँदा सडकमा कोहि भयको हेर्न चाहे छँदै छनि हजारौं लाखौ जहा वाट पनि वसारेर ल्याउन सकिने कार्यकर्ताहरु/ हामि त्यो बेला घरमा नारायण गोपालको आँखा छोपी नरोउ भन्नु पर्याछ भन्ने गित सुन्दै गरौँ बेलामै हामीले व्यक्ति ब्यबस्था र पदको नाम बदल्दैमा …….नबदलिन सक्छ भनेर बुझ्न नसकेकोमा पछुतो मान्दै/

    यस्तै यस्तै कुराहरु सुनेर आफु श्री ३ भयर पनि “शासकहरु जनताको नोकर हुने” भनेर संबिधान लेख्ने पदम शमशेरलाई गद्दी बाटै लखेटेको इतिहासको पन्ना याद आयो/ उहिले कागजको संबिधानमा शासक जनताको नोकर हुने लेख्नेलाई गद्दी बाट लखेटियो अहिले लोकतन्त्रमा शासक उस्तै होलान ठान्ने जनतालाई सडक बात लखेटियो/ यसैले हो मैले माथि व्यक्ति ब्यबस्था र पदको नाम बदल्दैमा …नबदलिन सक्छ भन्ने कुरा बेलैमा बुझ्न नसकेकोमा सवारी हुने दिन घर भित्रै रहेर नारायण गोपालको गित गाउँ पछुतो मान्दै” भनेर लेखेको/

    Reply
  2. Sandesh says:
    June 10, 2019 at 10:17 pm

    मेरो लागि जनताले चुनेको निर्वाचित रास्ट्रपति नै पहिलो रास्ट्रपति हुनेछ .

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme