Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रम ओली भारत जादै गर्दा प्रचण्डले दिएको अभिव्यक्ती : साढे दुई वर्षपछि ओलीले प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ

Posted on May 30, 2019 by राजेन्द्र मगर

आज  जेठ  १५ गते बुधबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्

आज नेकपाका सहअध्यक्ष पुष्पकमल दहाल प्रचण्डले दिएको अभिव्यक्ती विभिन्न मिडियामा छाएको छ। प्रचण्डले ऋषी धमलालाई प्राइप टेलिभिनजनमा अन्तर्वाता  दिएको अन्तरवार्तापछि राजनीतिक नयाँ बहश सुरु भएको छ।

१५ महिनापछि ओलीले सत्ता सुम्पिने प्रचण्डको विश्वास भन्दै अनलाइन खबरले लेखेकाे छ।

पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको भन्दै  प्रचण्डले अभिव्यक्ती दिएका हुन्।

पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ वायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने प्रचण्डको अभिव्यक्ती छ।

तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७४ साल जेठ २ गते प्रचण्ड र केपी ओलीवीच गोप्य सम्झौता भएको थियो, जसको चौथो बुँदामा आलो–पालो सरकारको नेतृत्व गर्ने भनिएको थियो।

गोप्य सहमितमा प्रचण्ड र ओलीले हस्ताक्षर गरेका छन् भने साथीएका रुपमा विष्णु पौडेल र जनार्दन शर्माको समेत हस्ताक्षर छ।

साढे दुई वर्षपछि ओलीले प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ : प्रचण्ड भन्दै सेतोपाटी लेखेको छ।

सेतोपाटीले ऋषी धमलाको अन्तर्वाता साभार गरेको हो।

धमलाले प्रचण्डलाई सोधेका छन्, माधवकुमार नेपाल बामदेव गौतम झलनाथ खनाल, नारायणकाजी श्रेष्ठको बीचमा एउटा सहमति भैसकेको छ रे। संसदीय दलको नेता परिवर्तन गर्ने केपी शर्मा ओलीलाई हटाएर तपाईं प्रधानमन्त्री बन्ने? त्यो निर्णय भएको हो?

प्रचण्डको जवाफ छ – त्यो बिल्कुल गलत कुरा हो। सरकारलाई कसरी सफल पार्ने। पार्टी एकता कसरी सफल पार्ने भन्ने विषमा विभिन्न नेतासँग छलफल भएकै छ। यो कुरा माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम मेरोबीचमा मात्र होइन। मेरो र प्रधानमन्त्रीको बीचमा पनि छलफल सबैभन्दा धेरै हुन्छ। अहिले पनि उत्तिकै छलफल भैराखेको छ। मेरो र ईश्वर पोरखेलको बीचमा छलफल भैराखेको छ। मेरो र महासचिव विष्णु पौडेलको बीचमा त झन् डे टु डे कुराकानी भैराख्न पर्छ। भैराखेको छ। अहिले कुनै पनि छलफल सरकार हटाउने र अर्को सरकार बनाउने विषयमा केन्द्रीत भएर भएको छैन। सरकारलाई के गरी प्रभावकारी बनाउने पार्टी एकतालाई के गरी छिटोभन्दा छिटो राम्रो तरिकाले टुङ्ग्याउने। आजसम्म भएको छलफल यहाँसम्म सीमित छ। बाँकी सबै हल्ला हुन्।

गत २१ भदौमा भारत भ्रमणमा गएका बेला त्यहाँको अनलाइन द प्रिन्ट डट इनकी पत्रकार ज्योति मलहोत्रासँग कुराकानी गर्दै प्रचण्डले पार्टी एकताको अघिल्लो दिन भएको पाँचबुँदे सहमतिको खुलासा गरेका थिए। अहिले प्रधानमन्त्री केपी शर्मा ओली भारत गएकै बेला प्रचण्डले फायर खोल्नु संयोग नभएको एकथरी एमाले नेताले विश्लेषण गरेका थिए।

नेपालको राजनीतिमा पटकपटक हस्तक्षेप गर्दै आएको भारतलाई प्रचण्डको अन्तर्वार्ताले झनै बल पुर्‍याउँछ । नेकपाको आन्तरिक एकता खल्बलिएको सन्देश दिन्छ भन्दै विश्लेषण हुन थालेको छ।

प्रचण्डको अभिव्यक्तिपछिका चार ‘साइड इफेक्ट’ भन्दै बाह्रखरीले लेखेको छ।

पार्टीले निर्माण गरेको घोषाणा पत्रमा आधारित भएर बजेट निर्माण गर्नु परेको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन्।

अर्थमन्त्री डा खतिवडाले पार्टीकाे घाेषणा पत्र अनुसार नै बजेटमा कतिपय कार्यक्रम ल्याइएकाे जानकारी दिए।

अर्थमन्त्री भन्छन्: बजेट पार्टीकाे घाेषणापत्र र सांसदकाे माग अनुसार भन्दै नेपालखबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

2 thoughts on “प्रम ओली भारत जादै गर्दा प्रचण्डले दिएको अभिव्यक्ती : साढे दुई वर्षपछि ओलीले प्रधानमन्त्री छाड्नु हुन्न भन्ने कल्पना गर्न चाहन्नँ”

  1. Pingback: आजको खबर : प्रचण्डको अभिव्यक्तीमा माधव नेपालको ‘काउण्टर एट्याक’ ओली सरकार पाँच वर्ष दायाँबायाँ हुन्न « Mysansar
  2. madan bajracharya says:
    May 31, 2019 at 9:04 am

    मलाई मरुभूमिमा “उँटको कथा” याद आयो/ मरुभूमिमा दिन को गर्मि भन्दा रातको चिसो डरलाग्दो हुन्छ; यमालेमा यकिकृत नभयको भय हुने हालत जस्तै/ यकिकरण को प्रस्ताव “रातको चिसो बात बच्न टाउको मात्रै भय पनि पाल भित्र छिराउन दिने उँटको अनुरोध” जस्तै हो भने यकिकरण पछि पार्टीको सह अध्यछ्य बन्नु र अहिले कि प्रधान मन्त्रि पद दे; प्रधान मन्त्रि पद नदिने भय पार्टीकै नेतृत्व दे; नदिय …..भनेको त् मरुभिमिको चिसो बात बच्न याचना गर्दै ताउको तेस पछि अगाडिको खुट्टा अनि सम्पूर्ण जिउ नै पाल भित्र छिरायर उँट मालिकलाइ पाल बाहिर धकेलेको जस्तै हो/ मावोबादी बिद्रोह मावोबादकै निमित नभय झैँ यो यकिकरण मै यकिकृत हुनेको लागि त् हुँदै होईन/ मानार्थ पायरै मात्र पियच भयको मात्र यसयलसि..ले यमय पास गरेकाको नियत नै नबुझे पछि कसको के लाग्छ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme