Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिन गगन थापाको प्रस्ताव, पशुपतिनाथ मन्दिरको ५७ वर्षको आम्दानी जम्मा ९ किलो सुन !

Posted on June 6, 2019 by राजेन्द्र मगर

आज  जेठ  २२ गते बुधबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

नेपाल कम्युनिष्ट पार्टी(ने क पा) को जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न बोलाइएको बैठक बिना निष्कर्ष टुगिंएको छ।

मंगलबार पनि यही विषयमा टुंगो लगाउन बैठक बसेको थियो।

शीर्ष नेताहरुबीच मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकाहरुलाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने कि नबनाउने भन्नेमा विवाद देखिएको छ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यसअघि सांसद रहेकाहरुलाई अध्यक्ष र सचिवको जिम्मेवारी दिइएको बताउँदै त्यही मापदण्डका आधारमा ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी दिन सकिने तर्क गरेका थिए।

ओलीको भनाईको प्रतिवाद गर्दै नेपालले पहिले (एमाले र माओवादी केन्द्रमा) अध्यक्षको जिम्मेवारी पाएकालाई नेकपामा पनि सोही जिम्मेवारी दिइएको बताएका थिए।

ने क पाले आज पनि तोक्न सकेन जिल्ला इन्चार्ज र सहइन्चार्ज भन्दै पहिलोपोस्टले लेखेको छ।

निजामती कर्मचारीहरूलाई हप्तामा दुई दिन बिदा दिन नेपाली कांग्रेसका सांसद गगन थापाले प्रस्ताव गरेका छन्।

थापाले निजामती सेवाका कर्मचारीलाई सेवा अवधिमा आवश्यक अनुमति लिई बढीमा १० वर्षसम्म संयुक्त राष्ट्र संघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष तथा सोही प्रकृतिका अन्तर्राष्ट्रिय संस्थामा काम गर्न सक्नेगरी बिदा दिन समेत प्रस्ताव राखेका छन्।

संघीय निजामती सेवासम्बन्धी ऐनमाथि संशोधन प्रस्ताव राख्दै थापाले कर्मचारीलाई हप्तामा ४० घण्टा नघट्ने गरी काम लगाउनु उचित हुने उल्लेख गरेका छन्।

हाल निजामती सेवासम्बन्धी विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा छलफलमा छ।

कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिन प्रस्ताव भन्दै सेतोपाटीले लेखेको छ।

इजरायलबाट कृषि प्रविधि ल्याउन चाहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

नेपालमा जनसंख्याको झण्डै दुई तिहाई कृषिमा अल्झिएको तर, उत्पादन कम रहेकाले कृषिमा आधुनिकिकरण र प्रविधि चाहिएको प्रधानमन्त्री ओलीले बताए ।

इजरायलले छोटो समयमा कृषिमा प्रगती गरेको भन्दै ओलीले त्यहाँको प्रविधी भित्राउन चाहेको बताएका हुन्।

इजरायलबाट कृषि प्रविधि ल्याउन चाहन्छु : प्रधानमन्त्री ओली भन्दै अनलाइनखबरले लेखेको छ।

संविधानसभा सदस्यलाई राष्ट्रपतिले दिएको तक्काप्रति कांग्रेसका नेताहरुले असन्तुष्टि जनाइरहेका बेला सत्तारुढ नेकपाकै सांसद रामकुमारी झाँक्रीले तक्माप्रति आक्रोश पोखेकी छिन्।

तक्कामो बीच भागमा सूर्यको चिन्ह राखिएको र त्यसले सत्तारुढ नेकपाको चुनाव चिन्हलाई प्रतिनिधित्व गरेको भन्दै कांग्रेसका केही सांसदले विरोध जनाएका थिए।

झाक्रीले ट्विटरमा लेखेकी छिन्, ‘फोटो हेरेर विरोध गर्नुभन्दा यसको सैद्धान्तिक विषयमा नै विवाद गरौ भन्ने लाग्छ मलाई । संविधान बनायौ स्याबास भने पनि जनताले भन्ने हो । रानीतिकर्मीलाई जनता बाहेक कसैले दिएको पदक र तक्माको मूल्य हुन्न’, झाँक्रीले अगाडि लेख्छिन्, ‘यो के तक्मा सितलनिबास भोज खान जादा लगाउने? कि जन्त, मलामी, बिहेपार्टी, पास्नीमा जादा?’

पशुपतिनाथ मन्दिरले ५७ वर्षको अवधिमा जम्मा ९ किलो सुन आम्दानी गरेको छ । २०१९ सालयता पशुपतिनाथ मन्दिरमा ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन जम्मा भएको छ ।

पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले मन्दिरमा हालसम्म १ अर्ब २९ करोड ३८ लाख ३१ हजार नगद जम्मा भएको जनाएको छ।

त्यस्तै मन्दिरको नाममा ३ हजार ६ सय ६७ रोपनी ४ आना ३ पैसा रहेको छ। दर्ता प्रमाणित हुन बाँकी रहेकाे जग्गा २ सय ३१ रोपनी १० आना १ दाम रहेको छ।

पशुपतिनाथ मन्दिरको ५७ वर्षको आम्दानी जम्मा ९ किलो सुन ! भन्दै शिलापत्रले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

3 thoughts on “आजको खबर : कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिन गगन थापाको प्रस्ताव, पशुपतिनाथ मन्दिरको ५७ वर्षको आम्दानी जम्मा ९ किलो सुन !”

  1. Shankar says:
    June 6, 2019 at 12:34 pm

    २ दिन कम भएँ न र भन्या | येसो तास सास खेल्न पर्यो , दारु पिउन पर्यो , रिसोर्ट मा केटि लिएर जान पर्यो | ४ दिन नै बिदा गरे भैहाल्यो नि

    Reply
  2. madan bajracharya says:
    June 6, 2019 at 10:56 am

    चानचुन त् नछोड्ने ले मूल ढुकुटीमा के गरे होला?
    म उहिले पन्व्चात कालमा पत्रिकामै आयको लेख्छु/ आफ्नो अवधि सकिय पछि पसुपतिको मूल भट्ट भारत फर्कन त्रिभुवन बिनाम स्थल पुगेको सिट ५० भन्दा बढी ठुला ठुला बक्साहरु रहेछ/ भन्सारले ती बक्साहरु खोल्न खोजे/ तत्कालै त्यहा भारतीय राजदुत पुगेर ती बक्साहरु बिना खोलि लग्न दियो/ पसुपतिको मूल भट्ट नेपाल बात जाँदा बिदेशी दुतावासलाई जस्तै उसको बक्स्शारू खोलि जाँच्न नपाउने सुबिधा दियको रहेछ/

    नेपालि भट्ट केहि दिनको निमित मुलभट्ट नियुक्त हुँदा मात्रै भारतीय भत्ताले के गर्दो रहेछ भनेर औपचारिक रुपमै पोल खुलेको हो/ तेसैले चानचुन त् नछोड्नेले उहिले राजाले समेत सापटी लिने मूल ढुकुटीमा के गरे होलान; तर के गर्ने भारतीय भट्ट चाहि पस्न हुने आम नेपालीले मात्रै होईन सरकारले समेत त्यहा के छ भनेर जान्न पनि नपाउने…!!??/

    Reply
  3. Sujan pandit says:
    June 6, 2019 at 1:39 am

    किन नि २ दिन विदा ? तलब चै बढाईरहने काम गर्ने दिन चाहि घटाउने ? दिनु पर्यो नि जनतालाई सेवा ! २ दिन बिदामा असहमत

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme