Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फ्याक्ट चेक : के आर्मीले फास्ट ट्रयाक ‘वाह’ भन्ने गरी यस्तो बनाइसक्यो?

Posted on June 3, 2019June 4, 2019 by Salokya

फेसबुकमा अहिले केहीले नेपाल आर्मीले फास्ट ट्रयाक बनाउँदै गरेको वाउ लेख्दै नेपालको जस्तो डाँडाकाँडा देखिने फोटो हालेका छन्। ओहो, यति बनिसक्यो र भन्दै हेर्नेहरु दङ्ग परिरहेका छन्। के साँच्चै फास्ट ट्रयाक यस्तो बनिसकेको हो र? अहँ, होइन।

नेपालमा फेक पोस्ट फैलाउन खोज्नेले पनि अरु कतैबाट केही चोर्न नपाएर भारतको सहारा लिने रहेछन्। भारतमा गएको जनवरीमा मात्रै यो भारतको फोटो भन्दै मोदीभक्तहरुले फैलाउन खोजेका थिए यही फोटो। त्यसमा यो बाटो मुम्बई गोवा राष्ट्रिय महामार्ग भएको दावी गरिएको थियो।

भारतमा फैलाइएको हल्ला भएर हामीले धेरै दुःखै गर्नुपर्दैन, भारतमै यसको फ्याक्टचेक भइसकेको रहेछ। यो बाटो भारतको पनि हैन। भारतको अल्टन्युजले गरेको फ्याक्टचेक

त्यसैगरी समाचार एजेन्सी एएफपीले पनि यसको फ्याक्टचेक गरेको छ। 

खासमा यो बाटो टर्कीको रहेछ। टर्कीको D400 Mersin-Antalya highway रहेछ यो।

त्यो ठाउँको भिडियो यस्तो छ-

अनि हाम्रो फास्ट ट्रयाकको अवस्था चाहिँ कस्तो छ त?

राष्ट्रिय योजना आयोगले गत मंसिरमा तयार पारेको राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति विवरणमा यस्तो छ-

बारा जिल्लाको निजगढदेखि तराईका जिल्ला हुँदै राजधानी काठमाडौँसम्म चार लेनमा निर्माण हुने छोटो दुरीको यो द्रुतमार्ग आयोजनाको कुल लम्वाई ७६.४ कि.मि. रहेको छ । हाल नेपाल सरकारको निर्णयबाट आयोजना सञ्चालन कार्यविधि २०७४ स्वीकृत भई नेपाली सेनाको व्यवस्थापनमा कार्यान्वयन भइरहेको छ । नेपाली सेनाबाट उक्त आयोजना आ.व. २०७४/७५ देखि शुरु भई २०७८/७९ मा सम्पन्न हुने अनुमान रहेको छ।

आयोजनाको समष्टिगत भौतिक तथा वित्तीय प्रगतिः हाल निजगढ, बुदुने, लेनडांडा, सिस्नेरी र मख्खुवेशी क्याम्प क्षेत्रमा कटिङ्ग तथा फिलिङ्गको कार्य भइरहेको र क्याम्पहरुको निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको छ । निजगढ ईलाकामा रुख कटानको कार्य सम्पन्न भएको, बुदुने, लेनडाँडा सिस्नेरी र मख्खुवेशी ईलाकामा रुख कटानको कार्य भइरहेको छ । ३७ कि.मी.को कटिङ्ग कार्य नेपाली सेवा प्रदायक मार्फत गर्ने गरी ठेक्का सुचना प्रकाशित भएको छ । आयोजनाको डी.पि.आर.निर्माणको लागि सुचना प्रकाशित भएको छ । आयोजनाको डिपिआर नभएकोले भौतिक प्रगति उल्लेख हुन नसकेको र समष्टिगत वित्तीय प्रगति ५.८ प्रतिशत रहेको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme