Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : ओली र नेपालको रस्साकस्सी,पूर्वराजादेखि विप्लवसम्मलाई सहभागी गराएर गोलमेच सम्मेलन गर्न कमल थापाको प्रस्ताव

Posted on June 4, 2019June 4, 2019 by राजेन्द्र मगर

आज  जेठ  १९ गते सोमबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी छाया श्रम मन्त्री डिला संग्रौलाे मलेसिया रोजगारी नखुल्नुको जवाफ माग गरेकी छिन्।

संग्रौलाले वैदेशिक रोजगारीमा जाने मजदूरहरूलाई ठगी गर्नेविरूद्ध मन्त्रालयले कुनै कारबाही नगरेको आरोप पनि लगाएकी छिन्।

गत वर्ष कात्तिक १२ गते नेपाल मलेसियाबीच श्रम सम्झौता भए पनि नेपालको प्रमुख रोजगार गन्तव्यमध्ये रहेको मलेसिया अझै खुलेको छैन।

श्रम सम्झौतामा कामदारलाई नि:शुल्क रोजगारीका लागि लैजाने उल्लेख छ। लाग्ने खर्च समेत रोजगारदाताले बेहोर्ने उल्लेख छ।

संग्रौलाले ‘कामदारको हकहित सुरक्षित हुने गरी जति सक्दो चाँडो रोजगार खुला गर्न’ माग गरेकी छिन्।

मलेसिया नखुलेको भन्दै संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भन्दै सेतोपाटीले लेखेको छ।

अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच विवाद देखिएपछि नेकपा केन्द्रीय सचिवालयको बैठक विना निष्कर्ष टुङ्गिएको छ।

केन्द्रीय सदस्यहरुको कार्यविभाजनका सम्बन्धमा उनीहरुबीच बिवाद देखिएको हो।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यसअघि सांसद रहेकाहरुलाई अध्यक्ष र सचिवको जिम्मेवारी दिइएको बताउँदै त्यही मापदण्डका आधारमा ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी दिन सकिने तर्क गरेका थिए।

ओलीको भनाईको प्रतिवाद गर्दै नेपालले पहिले (एमाले र माओवादी केन्द्रमा) अध्यक्षको जिम्मेवारी पाएकालाई नेकपामा पनि सोही जिम्मेवारी दिइएको बताएका थिए।

ईञ्चार्ज र सहईञ्चार्जको रुपमा केन्द्रीय सदस्यहरुलाई जिल्लाको जिम्मेवारी दिने सम्बन्धमा निष्कर्षहीन रुपमा टुङ्गिएको सचिवालयको बैठक भोलि १२ बजेका लागि डाकिएको छ।

ओली–नेपालबीच नेकपा सचिवालय बैठकमा रस्साकस्सी भन्दै नेपाल खबरले लेखेको छ।

नेकपा सचिवालयको बैठककै विषयमा पहिलोपोस्टले पुन: दोहोरो पदमै अड्कियो ने क पाको एकता : सचिवालय बैठक अनिर्णित भन्दै  पहिलोपोस्टले छ।

सुरुमा एकता गर्दा प्रधानमन्त्री ओली बाहेकलाई दोहोरो पद नदिने मापदण्ड बनाइए पनि यो मापदण्डलाई मिच्दै प्रदेशको नेतृत्व चयन भएपछि नेता नेपाल पक्षले यसमा विरोध गर्दै आएको छ।

ने क पा भित्र दोहोरो पदको विषयमा विवाद हुँदा एकता प्रक्रियाले पनि पूर्णता पाउन सकेको छैन।

बादललाई संगठन विभागको जिम्मेवारी दिँदा पार्टीको संगठनमा असर पर्ने भन्दै सचिवालय बैठक भित्र ओली पक्षबाहेकले सहमति जनाएका छैनन्। गौतम अहिले कुनै पनि निर्वाचित निकायमा छैनन्। उनी पूर्ण रुपमा पार्टीकै गतिविधिमा रहेको भन्दै उनको नाम प्रस्ताव भएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक शक्तिहरु, पूर्व राजादेखि विप्लव समूह समेतको सहभागिता गराएर गोलमेच सम्मेलन गराउनुपर्ने माग राखेका छन्।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको सफल कार्यान्वयन हुन नसकेर  थप जटिलता उत्पन्न भएको भन्दै उनले यस्तो माग राखेका हुन्।  राजसंस्थादेखि विप्लवसम्म अटाउने मौलिक प्रजातन्त्रको विकास गरी अगाडि बढ्नुपर्ने थापाको तर्क छ।

‘पूर्वराजादेखि विप्लवसम्मलाई सहभागी गराएर गोलमेच सम्मेलन गरौँ’ भन्दै देशसञ्चारले लेखेको छ।

इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले ईन्टरनेटको मुल्य २० प्रतिशत बढाउने घोषणा गरेका छन्।

गत वर्ष बढेको मूल्य घटाउने क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको उनीहरुको गुनासो छ।

सरकारले गत वर्ष थप १३ प्रतिशत दूसञ्चार सेवा शुल्क लगाएको थियो । त्यसआधारमा व्यवसायीहरुले मूल्य बढाएका थिए तर, सरकारले विभिन्न सहुलियत दिने आवश्वासन दिएपछि मूल्य बृद्धिको निर्णय फिर्ता लिए।

संघले बढाएको १३ प्रतिशत शुल्क र मूल्य समायोजन नगर्दा भएको घाटा ७ प्रतिशत जोडेर २० प्रतिशत बढाउने उनीहरुको दाबी छ।

२० प्रतिशत बढ्ने भयो इन्टरनेटको मूल्य भन्दै अनलाइनखबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme