Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : मेलम्चीको गाँठो फुक्यो, एक वर्षदेखि बन्द मलेसिया रोजगारी खुल्ने संकेत

Posted on May 23, 2019May 23, 2019 by राजेन्द्र मगर

आज  जेठ  ९ गते बिहिबार  अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

राहदानी दोश्रो संशोधन विधेयक फिर्ता भएको छ । कानून न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको लापरवाहीका कारण प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष पेश भएको विधेयक  फिर्ता भएकाे शिलापत्रले लेखेकाे छ। सभामुख कृष्णबहादुर महराले प्रमाणित गरी प्रमाणिकरणको लागि पठाएको राहदानी सम्बन्धी विधेयक संविधान बमोजिम कानून प्रकृया नपुर्याएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकी हुन्।

कानून मन्त्रीको ढंग नपुग्दा विधेयक फिर्ता भन्दै शिलापत्रले लेखेकाे छ।

सगरमाथा सफाइ  गर्दा भेटिएका चार वटा शव काठमाडाैँ ल्याइएकाे छ। शवहरु पोस्टपार्टमका लागि शिक्षण अस्पताल, महराजगञ्ज पठाइएको छ। शवकाे पहिचान अहिलेसम्म खुल्न सकेकाे छैन।
सगरमाथा हिमाल सफाइ अभियान – २०७६ ले सरसफाइका क्रममा सगरमाथा क्षेत्रमा शव भेटेकाे हाे।
१२ दिन अघि सगरमाथा क्षेत्रमा भेटिएका शव  कंकालहरु जस्ताे भेटिएकाले ७/८ वर्ष पुरानो जस्तो देखिने बताइएपनि यकिन गर्न सकिने अवस्थामा छैन्र।
सगरमाथा सफाइमा भेटिए चार शव, ल्याइयो काठमाडौं भन्दै पहिलाेपाेस्टले लेखेकाे छ।

मेलम्ची खानेपानी आयोजनाका बाँकी काम गर्ने  जिम्मा सरकारले आयोजना सञ्चालक समितिलाई दिइएको छ। काम चाडै सक्नकाे लागि टुक्र्याएर ठेक्का लगाउने भएको छ।

इटालियन कम्पनी भागेपछि आयोजनाको काम रोकिएको थियाे। सार्वजनिक खरिद नियमावलीको १४५ अनुसार कामको प्रकृतिअनुसार विभिन्न प्याकेज बनाएर ठेक्का लगाइनेछ।

यो व्यवस्था बमोजिम दशलाख रुपैंयाँ भन्दा बढी रकमको खरिद गरेको भएमा त्यस्तो निकायले त्यसरी खरिद भएको विवरणको सार्वजनिक सूचना प्रकाशन गर्नु पर्ने हुन्छ । सोको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पठाउनु पर्ने व्यवस्था छ।

मेलम्चीको गाँठो फुक्यो, टुक्र्याएर ठेक्का लगाउने निर्णय भन्दै अनलाइनखबरले लेखेकाे छ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले मिडियालाइ सरकारकाे भजन गाउन नभनेकाे बताएका छन्। सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको समेत उनले बताएका छन्।

मिडिया काउन्सिलले अन्तिम न्याय निरुपण नगर्ने, अन्तिम न्याय निरुपण गर्ने काम अदालतकै भएको समेत उनले बताए।

सरकारको भजन गर भनेका छैनौँ : मन्त्री बास्कोटा भन्दै बाह्रखरीले लेखेकाे छ।

मन्त्रिपरिषद् बैठकले गरेका साेह्रवटा निर्णयहरू सरकारले सार्वजनिक गरेको छ।

मेलम्ची खानेपानीको हेडवर्कस् तथा सुरूङ निर्माण कार्यमा विशेष परिस्थिति सिर्जना भएकोले मेलम्ची खानेपानी आयोजनाको सम्पन्न गर्न बाँकी सम्पूर्ण काम तत्कालै अगाडि बढाउने र तत्सम्बन्धमा आवश्यक काम उपयुक्त ढंगले व्यवस्थापन गर्ने निर्णय लगायतका निर्णयहरू छन्।

प्रदेश सरकारअन्तर्गत रहेका सेती राजमार्ग उत्तर खण्ड (टिकापुर–लुडे–चैनपुर–ताक्लाकोट) लाई भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयमातहत ल्याई सञ्चालन गर्ने निर्णय समेत गरिएकाे छ।

यी हुन् मन्त्रिपरिषद बैठकका १६ निर्णय भन्दै सेताेपाटीले लेखेकाे छ।

एक वर्षदेखि बन्द भएकाे मलेसियाकाे राेजगारी खुल्ने सँकेत मिलेकाे छ। सात महिना पहिले मलेसियासँग श्रम समझदारी भएपनि स्वास्थ्य संस्थाको विषयमा कुरा मिल्न सकेको थिएन। मलेसिया रोजगारीमा देखिएको अन्यौलता अन्त्य गर्ने विषयमा नेपाली राजदूतले त्यहाँका मन्त्रीसँग छलफल गरेपछि राेजगारी खुल्ने सँकेत देखिएकाे हाे।

नेपाली राजदूत उदयराज पाण्डेले मलेसियाका मानव संसाधन मन्त्री कुला शेधारनलाई भेट्दै मलेसिया रोजगारी खुलाउन अग्रसर हुन आग्रह गरेका हुन्।

एक वर्षदेखि बन्द मलेसिया रोजगारी खुल्ने संकेत भन्दै देशसञ्चारले लेखेकाे छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

1 thought on “आजको खबर : मेलम्चीको गाँठो फुक्यो, एक वर्षदेखि बन्द मलेसिया रोजगारी खुल्ने संकेत”

  1. Shankar says:
    May 24, 2019 at 1:58 am

    यो गाठो फेरी कसिन सक्छ , भारत मा मोदीले जित्यो | नेपाल मा अब मोदीको चाकडी मा जान नेताहरुमा होडबाजी देखिनेछ | भाड मे जाए मेलाम्ची |
    हिजो राजा छदा दाम राख्न जाने , राजतन्त्र को अपरिहार्यताको वोकालत गर्ने सिर्स नेता हरु |
    हिजो भारत संग सुरुङ्ग युद्द गर्ने भन्ने आज लुत्त मुसाको दुलो बाट छिरेर दिल्ली चाकडी बाजाउ न जाने सिर्स नेताहरु |
    छिप्कलिको जस्तो रंग बदल्दै कहिले लाल कम्निस्ट , कहिले समाज बादी , कहिले फोरम हुदै ताक परे तिवारी नत्र गोतामे हुने सिर्स नेतामा के तात्विक समानता छ |
    त्यो हो सब ले फटाह बोल्छन | हाम्ले पाएको नेता र सबै बिकल्प येस्तै येस्तै नै हुन् |
    साचो लेख्दा र बोल्दा धेरै पार्टीका भक्त कार्यकर्ता लाइ मन पर्दैन |
    ठेट नेपालि भासमा सिधे भन्दा |
    नेपाल हिजो ( २५० बर्स ) बर्स क्षेत्री ले राज( सर्बे सर्बा ) गरेको , बाहुन को परामर्स मा चलेको | नीति नियम प्रसासन तेहिअनुसार बनेको |
    नेपाल मा हस्तछेप गर्न र नेपाल मुट्ठीमा राख्न चाहने ले ,
    १) पहिला केहि यिनै बाहुन लाइ भूमिगत तालिम दिएर , फ्रन्ट लाइन मा राखेर नेपाल मा हत्या , मारकाट मचाएर क्षेत्री को राज्य सत्ता कम्जोर बनायो |
    २) नेपालि समाज मातिब्बती , तिब्बती मुलका र बिहारी आयातित को को नया गठबन्दन बनाएर बाहुन क्षेत्रीको गठबन्दन लाइ कम्जोर बनायो |उनीहरु सफल पनि भए , बाहुन क्षेत्री नेता को आपसमा द्वेस खडा गर्न सफल भए |
    ३) अनायास क्षेत्री राजा लाइ सफाचट पारे
    ४) ३-४ बाहुन लाइ पालैपालो खाने गरि नेपाल को सिंहासन मा राखे |
    ५) तराइ लाइ मान्ससिक , भौतिक , रुप मा छुट्टै मधेस प्रदेस र देश को रुप मा बिकसित गर्दै ,लागे ( किनभने धेरै पहाडिया हरु क्रमश तराई बाट बसाइ सर्दै हेटौडा , चितवन र पहाडी इलाका तिर आउदा जग्गाको भाउ ति क्षेत्र मा आकासिदो छ | तराइमा काम गर्ने कलेज का धेरै प्राध्यापक हरु , टिचर , कर्मचारी सुरक्ष्या को हिसाब ले क्रमश पहाडी बाहुल्यता को इलाका तिर सर्दै आएको मैले प्रत्यक्ष्य देखेको र अनुभब गरेको छु )
    ६) बिभिन्न बहाना मा धेरै भारतीय लाइ नागरिकता बाडियो अझै नेपाल मा सबै भन्दा जटिल समस्या फेरी नागरिकता कै छ |
    अब एस्तो परिस्थितिमा मेलाम्ची आउने बा आयेनै पनि घाट मा पुगिसकेपछि मुख मा पानि हाले जस्तो मात्र | तेस्माथी मोदीले जित्नु , हामि क्रमश सिक्किम को बाटो मा लम्केको भान हुन्छ |
    ल भन्नुस कुनै मूल धार मा राजनीति गर्ने चर्चित नेताले नेपाल भारत सिमाना नियन्त्रण गर्ने पर्ने कुरा उठाएको छ ? हिजो सिमाना मिचिएको र नियन्त्रण को कुरा प्वाक्क , पुक्क गर्थे | अब त्यो कुरा गर्दा ‘र’ को तारो बन्नु पर्ने र नेपाल मा राजनीति गर्न न सकिने देखेर कुनै नेता बोल्दैन | किनकि उनीहरुले नेपाल को तेत्रो सक्तिसाली राजा परिबार को त् हत्या गरेर देखाएको छ | विश्व मा कहिँ न भएको एस्तो खुला सिमाना , एक खर्ब को देश सग जोडिएको ३ करोड को देश ले कहिले सम्म आफ्नो ढोका खुला राखेर जोगिएर बस्न सक्छ ?
    तेस्माथी देश मा देखिएको क्रमश को राजनीतिक परिबर्तन ले हामि कुन दिसामा जादैछु त् स्पस्ट पार्छ |
    मुख ले देश भक्ति को कुरा गरे पनि कतिपय बुद्दिजिबि , टिचर , पत्रकार ले नेपाल लाइ भारत मै मिसाई दिए पनि के फरक पर्छ प्रश्न गरेको सुनेको छु |
    तेस्तै आर्को पक्छ्य जो भन्छ २५० बर्स बाहुन क्षेत्री ले मोज गरेर , आफ्नो बाहुल्यता अपनाएको अब आफ्नो पावर जान लाग्यो अनि देश खतरा मा पर्यो भन्छ भनि बिस्लेसन गर्छ | उनीहरुको कुरा १०० प्रतिसत साचो भएपनि , देश पनि सिक्किम कै बाटो मा हिडेको पनि घाम जस्तै छर्लंग छ | अब खाने ले चम्चा ले खान्छ , कि काटा ले खाछा कि , केहि चिज मा मिसा एर खान्छ कि , बड्डी चुडी खान्छ कि , चपाएर , जुठो बनाएर आफ्नो बनाएर मात्र राक्छ कि यो आगामी दिन ले बताउने कुरा भो |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme