Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विदेशबाट फर्किएका यात्रुले ल्याउने सुनका बारेमा बजेटमा के आयो व्यवस्था?

Posted on May 29, 2019 by Salokya


यस पटक अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा विदेशबाट फर्किने यात्रुले ल्याउन पाउने सुन र सुनका गहनाबारे व्यवस्था गरिएको छ।

आर्थिक विधेयकमा उल्लेख भए अनुसार विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुन तथा सुनका गहनामा देहाय बमोजिम महसुल लाग्नेछः

सुनको हकमा

पहिलो पचास ग्रामसम्म प्रति दश ग्राम छ हजार दुई सय रुपैयाँ,

पचास ग्रामभन्दा बढी थप पचास ग्रामसम्म- प्रति दश ग्राम सात हजार दुई सय रुपैयाँ

पोहोरभन्दा यो एक हजार रुपैयाँ बढी हो।

त्यसैगरी सुनको गहना ल्याउने हो भने यस्तो गरिएको छ व्यवस्था –

पचास ग्रामसम्म सुनका गहनामा कुनै महसुल लाग्ने छैन । अर्थात् लगभग चार तोलाको सुनका गहना ल्याउनु भयो भने कुनै महसूल तिर्नुपर्ने छैन।

तर पचास ग्रामभन्दा बढी थप सय ग्रामसम्म सुनका गहनामा प्रति दश ग्राम सात हजार दुई सय रुपैयाँको दरले महसूल तिर्नुपर्नेछ।

योभन्दा बढी ल्याएमा चाहिँ के हुन्छ त?

थप सय ग्रामसम्म सुनका गहनामा प्रति दश ग्राम नौ हजार रुपैयाँ महसूल लाग्नेछ।

अर्थात् तपाईँले कूल ल्याउन पाउने सुनका गहना २ सय ग्रामसम्म हो।

त्यो भन्दा धेरै सुन तथा सुनका गहना पैठारी गरेमा बढी भएको परिमाण जति जफत गरिनेछ।

विदेशी यात्रुले आफ्नो साथमा ल्याउन पाउने पचास ग्रामसम्म सुनको गहना र सय ग्रामसम्म चाँदीका गहना भन्दा बढी निजी प्रयोगका सुन तथा चाँदीका गहनाहरु पछि फिर्ता लैजाने गरी भन्सार बिन्दुमा घोषणा गरेमा त्यस्तो गहना परीक्षण गरी त्यस्तो गहनाको मूल्यको बीस प्रतिशत रकम धरौटी राखी ल्याउन दिइनेछ।

यसरी ल्याएको गहना भन्सार बिन्दुमा परीक्षण गरी फिर्ता जाँदा लैजान दिई त्यस्तो गहना ल्याउँदा राखेको धरौटी रकम फिर्ता दिइनेछ। त्यसरी परीक्षण गर्दा घोषणा गरे भन्दा फरक गुणस्तर तथा परिमाण भएको प्रमाणित भएमा भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) बमोजिम कसूर गरेको मानी सजाय हुनेछ।

1 thought on “विदेशबाट फर्किएका यात्रुले ल्याउने सुनका बारेमा बजेटमा के आयो व्यवस्था?”

  1. kb tamu says:
    May 29, 2019 at 11:19 pm

    किलोका किलो सुन छिर्ने भन्सार मेरो देशमा जनताको खुन पसिनले कमाई गरेर लिएर आउने जावा ग्राम सुनमा गिद्धे नजर लाउने कठै मेरो देश नेपाल

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme