Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : विप्लव नेकपाको प्रवक्तामा प्रकाण्डको ‘कमब्याक’ किन ?

Posted on June 2, 2019June 2, 2019 by राजेन्द्र मगर

आज  जेठ  १८ गते आइतबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

मेलम्ची खानेपानीको बारेमा समाचार आउन थालेको वर्षौ भएको छ तर पानी भने अहिलेसम्म काठमाडौं आइपुगेको छैन्।

मेलम्ची खानेपानीको विषयमा लिएर कयौँ राजनीति र भविष्यवाणी भइसकेका छन्।

मेलम्ची आयोजनाको भुक्तानी विवाद भएपछि गत डिसेम्बरमा ठेकेदार कम्पनीले एकतर्फी ठेक्का तोडेको थियो।  ठेकेदार कम्पनीलाई फकाउने नफर्काउने भन्ने विषयमा विवाद कायमै रहेपछि आयोजनाले अन्तिमा बाँकी काम स्थानीय ठेकेदारमार्फत गराउने गरी बोलपत्र आह्वान गरेको  थियो।

सिएमसीसँग स्थानीय ठेकेदार कम्पनी तथा सप्लायर्सहरुले लिनुपर्ने भुक्तानीबारेको विवाद भने यथावत नै छ। सिएमसी फर्केदेखि नै स्थानीय ठेकेदारहरुले आफ्नो भुक्तानी दिलाइदिन सरकारसँग माग गरिरहेका छन्। तर, सरकारले सिएमसीसँगको सम्झौतामा आफूले कुनै पनि काम गर्न नमिल्ने बताउँदै आएको छ। सप्लायर्सहरुले भने भुक्तानी नगरे काम नै गर्न नदिने चेतावनी दिएका छन्।

सिएमसीले नेपालमा रहँदा उधारो किनेको तरकारी र रिचार्ज कार्डको रकम समेत नतिरी जाँदा साना व्यापारीहरु समस्यामा परेका छन्। सिएमसीले रिचार्ज कार्डवापतको २ लाख र तरकारीको करिब २० हजार रुपैयाँ तिर्न बाँकी छ।

मेलम्चीका नाममा रिचार्ज कार्डदेखि तरकारीसम्म उधारो भन्दै काठमाडौं  काठमाडौं प्रेसले लेखेको छ।

लामो समयदेखि गुमनाम रहेका विप्लव नेकपाका नेता खड्क बहादुर विश्वकर्माले फेरि पार्टीको प्रवक्तामा ‘कमब्याक’ गरेका छन्।

पार्टीको गतिविधी बढदै गएपनि प्रकाण्डको गतिविधी शुन्य जस्तै थियो

पछिल्लो समय भएको पार्टी प्रतिबन्द,नेता तथा कार्यकर्ता पक्राउ र बम काण्डको विषयमा उनी बोलेका थिएनन्।

पार्टी पोलिटब्यूरो सदस्य पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेलगत्तै उनी पुन प्रवक्ताका रुपमा देखिएका हुन्।

उनी एकाएक प्रवक्ताको रुपमा देखिनुको कारण के होला त ?

विप्लव  नेकपा यतिबेला आर्थिक संकटमा परेको आकलन गरिएको छ।

चन्दा संकलन गर्नमा प्रकाण्ड माहिर मानिन्छन्। यस्तो बेलामा उनी पार्टीमा आवश्यक पर्छन्। यसको मतलब अब राजधानीमा चन्दा आतकं फैलन सक्छ।

चन्दा अभियानका लागि विप्लवद्वारा प्रकाण्डको प्रवक्तामा पुनर्वहाली! भन्दै नेपाल खबरले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय विदेश भ्रमणमा जाने  क्रम बाक्लिएको छ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन उनी यही साता  स्विट्जरल्याण्डको जेनेभा जाने कार्यक्रम रहेको छ।

उनी जेनेभा हुँदै बेलायत र फ्रान्सको पनि भ्रमण गरी असार १ गते नेपाल फर्किनेछन्।  जेनेभामा रहँदा प्रधानमन्त्री ओलीले जुन १० श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओली युरोपका तीन देशको भ्रमणमा निस्किँदै, १९ वर्षपछि फ्रान्समा नेपालबाट उच्चस्तरीय भ्रमण भन्दै पहिलोपोस्टले लेखेको छ।

प्रचण्ड भर्सेज ओली अभिव्यक्ती अब साम्य हुनेदेखिकोछ प्रचण्डले ओलीली साढे दुई वर्षपछि ओलीजीले सहमती भुल्नुहुन्न भन्दै अभिव्यक्ती दिएपछि राजनीतिक माहोल तातेको थियो।

त्यसपछि ओलीले सहमती भुलेको छैन् सहमती अनुसार नै हुन्छ भन्ने अभिव्यक्ती दिएका थिए।

त्यसको लगत्तै प्रचण्डले ओलीजी नै ५ वर्ष प्रधानमन्त्री हुनुहुन्छ भन्दै बोली फेरेका थिए।

आज यी दुइ नेताबीच भेटघाट भएको छ।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच आधाघण्टा छुट्टै भेटघाट भएको हो।

पार्टीको भागबण्डा, सचिवालय बैठक र संक्रमणकालिन न्यायसम्बन्धी आयोग गठन कसरी टुंगाउने भन्ने विषयमा उनीहरुबीच छलफल भएको बताइएको छ।

ओली र दाहालबीच आधा घण्टा ‘छुट्टै’ वार्ता भन्दै सेतोपाटीले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme