Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : प्रचण्डको अभिव्यक्तीमा माधव नेपालको ‘काउण्टर एट्याक’ : ओली सरकार पाँच वर्ष दायाँबायाँ हुन्न

Posted on May 31, 2019May 31, 2019 by राजेन्द्र मगर

आज  जेठ  १६ गते शुक्रबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्याकाण्ड भएको लामो समय बितिसक्दापनि हत्यारा पत्ता लागेको छैन्। केही समय अघिसम्म मिडियामा समाचार आइरहने निर्मलाको हत्यारा पत्ता लगाउन दबाब दिने समाचार आएपनि अहिले त्यस्ता समाचार आउन पनि छोडेको छ।  निर्मला पन्तको आमा दुर्गादेवीले राहत स्वरुप सरकारबाट पैसा पनि बुझिसकेकी छिन्।

केही समय अघि निर्मला पन्तको हत्यारा पत्ता लगाउनु पर्ने भन्दै अभियन्ता तथा राजनीतिज्ञहरु आवाज उठाउथे। अहिले त्यो क्रम पनि मथ्थर भएको छ।

यही बेला नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले निर्मला हत्याराको बारेमा मुख खोलेका छन्।

निर्मला पन्तको हत्यारा बालुवाटारमै रहेको उनको दाबी छ।

उनी भन्छन्, ‘प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लाग्न १२ वर्ष लाग्छ भनेर किन भन्नु भएको थाहा छ ? किनकी हत्यारा बालुवाटारमै छ।’

निर्मला पन्तको हत्यारा बालुवाटारमै छ : शेखर कोइराला भन्देै अनलाइनखबरले लेखेको छ।

प्रचण्डले केपी ओलीसँग आलोपालो सरकारको सहमती भएको भन्दै अभिव्यक्ती दिएको भोलीपल्ट माधव कुमार नेपालले  केपी शर्मा ओली नेतृत्वको सरकार पाँच वर्ष चल्ने बताएका छन्।

हिजो प्रम ओली भारत जादै गर्दा प्रचण्डले साढे दुई वर्षपछि ओलीले प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ भन्दैअभिव्यक्ती दिएका थिए।

त्यसको भोलीपल्टै नेपालले प्रचण्डलाई काउण्टर एट्याक दिएका हुन्।

जनताले स्थीर सरकारका लागि मत दिएको उल्लेख गर्दै नेता नेपालले ओली सरकारलाई खल्बल्याउनु नहुने अभिव्यक्ती दिएका हुन्।

नेपालले भन्छन्, ‘अहिले तत्कालै ओली सरकारलाई खल्बल्याउन मिल्दैन, स्थीर सरकारको विकल्प छैन्।’

ओली सरकार पाँच वर्ष दायाँबायाँ हुन्नः नेपाल भन्दै नेपालन्युजले लेखेको छ।

नेपाल कम्युनिस्ट पार्टी (ने क पा) एकताको लामो समयसम्म पनि पार्टीका कार्यकर्ताहरु बेरोजगार छन्। पार्टीभित्र उचित भूमिका नपाएको भन्दै पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्न थालेका छन्।

केन्द्रीय सदस्यहरुको कार्यविभाजन अहिले सम्म हुन सकेको छैन। न त पोलिटव्यूरो नै गठन हुन सकेको छ। ३२ वटा विभाग गठन हुँनै बाकी छ।

पोलिटव्यूरो गठन लगायतका विषयमा विवाद कायमै रहेका बेला ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमति अनुसार आफूले सरकार वा पार्टीको नेतृत्व पाउनुपर्ने बताएपछि हंगामा भयो। प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्ली पुगेर त्यसको बारेमा स्षपष्टिकरण नै दिए।

ने क पा भित्र चर्को असन्तुष्टि : बेरोजगार लर्को – अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म भन्दै पहिलोपोस्टले लेखेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोली केही दिन अघि चोरी भएका मोटरसाइकल खोज्दै सिन्धुपाल्चोक पुगेको थियो।

त्यहाँ उपत्यकाबाट हराएका सयौं मोटरसाइकलका अवशेष सिन्धुपाल्चोक भोटेकोसी किनार र पहाडको खोँचमा फेला परेका थिए।

काठमाडौंमा पक्राउ परेका पुराना मोटरसाइकलमा नयाँ मोटरसाईकलका सामाग्री फिट गरेको भेटिन थालेपछि प्रहरीले अनुसन्धान थालेको थियो। महाशाखाका अनुसार त्यस्ता कट पेस्ट भएका ३० भन्दा बढी मोटरसाइकल भेटिएका छन्।

राजधानीबाट हराएका सयौं मोटरसाइकलका अवशेष भोटेकोशी किनारमा भन्दै नेपालखबर लेखेको छ।

भारतमा दोस्रोपटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीलाई बधाइ दिन भारत पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई रुद्राक्ष माला उपहार दिएर सरकारी नियम कार्यान्वयनमा ल्याएका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले ट्विट गर्दै प्रधानमन्त्री ओलीले मोदीलाई नेपाली जनताका तर्फबाट सफलताको शुभकामनासहित रुद्राक्ष माला उपहार दिएको उल्लेख गरे।

ओलीले मोदीलाई किन दिए रुद्राक्ष माला? भन्दै सेतोपाटीले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

2 thoughts on “आजको खबर : प्रचण्डको अभिव्यक्तीमा माधव नेपालको ‘काउण्टर एट्याक’ : ओली सरकार पाँच वर्ष दायाँबायाँ हुन्न”

  1. Shankar says:
    June 1, 2019 at 6:58 pm

    आर्को कुरा माधब कमरेड , प्रचण्ड र ओलीलाई भिडाए दाउ आफ्नो हात मा पर्ने , अन्यथा २ जना ले पालै पालो गर्दा आफ्नो हात मा सुन्य पर्ने सोचे जस्तो छ | ६५ बर्स त् पक्कै भए होला आर्को ५ बर्स के के हुने हो ठेगान हुन्न? अलि अलि ब्लड प्रेसर , सुगर ले पनि न भए कुनै न कुनै रोग ले माया गरेकै होला |
    झलनाथ ढुक्क छन् , अब पालो आउदैन भनेर गीत को सी डी निकालेको नेकालेइ छन् |
    बामदेब ठुस्स जस्तो देखिन्छन , ठुस्स परेर मात्र भएँ दिमाग पनि चाहियो |
    तेसैले राजनीति ओली र प्रचण्ड कै वोरपर ५ साल जान्छ | पार्टी न फुटे |
    कांग्रेस सम्हालिन १० बर्स अझै लाग्ला, त्यो बेला सम्म फोरम र मदिसे पार्टी ले कांग्रेस को ठाउ लि सक्छ |
    मोदीको जित ले नेपाल मा प्रो इन्डियन लाइ सक्तिसाली बनाउछ , अहिले नेपाल मा चिनिएका प्रो इन्डियन बाबुराम र मदिसे पार्टी हरुनै हो |
    तर ओली , प्रचण्ड पनि आर्को ढोका बाट चाकडी बजाउन पुग्ने तेही हुन् |
    तेसैले ५ बर्स मा बिकास पनि हुन्छ , भ्रास्ताचार , गुण्डा गर्दी ले पनि चरम सिमा नाग्छ , खुफिया सम्झौता हुदै देश ले पनि धेरै गुमाउछ पनि | बिकास को मुल्य नेपाल को लागि महँगो नै पर्छ |

    Reply
  2. Shankar says:
    June 1, 2019 at 1:53 am

    ओली ले मोदीलाई रुद्राक्ष्य माला दियो , अब मोदी ले ओलीलाई हिन्दु रास्ट्र दिने होला |
    अस्तिन आयो , आउदा बडो तहल्का मचाएर आयो , मेरो घरमा नेपालि नै नोकर छ , पहाड मा पानि र जवानी छ के के भन्दै आत्मियता देखाए जस्तो गर्यो , भरे उसका सुलसुले , चम्चे ले गएर खुस खुस गरे , नाकाबन्दी नै लाइ दिएर सारा नेपालि लाइ दुख दियो |
    तेसैले मोदी को आत्मियता , प्रेम , बगरे ले खसीलाई सुम्सुमाएर माया गरे जस्तै सम्झिन पर्छ | दुख को कुरा त् सम्झेर मात्र हुने भए हुन्थ्यो , खसी नै बने झैँ देखिन्छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme