Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बिग बोस नेपाल सुरु हुनुअघि नै विवादमा, नक्कली हस्ताक्षर गरी फर्जी काम गरेको आरोप

Posted on May 29, 2019 by Salokya

नेदरल्यान्डसको बिग्र ब्रदरमा आधारित भारतीय रियालिटी शो ‘बिग बोस’ विवादमा आउने कार्यक्रम हो। तर नेपालमा यो कार्यक्रम सुरु हुनुअघि नै विवादमा परेको छ। यसको नेपाली संस्करण छिट्टै सुरु हुने घोषणा गएको वैशाखमा सोल्टी होटलमा आयोजित एक भव्य कार्यक्रममा गरिएको थियो। त्यही अनुसार समाचारहरु पनि आए। पवन शाह, माधव ढुङ्गेल, अर्जुन केसीले आइम्याक्स प्रोडक्सनमार्फत् यो शोको फ्रेन्चाइज पाएको घोषणा भएको थियो।

तर मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एंडेमोल शाइन इन्डियाले नेपालमा बिग बोसको संस्करण “बिग बोस नेपाल” सञ्चालन गर्न अनुमति नै नदिएको मात्र हैन, नक्कली हस्ताक्षर गरी फर्जी काम गरेको आरोपसमेत लगाइएको छ।


एंडेमोल शाइन इन्डियाले आइम्याक्सका सीइओ अर्जुन नरसिंह केसीको नाममा सूचनासमेत जारी गरेको छ।

विश्वभर बिग ब्रदरकोे अधिकार एंडेमोल शाइन ग्रुपसँग रहेको स्मरण गराउँदै यो अधिकार आईम्याक्स प्रोडक्सन वा सूत्र मोड्लिङ तथा आर्ट क्रियशन प्रा.लि.लाई प्रदान नगरिएको त्यसमा उल्लेख छ।

गत १८ अप्रिल २०१९ मा सोल्टी होटलमा आयोजित कार्यक्रममा धोका दिएर एंडेमोल शाइन ग्रुपको लोगो ब्यानरमा राखेको आरोप ग्रुपले लगाएको छ। एंडेमोल शाइन इन्डियाले आइम्याक्स प्रोडक्सनलाई क्षमायाचना माग्न र बिग बोस वा बिग ब्रदरका ढाँचा बारे कुनै कार्यक्रम नबनाउन समेत चेतावनी दिएको छ।

नेपाली बजारमा अर्जुन नरसिंह केसीले आफूहरु बिग बोसको लाइसेन्स् होल्डर रहेको अफवाह फैलाउँदै आएको, केसीले आफू बिग बोसको लाइसेन्स् होल्डर रहेको पुष्टी गर्न त्यसको फर्म्याटमा बनाएको झुट्टा कागजातहरु हात पारेको, त्यसमा एंडेमोल शाइन ग्रुपको सर्टिफिकेट,सूत्र मोड्लिङ तथा आर्ट क्रेसन प्रा.लि बीचको फ्रयान्चाइज सम्झौता रहेको विज्ञप्तिमा उल्लेख छ। अर्जुन नरसिंह केसीले एंडेमोल शाइन ग्रुपको सीईओ तथा एंडेमोल शाइन ग्रुपका अन्तर्राष्ट्रिय बिजनेस तर्फको सीईओको नक्कली हस्ताक्षर गरेको आरोप विज्ञप्तिमा छ।

“कुनै व्यक्ति, फर्म वा कम्पनी एंडेमोल शाइनको फर्म्याट वा ट्रेडमार्कको प्रयोग गरेर कुनै पनि प्रकारको “बिग ब्रदर” जस्ता शो निर्माण, सहभागीता, निर्माण, सञ्चालन गर्छ भने यसको अधिकारहरु तथा बौद्धक सम्पत्तिको उल्लघंन गरेमा यसको जिम्मेवार उनीहरु हुनेछन् र यसको परिणाम पनि उनीहरु स्वयमले बेहोर्नुपर्नेछ”- विज्ञप्तिमा चेतावनी दिइएको छ।

नेपालमा फ्रेन्चाइज लिएर नेपाल आइडल, बुगी वुगी, को बन्छ करोडपति, द भ्वाइस अफ नेपाल आदि कार्यक्रम सञ्चालन भइरहेको छ। सबैले अनुमति लिएको भएर कुनै विवाद आएको थिएन।



Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme