Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि चिप्लियो को बन्छ करोडपति

Posted on June 3, 2019June 3, 2019 by Salokya

हु वान्टस टु बी अ मिलिनियरको नेपाली फ्रेन्चाइज शो को बन्छ करोडपतिको आइतबार शनिबारको शोमा पाहुनाहरुलाई बोलाइएको थियो। सन्दीप क्षेत्री र कार्यक्रमका प्रायोजक सिभिल बैँकका सिइओ गोविन्द गुरुङ। शोमा पाहुना बोलाउनु नयाँ कुरा हैन। बाहिरतिर पनि बोलाइन्छ। तर बाहिरका शोहरुमा सेलिब्रिटीहरु बोलाइन्छ। हाम्रोमा भने प्रायोजक एउटा बैँकका सिइओलाई बोलाएछन्।

त्योसम्म त ठीकै भनेर मान्न सकिएला। तर यहाँ कुरा आयो प्रश्नको। प्रश्नमा फेरि एक पटक को बन्छ करोडपति चिप्लिएको छ।

तपाईँहरुलाई याद होला, गएको अप्रिल महिनामा पनि एउटा त्यस्तो प्रश्न दिइएको थियो, जसमा दिइएका चारै अप्सन गलत थिए। प्रश्न थियो- हवाइजहाज राख्ने ठाउँलाई के भनिन्छ? नेपालीमा प्रश्नका जवाफका विकल्पहरुमध्ये एक सही भए पनि खासमा त्यो अङ्ग्रेजी शब्द थियो र अङ्ग्रेजीमा लेखिएका विकल्पहरु मध्ये कुनै पनि सही थिएनन्। खासमा हवाइजहाज राख्ने ठाउँलाई Hanger हैन Hangar भनिन्छ। तर विकल्पमा Hanger थियो।

आइतबारको शोमा भने नेपालीमा प्रश्न सही भए पनि अङ्ग्रेजी अनुवाद गलत थियो।

नेपालीमा प्रश्न थियो-

नेपालमा संकटकालीन अवस्थाको घोषणा गर्ने वा आदेश जारी गर्ने अधिकार कसमा निहित छ?

नेपालको संविधान अनुसार  नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक विश्रृंखलता, प्राकृतिक विपद वा महामारीको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा लागू हुने गरी संकटकालीन अवस्थाको घोषणा गर्न वा आदेश जारी गर्न सक्नेछ।

यो प्रश्नलाई अङ्ग्रेजीमा अनुवाद भने यसरी गरियो-

यसमा who has the right to declare insurgency period in Nepal भनिएछ। खासमा संकटकालको अङ्ग्रेजी अनुवाद emergency हो। शोका प्रोड्युसरको दिमाग भने insurgency मा पुगेछ। यसको अर्थ त an active revolt or uprising हुन आउँछ। जस्तै नेपालमा भएको माओवादी सशस्त्र युद्धलाई insurgency भनिन्छ। दाङमा २०५८ साल मंसिरमा माओवादीले सैनिक ब्यारेकमा आक्रमण गरेपछि तत्कालीन सरकारले लगाएकोलाई भने संकटकाल अर्थात् emergency भनिन्छ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज शोमा  प्रश्न नै गलत हुनु त अलि सुहाएन नि। अलि मेहनत गर्नुपर्‍यो प्रोड्युसरहरुले।

7 thoughts on “फेरि चिप्लियो को बन्छ करोडपति”

  1. Biki says:
    June 5, 2019 at 6:52 pm

    Dherai rakam jitla bhanne dar le question nai arabi bhasa ma student lai k bhanchha bhanera sodhya thiyo ek choti.kasto samanya gyan question ho yo.baru rajesh hamal biha garnu purba madhu sang kati patak dating gayeka thiye bhanera sodhe bhayo ni.option ma 1 choti 2 choti 5 choti 10 choti.

    Reply
  2. Manoj says:
    June 3, 2019 at 9:47 pm

    Spelling of Defense Minister is also wrong.

    Reply
  3. kundan says:
    June 3, 2019 at 2:13 pm

    i totally ignore this stupid Indian style game…lyang lyang nai badi….British style is so time saving and straight…Rajesh Hamal needs to go back to school too

    Reply
  4. Santosh says:
    June 3, 2019 at 12:05 pm

    “चिप्लियो को बन्छ करोडपति” मात्र होइन, त्यसको समाचार लेख्ने mysansar.com पनि चिप्लियो।
    गोविन्द गुरुङ र सन्दिप क्षेत्री लाई बोलाएको कार्यक्रम प्रसारण भएको आईतवार होइन, शनिबार ( June १ तारिखमा ) हो ।

    Reply
    1. Salokya says:
      June 3, 2019 at 12:39 pm

      आफूले युट्युबमा आइतबार हेरेपछि कार्यक्रम नै आइतबार प्रसारण भएको ठान्ने म साँच्चिकै चिप्लेकै हुँ। सच्याइदिनुभएकोमा धन्यवाद।

      Reply
  5. Babu D.Magar says:
    June 3, 2019 at 5:41 am

    प्रश्न हरुको मात्र कुरा नगरौ यहा ! अरुदेश्को kbc को शो म नर्मल जनतालाई पनि लगेको पाइन्छ तर हाम्रो देश्मा चाहिँ vip n celebraty हरुको लागि मात्र रहेछ । बिज्ञापन मा चाहिँ सर्वसाधारण ले पनि सहभागिहुन सक्छ भनेर चाहिँ कैयौ सर्वसधारन जनताले पनि kbc ko sms no मा sms गरे। आफू पनि परिहल्छु कि भनेर तर या चाइ ठिक उल्तो भ्क्ये ज्स्तो लाग्यो। जुन sms पथायेको sms छ त्यो sms le पनि kbc laai रहत मिलेको छ। तेसैले यो शो चै जुन व्यक्ति पहिल्यै करोदपती छन तिनिन्हरुको लागि मात्र चालू गरेको जस्तो chh…. यो देशमा चाइ कुनै पनिठाउमा सोझा अनि गरिब जन्ताको लागि ठाउँ छैन भन्ने कुर बुझिन्छ …!

    Reply
  6. बासु says:
    June 3, 2019 at 2:56 am

    त्यहि त। मैले त हिजो हेर्दाहेर्दै स्क्रिनसट लिएर फेसबुकमा राखेको थिएँ। Emergency र Insurgency छुट्याउन ध्यान नदिॅदा राष्ट्रियस्तरको टेलिभिजनमा यस्ता गल्ती लाजमर्दो हो।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme