Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : सोल्टी होटलको क्लबमा पूर्व गभर्नर पुत्रको करङ भाँचियो : मोटरसाइकल पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम फेरि ल्याउने तयारी

Posted on May 19, 2019May 20, 2019 by राजेन्द्र मगर

आज  जेठ ५  गते  आइतबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

उपत्यकाभित्र मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनु पर्ने नियम फेरि ल्याउने तयारी भएको छ।

मोटरसाइकल पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम फेरि ल्याउने तयारी भन्दै पहिलोपोस्टले लेखेको छ।

गत शनिबार पूर्व गभर्नर पुत्र तिलक रावलको छोराले विवेक रावलले होटल सोल्टीमा मदिरा पिएर बितण्डा मच्चाए।

करिब मध्यरात तिर बिल तिर्ने विषयमा क्यासियर र उनीबीच भनाभन भयो। नपिएको मदिराको बिल पठाएको उनले आरोप लगाए। उनी जंगिए, ठूलो ठूलो श्वरले चिच्याए।

‘मलाई चिनेको छैनस् म गभर्नरको छोरा हुँ’,  भन्दै  काउन्टरमा बसेका कर्मचारीलाई ज्यान मार्ने धम्की समेत दिए।

उनलाई म्यानेजरले सम्झाएपनि रावलले पिताको नाम लिँदै निरन्तर गलफत्ती गरिरहे। धम्क्याइरहे। आजित भएपछि म्यानेजरले पहिला क्लोज सर्किट क्यामेरा (सीसीटीभी) को र सर्भरबीचको लाइन छुटाए। अब क्लबको सीसीटीभीले दृश्य क्यामेरामा रेकर्ड नर्गर्ने भयो।

मदिराका सुरमा रल्लिएर तथानाम गरिरहेका विवेकलाई मगर थर भएका म्यानेजरले रामधुलाई सुरु गरे।

घटनाको सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीबाट एउटा टोली सोल्टी हानियो। तर प्रहरी टोली क्लब पुग्दा त्यहाँ सुनसान थियो।

मदिराको सुरमा धाकधम्की दिँदा भक्कु गोदाइ खाएका रावलले  भाँचिएको करङको उपचारको लागि अस्पतालतिर लागे। एक्स–रे सहितको चेक जाँचपछि उनको करङमा नराम्रोसँग दक्खल पुगेको पुष्टि भयो।

सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो भन्दै नेपाल खबरले लेखेको छ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको बरिष्ठ अधिवक्ता शम्भु थापाले आलोचना गरेका छन्। मिडिया काउन्सिल विधेयकको प्रतिरक्षा गरिरहेका बाँस्कोटाको व्यवहारमा थापाले प्रश्न उठाएका हुन्।

थापाले भने, ‘गोकुल बाँस्कोटाको हुलिया अनुसार बोलेको मिल्छ ? गोकुल बाँस्कोटालाई हामीले चिनेको छैन? अहिले हुलिया हेर्नुहोस् त बोलेको हेर्नुहोस् त नेपाली जनतासँग डिल गर्दै हुनुहुन्छ कि हामी त एउटा गए गुज्रेको दासलाई भनेको जस्तो भन्नुहुन्छ।’

वरिष्ठ अधिवक्ता शम्भु थापाको प्रश्न – गोकुल बाँस्कोटाको हुलिया अनुसार बोलेको मिल्छ? भन्दै सेतोपाटीले लेखेको छ।

१० दिनदेखि आमरण अनशनरत मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका नर्सहरुले आमरण अनशन तोडेका छन् ।

उनीहरुको माग पुरा गर्ने १० बुँदे सहमति भएपछि अनशन तोडिएको हो । दिनभर स्वास्थ्य मन्त्रालमा अस्पताल प्रशासन, आन्दोलनरत नर्सहरु तथा नेपाल नर्सिङ संघका पधाधिकारीबीच वार्ता भएको थियो ।

१०बुँदे सहमतिसँगै नर्सको १० दिने आमरण अनशन तोडियो भन्दै अनलाइन खबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

2 thoughts on “आजको खबर : सोल्टी होटलको क्लबमा पूर्व गभर्नर पुत्रको करङ भाँचियो : मोटरसाइकल पछाडि बस्नेले हेलमेट लगाउनुपर्ने नियम फेरि ल्याउने तयारी”

  1. madan bajracharya says:
    May 21, 2019 at 4:37 am

    हेल्मेट लगाउंदै ज्यान बच्ने हुँदैन/ हामि कहा ३०/४० किलो मिटर प्रति घन्टाको स्पिडमा मिलको हिसावले (मुस्किलले १८-२५ माइल प्रति घण्टा) चलाइन्छ/ यस्तो चिप्ले किराको गतिमा हेल्मेट नलगायर मोटर साइकल चलायकोले नै ज्यान गयको हुँदैन/ हेलमेट नै लगाउन दिने हो भने सडकमा हिड्ने यात्रु र बस, ट्रक, माईक्रो आदिमा कोच्चिने यात्रुहरुलाई लगाउन दिनु पर्छ; तिनीहरुलाई हेल्मेट मात्रै होईन पाइन्छ भने कवच कुण्डलनै लगाउन दिनु पर्छ/

    नेपालमा सडक दुर्घटनामा मर्नु कारण सडकको दुरावस्था बाहेक गाडी चलाउनेहरु दानव बन्नुनै हो/ जथाभावी गाडी चलाउने दानवहरु सडकलाई “उसको ..उ” को घरको गल्लि ठान्छन/ लेनको मतलव राख्दैन/ अरुलाई ओभर टेक गर्नु आफ्नो शान ठान्छन/ सडकमा हिड्ने बटुवा आफ्नो सवारीको अनादर गर्ने किच्चायर मारे पनि पाप नलाग्ने प्राणि ठान्छन/ अनि ट्राफिक प्रहरी तेस्तो द्राइभरलाई आफ्नो ज्वाई ठान्छन; यक महिना ससुरालीमा ( जेल लाई ससुराली पनि भनिन्छ) सम्मानित गरेर यौटा खसी किन्न पनि नपुग्ने जरिवाना गरे पछि गाडीले किच्चायर मान्छे मारेको अपराध बात ससमान मुक्त हुने/

    अब हेल्मेट अनिवार्य गरिनुको सम्भावित कारणहरु उल्लेख गर्नु अघि बिगतको केहि कुरा लेख्छु/ भारतमा ट्याक्सीको अलग्गै रंग हुनु पर्ने नियम बनायो/ तत्कालै नेपालमा पनि ट्याक्सीलाई पाटे बाघ जस्तै देखिने गरि रंगाउनु पर्ने नियम बनायो/ अब हेर्नुस ट्याक्सीमा माथि ट्याक्सी लेखियको राति बती समेत बाल्ने बोर्ड राखेकै हुन्छ/ फेरी ट्याक्सीको मिटर पनि बाहिर बाटै देखिने गरि राखेको हुन्छ/ तापनि भारतमा ट्याक्सीको रंग अलग्ग हुनु पर्ने नियम बन्ना साथ् नेपालमा ट्याक्सीलाई सडकमा गुड्ने बाघ जस्तै देखिने गरि रंगाउनु किन पर्यो? भारतको नक्कल गर्न मात्रै त् पक्कै होईन/ रंग नेपालमा बन्दैन/ यउटा गाडी रंगाउन हजारौको रंग भरात बात आयात गर्नु पर्छ/ त्यो नियमको कारण खुव बिके भारतमा बनेको रंग नेपालमा/ रंग बिकेकोमा रंगको कमायको बाँडी चुँदी खाने खुवाउने व्यापारीहरुले पनि कमायो अरु(!!!??)ले पनि कमायो/ पछि भारतमा ट्याक्सीको रंग पुरै अर्को लगाउनु पर्ने नियम बदलितो/ नेपालमा पनि बदलियो/ अब पहिला बाघ जस्तो देखिने गरि रंगाउनु पर्ने नियम बदलेर ट्याक्सीको छत मात्रै पहेंलो बनाउनु पर्ने नियम बन्यो/ अब बाघ जस्तो देखिने गरि रंगायाको गाडी फेरी रंगाउनु पर्यो/ फेरी खुव बिक्यो भरत बात आयात गरेको रंग/ रंग बेच्ने बेच्ने ……..ले खुव कमायो अनि उनीहरुको कमाई बात अरुले पनि कमायो/

    हेलमेट अनिवार्य गर्दा पनि यस्तै कुरा चलेको थियो/ सायद अहिले पनि यस्तै कारणले ……गरेको हुन् सक्छ/

    नेपालमा सडक दुर्घताना कम गर्नु छ बा सडक दुर्घटना बात ठुलो चोट पटक हुन् नदिनै हो भने ट्राफिक नियम कडा गरियोस/ जथाभावी गाडी चलाउनेलाई पहिलो पटक ७ दिन कैद दोश्रो पटक १ महिना अनि तेश्रो पटक पनि तेसो गरे ६ महिना कैद गरि चालक अनुमति १० बर्ष सम्म निलम्बन गरोस/ ट्राफिक नियम पालना नगरी गाडी चलायको कारणले दुर्घताना गर्नेलाई घाईतेको उपचार खर्च मात्रै होईन छ्यति पूर्ति लगायत कमसेकम १० लाख जरिवाना र यक बर्ष कैद गरोस/ आफ्नो गाडीको ठक्कर बात घाईते मात्रै भयकोलाई गाडी ब्याक गरेर किच्चायर मार्नेलाई नियोजित तरिकाले निर्दोषको हत्या गरेको अपराधमा २० बर्ष अनिवार्य कैद सहित सर्वाशो हरण गरेर पिडित परिबारकोलाई दिउन/

    Reply
  2. Kishor Khadka says:
    May 20, 2019 at 8:55 pm

    ब्लग लेखौ सालोक्यजी ब्लग, पुरानो ढांचाको ब्लग नै ठिक छ I समाचारको लागि अरु थुप्रै स्रोतहरु छन् आजकल I माइसंसारको ब्लगमा जतिको रमाइलो अरुमा छैन – मेरो बिचार !!!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme