Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर :सगरमाथाको चुचुरोमा घन्टौं जाम !, उचाइ नाप्न १७ करोड

Posted on May 24, 2019May 24, 2019 by राजेन्द्र मगर

आज  जेठ  १० गते बिहिबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट  ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित  युसिन अन्सारीसहित ६ जनालाई पक्राउ गरेको छ।

अन्सारी यसअघि पनि पटक पटक नक्कली नोट प्रकरणमा पक्राउ पर्दै आएका थिए।

आज अधिकाशं अनलाइनले अन्सारीकै विषयलाई प्रमुख स्थान दिएका छन्।

नक्कली नोटसँगै समातिएका युनुसको मुस्कानसहितको ‘इन्ट्री’, बयानमा भने : मगाएको भन्दा धेरै नै पठाएछन् भन्दै पहिलोपोस्टले लेखेको छ।

प्रहरीले नक्कली नोट कारोबारमा संगलग्न भन्दै ६ जनालाई पक्राउ गरेको मध्ये एक थिए अन्सारी।उनी पत्रकार सम्मेलनमा मुसुक्क मुस्कुराए।

प्रहरीका अनुसार उनी कतारको दोहाबाट आएको नोट लिन विमानस्थल पुगेका थिए, तर प्रहरीले त्यहीं दपेच्यो।

‘थोरै मगाएको थिए धेरै पठाएछन्’ भन्दै उनले प्रहरीलाई बयान दिएको एक प्रहरी अधिकृतलाई उदृत गर्दै पहिलोपोस्टले लेखेकाे छ।

नक्कली नोट प्रकरणमै ७ करोड बरामद भएपछि मुस्कराउँदै आए युनिस अन्सारी भन्दै  शिलापत्रले लेखेको छ।

प्रधानमन्त्री केपी ओलीले लुम्बिनीमा शिलान्यास गरेको गुम्बा कानून र बौद्ध संस्कृतिविपरीत रहेको पाइएको छ।

हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको स्मृतिमा बनाउन लागिएको व्यक्तिगत गुम्बाले लुम्बिनी गुरुयोजनाकाे पनि उल्लङ्घन गर्छ। गत फागुन १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको हेलिकप्टर पर्यटनमन्त्री रविन्द्र अधिकारी सहित आङछिरिङको पनि मृत्यु भएको थियो।

विहार क्षेत्र विनियमावली २०५८ को विनियम ३ मा भनिएको छ – ‘विहार क्षेत्रमा कुनै विहार बनाउन बुद्ध धर्म मान्ने वा बुद्ध धर्मसँग सम्बन्धित कुनै मित्र राष्ट्र वा संघ संस्थाले अनुरोध गरेमा (लुम्बिनी विकास) कोषले आवश्यक विश्वसनीयता वा सबै व्यहोरा बुझी उपयुक्त ठहराएमा त्यस्तो पक्षसँग सम्झौता गरेर विहार क्षेत्रको कुनै चक्ला उपलब्ध गराउन सक्नेछ।’

लुम्बिनीमा कसले र कस्तो अवस्थामा गुम्बा बनाउन पाउँछ भन्ने निर्देश यही विनियमावलीले गर्छ।

आङछिरिङको नाममा कानून र बाैद्ध संस्कृतिविपरीत लुम्बिनीमा व्यक्तिगत गुम्बा भन्दै काठमाण्डु प्रेसलेलेखेको छ।

नेपालले पहिलोपटक सगरमाथाको उचाइ आफैं नाप्नको लागि नापी विभागका दुईजना अधिकारी शिखरमा पठाएको थियो। उनीहरु शिखरमा पुगेर आवश्यक तथ्यांक संकलन गरी शुक्रबार काठमाडौं फर्किएका छन्।

नापी विभागका प्रवक्ता दामोदर ढकालका अनुसार करिब १७ करोड खर्च हुदाँ सगरमाथाको उचाई नाप्न सकिन्छ।

विभागले सगरमाथाको उचाइ नाप्न २५ करोड खर्च हुने अनुमान गरेको थियो। तर केही उपकरणहरु अन्तर्राष्ट्रिय स्तरबाट सहयोग आएकोले खर्चको रकम कम भएको ढकालले बताए।

सगरमाथाको उचाइ नाप्न १७ करोड भन्दै सेतोपाटीले लेखेको छ।

सगरमाथाको चुचुरोमा घन्टौं जाम ! भन्दै अनलाइन खबरले लेखेको छ।

आरोही निर्मल पूर्जाले खिचेको एउटा तस्वीरमा सगरमाथाको चुचुरोमा आरोहीहरुको लाइन देखिन्छ। त्यो तस्विर ‘के यो साँच्चै हो ?’

तस्विर वास्तविक भएको प्रमाणित भइसकेको छ।

९ जेठमा सर्वाधिक आरोही सगरमाथाको चुचुरोमा पुगेको अनुमान छ।

८ जेठका दिन करीव २ सय आरोही चुचुरोमा पुगेको अनुमान छ । यो तस्वीर सोही दिनको हो । त्यहीका कारण आरोहीहरु सगरमाथाको शिखरमा पुग्न मात्र होइन, फर्किने बेला समेत घन्टौं जाममा परेका थिए।

सगरमाथाको चुचुरोमा घन्टौं जाम ! भन्दै अनलाईनखबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme