Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : विप्लवले आक्रमण गर्न लागेको भन्दै प्रहरी भागेको प्रकरण : बास्तविकता के ?

Posted on June 3, 2019June 3, 2019 by राजेन्द्र मगर

आज  जेठ  १९ गते सोमबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

आज अधिकाशं अनलाइनहरु सोलुखुम्बुको छेस्काम घटनामा केन्द्रित छन्।

आइतबार राति  सोलुखुम्बुमा विप्लप समुहबाट चौकी आक्रमणको प्रयास भएको सुचना स्थानीय प्रहरी समक्ष आएको भन्दै प्रहरीहरु चौकी छोडेर भागेका थिए। करिब २० देखि २५ जनाको हतियारधारी समहु गाँउमा प्रवेश गरेको भन्दै प्रहरीहरु भागेको समाचार सार्वजानिक भएको थियो।

सोमबार बिहान मात्र उनीहरु फर्किएको खुलेको छ। सदरमुकामबाट हिडेर दुई दिन लाग्ने प्रहरी चौकीमा असईको कमान्ड छ। त्यहाँ सात जनाको दरबन्दी थियो।

सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा आफ्नो पार्टीले आक्रमणको प्रयास समेत नगरेको  विप्लव नेतृत्वको नेकपाले बताएको छ। तर,अहिले त्यहाँ सुरक्षा निकायले हवाई तथा स्थलगत गस्ती सुरु गरेको छ ।

विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विक (प्रकाण्ड)ले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको कुनै पनि संलग्नता नरहेको प्रस्ट पारेको छ ।

विप्लव समूहले भन्याेः हामीले चौकी आक्रमण गरेका होइनौं (विज्ञप्तिसहित) भन्दै  शिलापत्रले लेखेको छ।

महाकुलुङ गाउँपालिकाले पनि छेस्काममा रहेको प्रहरी चौकी नियन्त्रणमा लिने प्रयासको समाचार वास्ताविकता नभएको बताएको छ।

प्रहरीहरु चौकी छोडेर भागेको बताइएपनि वास्तविकता त्यस्तो नभएको गाउपालिकाले जनाएको हो।

विप्लवको गतिविधि वडा ५ को नुर्कुममा बढेको भन्दै सुरक्षाकर्मीले गस्ती बढाएको गाउँपालिकाले जनाएको हो।

‘छेस्कामको चौकी कब्जाको प्रयास भएको हैन, सुरक्षा गस्ती चाँहि वडा ५ को नुर्कुममा हो’ भन्दै पहिलोपोस्टले लेखेको छ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तीन सुरक्षा निकायका प्रमुखबाट ब्रिफिङ लिएका छन् ।

नेपाल प्रहरी प्रमुख महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीले घटनाबारे सोमबार दिउँसो गृहमन्त्री थापालाई ब्रिफिङ गरेका हुन् ।

छेस्कामको घटनाको बारेमा वास्तविकता बुझ्न थापाले ब्रिफिङ लिएको बताइएको छ।

सोलुखुम्बु घटनाबारे गृहमन्त्रीलाई तीन सुरक्षा प्रमुखको ब्रिफिङ भन्दै अनलाइनखबरले लेखेको छ।

कुटेर पाँच जना छात्राको हात भाँचिदिएकी रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले पक्राउ गरेको छ।

पुनले विद्यालयमा ढिला आएको भन्दै अनुशासन कायम राख्न  विद्यार्थीलाई कारबाही गरेको बताएकी छिन्।

उनको कुटाइले विमला रोका,भिमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती र १शान्ता नेपालीको हात भाँचिएको छ। शिक्षिकाको कुटाइले हात भाँचिएपछि उनीहरू उपचारका लागि दाङ आएका थिए।

पुन निमित्त प्रधानाध्यापक भएकी थिइन्। स्कुलका प्रधानाध्यापक तालिमका लागि स्कुल बाहिर भएको बेला यस्तो घटना भएको हो।

कुटेर पाँच विद्यार्थीको हात भाँच्ने शिक्षिका प्रहरी नियन्त्रणमा भन्दै सेतोपाटीले लेखेको छ।

खुलामञ्च गैरकानूनीरुपमा भाडामा लगाइएको आलोचना भएपछि काठमाडौं महानगरपालिकाको अग्रसरतमा २० वटाभन्दा बढी सटरहरु १ महिनाअघि भत्काइएको थियो। तर, अझै खुल्लामञ्च खुल्ला छैन्।

स्टलहरु भत्काइएका ठाउँमा अहिले पनि साना व्यापारीहरुले व्यापार गरिरहेका छन्। सर्वसाधारणका लागि बनाइएको सार्वजनिक शौचालय छेउछाउमा केही पसल र होटल अझै सञ्चालनमा छन्।

खुल्लामञ्चभरि जताततै टहरा, निर्माण सामग्रीका थुप्रा र पार्किङ लटहरू छन्। महानगरपालिकाले खुल्लामञ्च खुल्ला गर्ने कि कि नगर्ने भन्ने विषयमा छलफल भएको छ।

अझै खुला भएन खुलामञ्च भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme