-टेक भट्ट, ओहयो (अमेरिका)-
खासमा यो शीर्षक नै मिलेको छैन। कुनै एक साधारण वा भर्खरमात्रै विविध कारणले चर्चा पाएका व्यक्तिको संसार कै ठूलो पार्टीसँग दाजेर नि विश्लेषण गर्न मिल्छ र? अथवा तीनपटक गुजरातका मुख्यमन्त्री भएका र हालका प्रधानमन्त्रीसँग उनलाई तौलन मिल्छ? मिले पनि, नमिले पनि यो तुलना त भइरहेको छ नै, यसको मतलब के कन्हैयाले आफूलाई विकल्पका रुपमा उभ्याउन सफल भए त? आखिर किन यस्तो तुलना भयो त?
उनलाई सामाजिक संजाल तथा मिडियाले धेरै चर्चित बनायो, त्यही भएर युट्युब नेता पनि भनिन्छ। देशद्रोहको आरोपले चर्चित भएपनि कुनै पनि आरोप पुष्टि भएनन्। धेरै पत्रकार, बुद्धिजीवीहरु सत्ताको भजन गाइरहेको बेला र विपक्षी अति नै कमजोर भएको अवस्थामा उनले सत्तालाई जनताका समस्याहरु सम्बन्धि प्रश्न पेचिलो रुपमा राखे।
विकास, रोजगारी, किसानको मुद्दा उठाए, धार्मिक कट्टरवाद र जातिवाद विरुद्ध बोले। भाजपा सत्ताले मन्दिर बनाउने कुरा गर्दा उनले ५ वर्षमा कति विश्वविद्यालय बनायौ भनेर सोधे। मोदीले राष्ट्रवादको कुरा गर्दा उनले किसानको आत्महत्या किन बढ्यो भनेर सोधे। मोदीले पाकिस्तानमा आक्रमण गरेको प्रचार गर्दा उनले भारतमा सजिलै बम विस्फोट गरेर ४४ सुरक्षाकर्मी कसरी मारिए, यस्तो फितलो सुरक्षाको जिम्मेवारी कसको भने। बेरोजगारी किन बढ्यो, आर्थिक वृद्धि दर किन यति कम भयो, अल्पसंख्यकमाथि आक्रमण किन बढ्यो यस्ता प्रश्न उठाएर मन्दिर, हिन्दू, राष्ट्रवाद भन्दा यि विषयमा छलफल हुनुपर्ने आवाज बुलन्द गरे।
विकास तथा रोजगारीका तथ्यांक नराम्रो भएकाले मोदीले २०१४ जस्तो खासै विकासका कुरा गरेनन्। सकेसम्म उनले हिन्दुत्व र राष्ट्रवादमा जनता अल्मलाउन खोजे। अच्छे दिन आएगा, मेक इन इण्डिया असफल भएपछि त्यो कुरा मोदीले भन्नै छोडे। आफ्ना उपलब्धिहरु भन्न छोडेर नेहरू, राजीव गान्धी र कांग्रेसका कमिकमजोरीको प्रचार गरे। यस्तो परिस्थितिमा चर्को रुपले सटिक प्रश्न गरेर भाजपाका झुटहरुको पर्दाफास गर्ने कोसिस कन्हैयाले गरे।
एकछिन उनको चुनावी अभियानको पनि कुरा गरौँ। चुनाव लड्ने योजना अनुसार कन्हैयाले १ वर्षअघिदेखि नै आफ्नो चुनावी क्षेत्रमा घुमेर जनताको नजिक रहने प्रयास गरे। कर्पोरेटबाट चन्दा नलिने घोषणा गरे र जनताबाट चुनाव खर्च उठाए। कांग्रेस, राष्ट्रिय जनता दलको गठबन्धनबाट उठ्ने हल्ला भएपनि गठबन्धनमा उनको दल नपरेपछि आफ्नै दलबाट भएपनि लड्न उम्मेदवारी दिए। गठबन्धनबाट मुस्लिम उम्मेदवार आएपछि त झन् उनलाई अप्ठेरो पर्यो। भाजपा र सत्ता विरुद्ध कडारुपमा प्रस्तुत हुने कन्हैयाले सधैँजसो भाजपा विरोधी हुने मुस्लिम भोट पनि सबै नपाउने भए। भाजपाविरोधी भोटहरु बाँडिने हुँदा भाजपालाई हराउन त अब चमत्कारै हुनुपर्छ।
कन्हैयाविरुद्ध भाजपाबाट दशकौ राजनीति गरेका केन्द्रीय मन्त्री, हिन्दू कट्टरवादी उम्मेदवार छन्। लाखौ कार्यकर्ता, टनाटन पैसा र ठूलो पार्टीसँग सानो पार्टीबाट केही वर्षमात्र राजनीतिक अनुभव भएका कन्हैयाले प्रतिस्पर्धा गरेर टक्कर दिइरहेका छन्। Always ask questions to the power भन्ने उनी युट्युब नेतामात्र हुन् कि साँच्चै जनताका नेता हुन् यो त चुनावी परिणाममा उनले जनताको कति साथ पाउँछन् भन्ने कुराबाट तय हुनेछ।
कन्हैयाले नजितेपनि नेपालका युवा नेताहरुले उनबाट धेरै कुरा सिक्न सक्छन्। ठूला-ठूला कुरा गर्नुभन्दा जनताका आधारभूत समस्या किन समाधान भएनन् भनेर नेता र सत्तालाई युवाले सोध्न सक्नु पर्छ। गरिबका नाममा राजनीति गर्दै धनी हुने नेताहरु हामीलाई शान्ति प्रक्रिया, संघीयता, संविधान संशोधन, धर्म, जातजाति का कुरामा भुलाउँदै छन्। अब हामी पनि सोधौँ, लोकतन्त्र आएपछि कति विश्वविद्यालय बने, कति युवाले रोजगारी पाए, किन आर्थिक वृद्धिदर माथि गएन, किन ठूल्ठूला भ्रष्टाचार भए तर कारवाही भएन।
पौडेल सर, तपाई र मेरो चश्मा बिल्कुल फरक परेछ| पावर र रंग दुवै|
कन्हैया कसरी देशद्रोही र पृथकतावादी? उनले घोषित रुपमै संबिधानलाई शिरोपर गर्ने उल्लेख गरेका छन्| चुनाव लडेका छन| सरकारले पूर्वाग्रहले लेबल भिडाई दिदैमा त्यसैको पछि लाग्ने? सर्बोच्चमा मुद्दा दायिर गर्दैमा त्यसो भन्नु भएन? सुनवाई हुन् बाँकी नै छ|
C K Raut ले मधेशी को हक मा बोल्दा नेपालीले देशद्रोही, पृथकदाबादी दर्जा दिए, ऐले नेपाली हरु कन्हैया जस्तो भारतको भ्रस्ट, देशद्रोही ले गरेको ठिक भन’न लागे, हे राम
कम्युनिष्ट ले कम्युनिष्ट को भाषा emotions बुझ्दो रहेछन …
बेला न कुबेला Venezuela भने जस्तै , भारत देश को भडुवा लाई नेपाली ले hero ठानेको देख्दा नेपाली को common sense माथि प्रश्न गर्न मन लाग्यो.
मैले नि लगभग सबै हेरेको छु| समय संगै धेरै नेताहरुले रंग फेरेका छन् हेरौ कन्हैयाले के गर्छन | भासनमा त जोश र होस भएको जस्तो लाग्छ |
कन्हैया त् के मोदी सिट भारतको मात्रै होईन बिस्वकै कुनै पनि प्रकारको हस्ति तुलना हुने सक्दैन/ उहा धर्मको आवरणमा बिस्वको आँखा छोप्न सक्ने, भुलाउन सक्ने सम्मोहिनी शक्तिको श्रोतनै हुनु हुन्छ/ उहा हिन्दु हुनु हुन्छ/ हिन्दु धर्ममा शिवलाई संहारक मानिन्छ/ “संहार शक्तिकै कुरा गर्ने हो भने उहा सिट शिव पनि प्रतिस्पर्धा गर्न सक्दैन/ उहाको पैर पनि यति भारि छ कि कठोर भन्दा कठोर दण्डको सुनामीले पनि दगमगाउन सक्दैन/ उहाको गति आगमन प्रवेश आदिलाई अरु त् अरु बिस्वमै शक्तिशाली मुलुक अमेरिकाको ” निषेध बन्देज” आदि ले केहि असर पार्दैन/ उहानै भारतमा को कतिको सम्मानको लायक छ भन्ने कुराको अन्तिम निर्णायक हुनु हुन्छ/डेढ अरव भारतियले भन्दैमा गान्धिनै सम्मानको उच्चाईमा सबै भन्दा माथि पुगेको व्यक्ति नहुने उसले हालै प्रमानित्नै गरि दिय; नेपाललाई कास्मिर खाय चपाय झैँ खानु पर्छ चपाउनु पर्छ भन्नेको बिस्वमै ठुलो मुर्ति बनायर/
प्रश्न त् गर्ने तर प्रश्नको जिम्बेबारी लिने र जबाफ दिने कसले इन्डिया र नेपाल को लोकतन्त्र मा ? नेता हरुले सौ खुन गरे पनि माफ , माफिया र गुण्डा राज फैलाएर देश दोहन गरेर विदेश मा धन थुपारे पनि माफ | आज को इन्डिया मा काला धन लेउने भनेर राम देब , मोदी हरु कति कुर्ले गत चुनाब मा तर नाम मात्र को सफलता हासिल पारे |
खरबौ रकम नेताहरुले बिदेस मा थुपारेकै छन् | नेपाल को पनि तेही हालत हो , पाखे नेताहरु राता रात अरब पति भएर देश र विदेश मा जग जागी छ |
पंचायत काल मा जोगीमारा मा बस खस्दा मरिचमान ले लगेर खसाल्यो जस्तो गरि कराउथ्यो पाखे नेता हरु , आज आफुले देश मा बादर नाच गर्दा यिनलाई कुकुर लाएर धपाउने कसले ?
मैले कन्हैयाको सके सम्म धेरै जसो युट्युब हेरेको छु| भारतलाई चाहिएको यस्तो होनहार नवयुवक हो| धर्म र जात उनको प्राथमिकता भित्र पर्दैन|
हाम्रो नेपालमा न यस्तो पृष्ठभुमि भएको कोही युवा नेता नेत्री छन, न त्यस्तो सोच बोकेको कोही| बाबुरामबाट धेरै अपेक्षा गरेका थियौ तर उनी निस्किए खोटा र नक्कली| धेरै अवसर पाएर पनि काम गर्न सकेनन| निराशा मात्र हात लाग्यो| गगनबाट आशा थियो तर उनी सामन्ती र परिवारवादबाट टाडा हुन सकेनन| कन्हैयामा जुन जाँगर, जोश र कटिबद्धता साथै त्याग देखिएको छ, उनमा ५% पनि छैन| प्रकाशमान र गगन दुवै परिवारवाद सितै चरम गरिबी र दलित अवस्थालाई कृत्रिम रुपमा मात्र बुझ्ने गरेका छन| देशका युवा, जसलाई अवसर प्राप्त छैन, उनीहरुलाई हार्वार्डमा पढन पठाउन सट्टा आफैले त्यो अवसर रोज्नेलाई के भन्ने?
अरु युवा नाउका जो अग्र पंक्तिमा छन, पार्टि नेताका दही चिउरे र भजन मण्डली र अरिंगाल ग्याङ्गमा समर्पित छन|
जितुन वा हारुन, भोलि कन्हैयाले कुन बाटो लिन्छन त्यो नेपालको लागी पनि हेर्न लायक हुनेछ|