Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : दुई वर्षे बालिका बलात्कार घटनामा महिला पक्राउ, प्रहरीले बौद्धमा गोली हानेर लुटेरा समात्यो

Posted on June 7, 2019June 8, 2019 by राजेन्द्र मगर

आज जेठ २३ गते बिहिबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया, स्पेन, कतार र बंगलादेशका राजदूत सिफारिस गरेको छ ।

अष्ट्रेलियाका लागि राजदूतमा महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, कतारका लागि राजदूतमा नारद भारद्वाज र बंगलादेशका लागि वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको हो।

चार देशमा राजदूत सिफारिस : अष्ट्रेलियामा दाहाल, स्पेनमा शेर्पा भन्दै अनलाइनखबरले लेखेको छ।

हावाहुरीको कारण दुईजनाको मृत्यु भएको र ७६ जना घाइते भएको धनगढीको कैलालीमा ठुलो धनजनको क्षती भएको छ।

हालसम्म प्राप्त भएको क्षतिको प्रारम्भिक विवरण अनुसार कैलालीमा मात्रै १ हजार १ सय ७४ घरमा क्षति पुगेको छ।

हावाहुरीबाट कैलालीमा एक हजार एक सय ७४ घरमा क्षति भन्दै देशसञ्चारले लेखेको छ।

दुई वर्षीया बालिकाको योनीमा कपडा छिराएर मार्ने प्रयास गरेको अभियोगमा एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

बारा महागढीमाई नगरपालिका १ की ४० वर्षीया कलावतीदेवी गिरीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

बालिकाको कलैया अस्पतालमा सामान्य अवस्थामा उपचार भइरहेको छ।

पीडक महिला बालिकाकी नातामा पर्छिन्। पारिवारिक ‘रिसिइबी’ साँध्न उनले बालिकालाई मार्न खोजेको अनुसन्धानमा खुलेको छ।

आइतबार बिहान पक्राउ गरी गिरीलाई जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई हिरासत राखिएको प्रहरीले जनाएको छ।

बारामा दुई वर्षे बालिका बलात्कार घटनामा महिला पक्राउ भन्दै सेतोपाटीले लेखेको छ।

झण्डै ४५ वर्षदेखि महामन्त्रीको रुपमा पार्टीको नेतृत्व गर्दै आएका मोहनबिक्रम सिँहले आगामी पाँच बर्षका पुन पार्टी महामन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रत्येक पाँच वर्षमा महाधिवेशन हुने पार्टी विधानमा उल्लेख भएपनि राजनीतिक संक्रमणका कारण २०६३ यता सो पार्टीको महाधिवेशन हुन सकेको थिएन।

पचासी वर्षीय मोहनबिक्रमलाई फेरि मसाल महामन्त्रीको जिम्मेवारी भन्दै नेपालखबरले लेखेको छ।

बौद्धको अत्तरखेलबाट गोली प्रहार गरी महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छिरिङ तामाङलाई नियन्त्रणमा लिएको छ।

छिरिङको दाहिने खुट्टामा दुई राउण्ड गोली लागेको छ । महाशाखाका अनुसार तामाङ आधा दर्जनभन्दा बढी लुटपाटको घटनामा स‌लंग्न अभियुक्त हुन्।

प्रहरीले गोली हानेर पक्राउ गरेसँगै कोटेश्वरमा प्रहरी चौकी अगाडि हुन लागेको डकैतीको योजना टरेको प्रहरीले दाबी गरिएको छ।

प्रहरीले बौद्धमा गोली हानेर लुटेर समात्यो भन्दै काठमाण्डुप्रेसले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme