Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट फर्कनेले ल्याउने टिभीमा यस्तो छ नयाँ बजेटको व्यवस्था, कत्रो टिभीमा कति भन्सार?

Posted on May 30, 2019 by Salokya

केही वर्षअघिसम्म विदेशबाट फर्कनेले ल्याउने टेलिभिजनमा इञ्च गनेर त्यसको आधारमा भन्सार महसूल तिर्नुपर्ने व्यवस्था थियो। त्यसैगरी ६ महिना विदेशमा बसेका र ६ महिनाभन्दा बढी विदेशमा बसेका गरी दुई छुट्टाछुट्टै व्यवस्था गरिएको हुन्थ्यो।

पोहोर जस्तै यसपालिको बजेटले पनि त्यस्तो झण्झटिलो व्यवस्था हटाएको छ। टिभी जुनसुकै प्रकारको (LCD, LED, PLAZMA) भए पनि एकमुष्ट समदरमा ५५ प्रतिशत भन्सार महसुल लिने व्यवस्था गरिएको छ। त्यो भनेको कति हो त?

आर्थिक विधेयकमा गरिएको व्यवस्था यस्तो छ।

वैदेशिक रोजगारमा गई कम्तिमा लगातार १२ महिना काम गरी फर्कने नेपाली नागरिकले ल्याएको जुनसुकै प्रकारको (एलसिडी, प्लाज्मा वा एलइडी) ३२ इन्चसम्मको टिभीमा लाग्ने सम्पूर्ण कर महसुल छुट दिइने व्यवस्था यथावत छ। अर्थात् उनीहरुले सुको तिर्नुपर्दैन।

यसका लागि तपाईँले आफू विदेशमा बसेको अवधि खुल्ने गरी आफ्नो नाम, पासपोर्ट नम्बर र ठेगाना अनि पासपोर्टमा उल्लेख भएको विदेशमा गएको र आएको समय आदिको विवरण भन्सार कार्यालयमा अभिलेखको लागि भरेर दिनुपर्छ।

अरुका लागि भने समदरमा एकमुष्ट ५५ प्रतिशत भन्सार महसुल असुल गरिन्छ।

त्यो भनेको टिभीको मूल्यमा ५५ प्रतिशत भन्सार महसुल र त्यसमा ५६५ रुपैयाँ भन्सार दस्तुर थपेर हुन आउने रकम हो।

कति इञ्चको टिभी किन्दा कति तिर्नुपर्छ त भन्सार? यो तालिका हेर्नुस्-

 



1 thought on “विदेशबाट फर्कनेले ल्याउने टिभीमा यस्तो छ नयाँ बजेटको व्यवस्था, कत्रो टिभीमा कति भन्सार?”

  1. Jiwan Budhathoki says:
    May 30, 2019 at 4:13 am

    Nepali bazzar mulaya ko ho ki bedesh ko mulay kayem hunxa ….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme