Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कति गरिब पशुपतिनाथ ! तस्करले एक खेपमा ल्याउनेभन्दा कम सुन, बैँकको एक वर्षको नाफाभन्दा कम नगद

Posted on June 6, 2019June 6, 2019 by Salokya


हिन्दु अधिराज्य हुँदा हामी सबैको कल्याण गरुन् भनी राजाले हरेक सम्बोधनमा उच्चारण गर्ने श्री पशुपतिनाथको सम्पति गणतन्त्र आएपछि आज सार्वजनिक गरियो। त्यसो त परम्परा अनुसार बालाचतुर्दशीको भोलिपल्ट पशुपतिनाथको सम्पति सार्वजनिक गरिन्छ। तर त्यसमा वर्षभरीको आम्दानीको हिसाब मात्र दिइन्छ। यस पटक पशुपतिनाथको सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानविन समितिले १० महिना लगाएर अध्ययन गरेपछि प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन हेर्दा अनौठो लाग्यो- पशुपतिनाथलाई त कति गरिब बनाएका रहेछन्। बिचरा पशुपतिनाथलाई नै कल्याण गर्नुपर्ने स्थिति बनाइसकेका रहेछन्।

सर्वोच्च अदालतले मूल ढुकुटी खोल्न रोक लगाएका कारण समितिले २०१९ सालदेखि ७५ सालसम्म अभिलेख गरिएका विवरणबाट सम्पतिको हिसाब किताब निकालिएको हो।

प्रतिवेदनमा देखाइए अनुसार पशुपतिनाथसित जम्मा नौ किलो चानचुन सुन रहेछ।

अहो, तस्करहरुले एकै खेपमा ३३ किलो सुन ल्याउँछन्, पशुपतिसित भने जम्मा नौ किलो मात्र सुन? एउटा ग्याङले मात्रै ३३ क्विन्टल सुन तस्कर गरेको भेटियो भनेर सरकारी अधिकारीहरुले नै बताएका थिए, पशुपतिसित कति कम त सुन!

चाँदी पनि जम्मा ३१६ किलो मात्रै रहेछ।

नगद त झन् के भन्नु र। त्यत्रो नेपाली र भारतीयहरु आउँछन्, चढाउँछन्। कसको गोजीमा जाने हो, झम्मा नगद त एक अर्ब ३० करोडमात्रै रे।

एउटा कमर्सियल बैँकको एक वर्षको नाफाभन्दा पनि कम सम्पति रहेछ पशुपतिनाथको। गत वर्ष २५ वटा बैँकको नाफा अर्बभन्दा माथि थियो।

बैँक र मन्दिरको तुलना गरेर हुन्छ भनेर निहुँ नखोज्नुहोला फेरि। लर्तरो, टोले मन्दिरको कुरा गरेको हुँ र मैले, नेपाल मात्र हैन विश्वकै हिन्दुहरुको आस्थाको एउटा प्रमुख मन्दिर पो हो त पशुपतिनाथ।

भारतमै हेर्नुस्- केरलाको पदमनाभस्वामी मन्दिरको सम्पति 13,60,99,90,00,000 भारु छ।

आन्ध्र प्रदेशको तिरुमाला तिरुपति वैँकटेश्वर मन्दिरले वर्षेनी ६५० करोड रुपैयाँ डोनेसन पाउँछ। लड्डु बेचेर मात्रै ७५ करोड रुपैयाँ कमाउँछ।

मुम्बईको शिरडी साइबाबा मन्दिरसित सुन र चाँदी ३२ करोडको छ, सिक्का ६ लाखको छ। वार्षिक डोनेसन ३६० करोडको पाउँछ।

जम्मुमा भएको वैष्णोदेवी मन्दिरले वर्षमा ५ सय करोड पाउँछ।

मुम्बईको सिद्धिविनायक मन्दिरको वार्षिक आय ४८ करोडदेखि १२५ करोडसम्म हुन्छ।

मादुराईको मीनाक्षी मन्दिरले वर्षमा ६ करोड कमाउँछ।

जगन्नाथ मन्दिरमा १३० किलो सुन र २२० किलो चाँदी रहेको भनिन्छ। एक पटक एक युरोपेली भक्तले १.७२ करोड रुपैयाँ दान दिएका थिए।

बनारसको काशी विश्वनाथ मन्दिरको वार्षिक चन्दा संकलन ४/५ करोड हुन्छ।

गुजरातको सोमनाथ मन्दिरको वार्षिक आय ३३ करोड हुन्छ।

तैँले कसरी थाहा पाइस भारतीय मन्दिरको कुरा भन्नुहोला। यो सब तथ्याङ्क इन्डिया टुडेमा भेटिएको हो।

पशुपतिसित जग्गा करिब १८ हजार रोपनी भएको समितिको तथ्याङ्क छ। तर जग्गा भएर मात्र के गर्नु, उपयोग र त्यसबाट हुने कमाई हेर्नुस् त- (यो महालेखापरीक्षकको प्रतिवेदनको अंश हो)

सम्बन्धित पुरानो ब्लग
विगतमा पशुपतिको विवाद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme