Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रचण्डको बोली फेरियो, भने ‘ ओलीजीले नै ५ वर्ष सरकार चलाउनुहुन्छ’

Posted on June 1, 2019June 2, 2019 by राजेन्द्र मगर

आज  जेठ  १७ गते शनिबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

आज शनिबार अधिकाशं मिडियाहरु साहित्य र फिचरमा केन्द्रित भएका छन्।

पहिलोपोस्टले एक खुट्टा गुमाएका युवकको साइकल जिन्दगीको कथा लेखेको छ।

धादिङको एउटा युवकको काठमाडौँ यात्रा अनि गाउँ फर्कदाको दुर्घटना र त्यसपछिको जिन्दगीको बारेमा लेखिएको छ।

धादिङका युवक लामा घरेलु कामदार बनेर काठमाडौँ आइपुग्छन्। दशै आउछ तर दशैमा बिदा पाउँदैेन।

त्यसपछि उनी धादिङबाट काठमाडौं सामान किन्न आएकी ठुली कान्छीलाई भेट्छन्। र, उनीसँग घर भाग्ने निर्णय गर्छन्। त्यो निर्णय उनको लागि दुर्भाग्य सावित हुन्छ। उनले एउटा खुट्टा गुमाउँछन्।

दशैंको समय, कलङ्की चोकमा रोकेको बस केहीबेरमै ‘प्याक’ भयो। छतमा पनि मान्छे भरिए। गाडी स्टार्ट भयो, युवक चङ्गा भए। थानकोटको ओरालो कटेपछि साहुको घरबाट भाग्नुको डर हरायो। धुम्ती घट्दै जाँदा घर पुग्ने हतारो बढ्दै गयो। पुराना साथीहरुसँग भेट्ने, खेल्ने, कुद्ने कल्पनाले दिएको खुशी असिम थियो।

धादिङको गल्छी टेकिसकेका थिए। घर पुग्न अब सात किलोमिटर मात्र बाँकी। उनी चडेको बस एक्कासी खोल्सोतिर झर्‍यो।

ब्युझदा आँखा अगाडि आमा थिइन्। अपरिचित ठाउँलाई एकछिन नियाले। कुनै अस्पतालको बेडमा आफैलाई पाउँदा झसङ्ग भए।

‘होसमा आउँदा हस्पिटलमा थिएँ। किन त्यहाँ थिएँ चाहिँ पत्तो भएन। पछि सिरक हटाएर हेर्दा त एउटा खुट्टा नै थिएन,’ उनले त्यतिखेरको अनुभव सुनाए, ‘मलाई त म जन्मेदेखि यस्तै हुँ जस्तो लाग्यो। किनकि न मैले एक्सिडेन्ट सम्झें न काटेर फालेको खुट्टा नै।’

भाग्यबस् दुर्घटनामा कसैले पनि ज्यान गुमाएनन्। युवकले एउटा खुट्टासँगै यादहरु पनि गुमाए।

 

युवक खुट्टा गुमाएपछि दोस्रो पटक फेरि काठमाडौं आउँछन्। यो पटक उनी कसैको घरेलु कामदार बन्दैनन्। खगेन्द्र नवजीवन केन्द्रमा भर्ना हुन्छन्।

त्यसपछि युवकको जीवनमा एकपछि अर्को टर्निङ र ट्विस्ट आउँछ। एक खुट्टा भएका उनी कसरी साइकलिस्ट बन्छन् त ?

एक खुट्टा गुमाएका युवकको साइकल जिन्दगी : चलायमानमात्र होइन, लिड गर्नेगरी रफ्तारमा यात्रा भन्दै पहिलोपोस्टले लेखेको छ।

प्रचण्ड ओलीको गोप्य सहमती पार्टीभित्र छलफल हुनुपर्छ भन्दै नेपालखबरमा नेकपाका नेता घनश्याम भुषालले लेख लेखेका छन्।

प्रधानमन्त्री ओली भारत जादै गर्दा प्रचण्डले अन्तर्वाता दिदैँ  ओलीले साढे २ वर्षपछि सहमती बिर्सनुहुन्न भन्ने विस्वास छ भन्ने अभिव्यक्ती थिए।

प्रचण्डको अभिव्यक्तीले राजनीतिक माहोल तातिएको थियो। प्रम ओलीले पनि प्रचण्डको अभिव्यक्तीलाई जवाफ दिदै आफुले सहमती नबिर्सिएको बताएका थिए।

यता माधव नेपालले भने ५ वर्ष ओली सरकार दाया बाया हुन्न भन्ने अभिव्यक्ती दिएका थिए।

त्यस्तै नेकपाका अर्का नेता वामदेव गौतमले सहमतीबाट पछि हटे पार्टी एकता भंग हुने अभिव्यक्ती दिएका थिए।

यसरी एकपछि अर्को नेताको प्रचण्ड ओली सहमतीको बारेमा अभिव्यक्ती आएपछि भुषालले मुख खोलेका हुन्।

उनले लेखेका छन्,

दुबै अध्यक्षको हस्ताक्षर रहेको जुन सहमति पत्र बाहिर आएको छ, त्यसलाई पार्टीले चिन्दैन। किनभने, दुई जनाबीच सहमति भएको थियो, सहमतिमा के के थियो भन्ने कुरा पार्टीलाई औपचारिक रुपमा जानकारी छैन। यो विषय पार्टीभित्र मुद्दाको रुपमा उठेको पनि छैन।

यदि सो सहमति पत्रलाई पार्टीको एजेण्डा बनाउने हो भने यसलाई पार्टीमा औपचारिक रुपमा प्रवेश गराउनु पर्छ। अहिलेसम्म पार्टीको कुनै कमिटीमा नआएको यति गम्भीर विषय केन्द्रीय सचिवालयले मात्रै टुङ्गो लगाउन सक्ने अवस्था छैन।

किनभने, विगतमा विभिन्न चरणमा केन्द्रीय सचिवालयले आफ्नो नालायकीपन पर्याप्त मात्रामा प्रदर्शन गरिसकेको छ। सार्वजनिक भइसकेको यो सहमति पत्र स्थायी कमिटी वा केन्द्रीय कमिटीमा औपचारिक रुपमा ल्याएर छलफल गरि आवस्यक निर्णय लिनुपर्छ।

यदि त्यस्तो सम्झौता भएको हो भने त्यसको प्रमाणिकता, बैधता र आवश्यकताको बारेमा पार्टीमा औपचारिक रुपले छलफल गर्नुपर्छ। अब यसलाई दुई चार जना नेताहरु बसेर खासखुस गरेर लुकाउने वा छिपाउने गर्न पाइँदैन।

पुष्पकमल दहाल प्रचण्डले आफ्नो बोली फेरि फेरेका छन्। दुई दिन अघि ओलीजीले गोप्य सहमती बिर्सनुहुन्न भन्दै अभिव्यक्ती दिएका उनी अहिले ५ वर्ष ओलीले नै सरकार चलाउनुहुन्छ भन्न थालेका छन्।

गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको उनको गूनाशो छ।

उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउने बताएका हुन्।

उनले भने,  ‘हामी निरन्तर संवादमा छौं। पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ।सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं। मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु।’

सुनसरी पुगेर प्रचण्डले भने-केपी ओलीले नै पाँच वर्षसम्म सरकार चलाउनुहुन्छ भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

मानव अंग प्रत्यारोपण केन्द्रले झण्डै २ वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेर निरन्तरता दिन नसकेको अवस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले सफल कलेजो प्रत्यारोपण गरेको छ।

डा. रमेश सिंह भण्डारीको टोलीले ३३ वर्षीया छोरीको कलेजो ५८ वर्षीय बाबुमा प्रत्यारोपण गरेका हुन्।

यो सफल प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपणको लागि भारत जानुपर्ने बाध्यता अन्त्य हुनेछ। भारतमा ५० देखि ७० लाख खर्च लाग्ने कलेजो प्रत्यारोपण नेपालमा २५ लाखमा सम्भव हुनेछ ।

कलेजो प्रत्यारोपणको लागि डा. सिंहको टोलीले ५ वर्षदेखि तयारी गरेको थियो। ५ वर्षअघिदेखि तयारी गरेपनि प्रत्यारोपण गर्ने अनुमति भने चार महिनाअघि पाएका थिए।

त्रिवि शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोपण भन्दै  अनलाइनखबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

1 thought on “प्रचण्डको बोली फेरियो, भने ‘ ओलीजीले नै ५ वर्ष सरकार चलाउनुहुन्छ’”

  1. पुश्पेन्द्र says:
    June 1, 2019 at 11:47 pm

    एउटा अन्तर्वार्ता मा भनेको कुरोको अनेक रुप मा नयाँ नया शिर्षक मा समचार लेखेर आफ्नो आफ्नो अनुसार व्याख्या गर्ने मिडियाहरुले त्यो अन्तर्वार्ता अहिले पनि हेरे हुन्छ त्य्हा पनि प्रचण्ड ले यो सरकार ले राम्रो काम गरे ५ वर्ष चल्छ भनेर वार वार भनेका छन, यदि जनताको म्यान्डेट अनुसार काम नभए फेरिन सक्छ भनेका छन्।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme