Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एक हैन तीन बुद्ध जन्मिएको देश हो नेपाल

Posted on May 18, 2019 by Salokya


प्रश्न : बुद्धका चार आर्यसत्यबारे थाहा छ?‬
‪उत्तर : थाहा छैन‬ ।
‪प्रश्न : बुद्धले बताएका अष्टांगिक मार्गबारे थाहा छ? ‬
‪उत्तर : छैन ।‬
‪प्रश्न : बुद्धले सिकाएको ज्ञान र ध्यानविधि थाहा छ?‬
‪उत्तर: छैन ।‬
‪प्रश्न : अनि के थाहा छ त? ‬
‪उत्तर : बुद्ध वाज बर्न इन नेपाल।‬

फेसबुकमा निकै सेयर भएको स्टायटस हो यो। बुद्ध वाज बर्न इन नेपालले केही नेपालीलाई यति गाँजेको छ कि अरु कुरा केही पनि सुन्न र बुझ्न चाहँदैनन् उनीहरु। बुद्ध नेपालमा जन्मिएको विश्वलाई देखाउने भन्दै टुँडिखेलमा गिनिज बुकमा लेखाउने भन्दै भेला भएर नाचगान पनि गरेका थिए। तर महिनौँ भइसक्यो, गिनिज बुकले बाल दिएको छैन। विश्वले देख्यो कि देखेन उनीहरुलाई नै थाहा होला। आज बुद्ध पूर्णिमाको अवसरमा ‘बुद्ध वाज बर्न इन नेपाल’वालाहरुले शायदै थाहा पाएको एउटा तथ्य- नेपाल एउटा मात्र बुद्ध जन्मिएको देश हैन। 

बुद्ध भन्ने बित्तिकै धेरैले सिद्धार्थ गौतमलाई मात्रै बुझ्छन्। तर सिद्धार्थ गौतम आफैले भनेका थिए- म अगाडि कति जना बुद्ध भएका छन्, म पछि पनि कति बुद्ध बन्ने छन्।

खासमा बुद्धमा सिद्धार्थ गौतमको मोनोपोली छैन। जो पनि बुद्ध बन्न सक्छन्। हामी सबैसित ‘बोधी’ को बीऊ हुने गर्छ। त्यसलाई हुर्काउन सक्यौँ भने बुद्ध जो पनि बन्न सक्छ। तर सजिलो छैन त्यो जगाउन। सजिलो भइदिएको भए हरेक मान्छे बुद्ध हुन्थे नि।

बुद्ध आफैले गौतम शरमण् गच्छामी भन्न दिएका थिएनन्। उनले बुद्धम् शरणम् गच्छामी भन्न लगाए। त्यो भनेको बोधीको शरणमा जान्छौँ भनेका हुन्। उनीअघि र पछि जन्मने बुद्धको शरणमा जान भनेका हुन्।

सिद्धार्थ गौतम मात्र नेपालमा जन्मिएका हैनन्, तीन जना बुद्धको जन्मभूमि हो नेपाल। को को बुद्ध जन्मिएका थिए त नेपाल?

१) ककुसन्ध बुद्ध

ककुसन्ध पाली भाषामा र संस्कृतमा क्रकुच्छंद बुद्ध थेरवादी परम्परा अनुसार अहिलेको कल्प (भद्रकल्प) का पहिला बुद्ध हुन्। यो कल्पमा पाँच बुद्ध हुने मानिन्छ। त्यसमध्ये पहिलो ककुसन्ध हुन् भने चौथो गौतम बुद्ध हुन्। पाँचौँ आउनेवाला बुद्ध चाहिँ मैत्रेय बुद्ध।

ककुसन्ध बुद्धको जन्म खेमावतीमा भएको हो। खेमावतीलाई गोटीहवा नामले अहिले चिनिन्छ। यो नेपालको कपिलवस्तुबाट चार किलोमिटर दक्षिणपूर्वमा पर्छ। लुम्बिनी आउँदा सम्राट अशोक गोटीहवा पनि गएका थिए। त्यहाँ पनि उनले पिलर गाडेका थिए। गोटीहवामा स्तुप पनि छ।

पाली परम्परामा ककुसन्ध २२ औँ बुद्ध हुन्। उनका पिता अग्गिदत्त खेमावतीका राजा खेमंकरका ब्राह्मण पुरोहित थिए। उनकी आमाको नाम विशाखा र पत्नीको नाम विरोचमना र छोराको नाम उत्तर थियो।

चार हजार वर्षको आयुमा एउटा रथमा चढेर उनले सांसारिक जीवन परित्याग गरेको मानिन्छ। शिरीष वृक्षमुनि उनलाई ज्ञान प्राप्त भएको र प्रथम उपदेश मकिला नजिकको एउटा बगैँचामा ८४ हजार भिक्षुलाई दिएको भनिन्छ।


गोटिहवाको अशोक पिलर।

यो पनि हेर्नुस्
Excavations at Gotihawa: A note on the results obtained during the firsrt excavation campaign in winter 1994-95

२) कोनागमन बुद्ध

कोनागमन बुद्ध यो कल्पका दोस्रो बुद्ध हुन्। पालीमा कोणागमन भनिए पनि संस्कृतमा कनकमुणि, कोणागन, कनकगामना पनि भनिन्छ। थेरवादी परम्परा अनुसार उनी २६ औँ बुद्ध हुन्। सोभवती नगरमा यज्ञदत्त ब्राहृमणकी भार्या उत्तराको कोखमा सुभगवती उद्यानमा उनको जन्म भएको हो।  कपिलवस्नु जिल्लाको सदरमुकाम तौलिहवादेखि ७-८ कि. मि. उत्तरमा पर्ने निग्लिहवा गाउँमा पनि अभिलेखसहितको अशोक स्तम्भ रहेको छ ।  यो  कनकमुनि (कोनागमन) बुद्धसँग सम्वन्धित रहेको छ।


फोटो By DiverDave – Own work, CC BY-SA 4.0, Link

निग्लिहवाको भाँच्चिएको अशोक स्तम्भ। फोटो By DiverDave – Own work, CC BY-SA 4.0, Link

(अघिल्लो वर्षको बुद्ध पूर्णिमाको दिन पहिलो पटक प्रकाशित)

5 thoughts on “एक हैन तीन बुद्ध जन्मिएको देश हो नेपाल”

  1. ललितकुमार तामाङ says:
    May 19, 2019 at 3:01 pm

    आज देशमा दिनप्रतिदिन असामान्य तरिकाले हत्या र हिंसा वृद्धि हुँदै गएको छ । मदेशमा दाइजोको निहुँमा सासू र ससुरो मिलेर बुहारी माथि मट्टीतेल खन्याउदै क्रूर ढङ्गले जिउँदै जलाइएको घटना सेलाउन नपाउँदै भक्तपुरमा श्रीमान द्वारा आफ्नै श्रीमतीको घाँटी छिनालेर टाउको हातमै बोक्दै गरेको फिल्मि शैलीको दृश्यले मुटु नै सिरिङ्ङ बनाइएको पिडा मेट्न नपाउँदै ललितपुरमा फेरि जेठाजु रूपी राक्षसले पाशविक र विभत्सपुर्ण ढङ्गले आफ्नै बुहारीको घाँटीमा पटक-पटक खुकुरी प्रहार गरि हत्या गरेको दर्दनाक र कहालि लाग्दो घट्नाले हामी आम नेपालीहरूको मस्तिष्क खलबलिएको छ । आज देशमा हरेक दिन हरेक हप्ता साना-साना किशोरीहरू आफन्त द्वारै बलात्कृत र बलात्कार पछि राक्षसी पारामा हत्या भईरहेकाहुन्छन् ।
    यी सबै परिघट्नाहरूलाई एक पटक हृदयमा राखेर सोचौं त के हामीले कल्पना गरेका नयाँ नेपालका नयाँ नेपाली समाज यही थियो त ?
    एका पट्टि बुद्ध वाज बोर्न ईन नेपाल भन्दै सुगाले झैँ रटट रट्ने तर व्यवहारमा बुद्धको उपदेशको धज्जी उडाउने नेपाली समाजको यस्ता अव्यवहारिक पक्ष देख्दा मलाई दुख र घृणा लागेर आउँछ ।

    बुद्ध नेपालमा जन्मिदैमा किन गर्व हुनु पर्यो र ?
    जबकी तपाइँको देशमा सरकारले बौद्ध शिक्षा अनिवार्य रूपमा लागू गर्नै सक्दैनन् भने ?
    जबकी शान्ति, सुख, प्रेम र करुणाको प्रतीक पवित्र वस्त्र खादाको अपमान गर्छ भने ?
    खादा एक शुद्धता तथा करुणाको प्रतीक हो र जन्मदिन, शुभ-विवाह, अन्त्येष्टि, उपाधि ग्रहण र अतिथिको आगमन तथा प्रस्थान सहितको विभिन्न औपचारिक अवसरहरूमा प्रयोग गरिने यस्ता बौद्ध मन्त्र युक्त पवित्र वस्त्रलाई किन पटक-पटक अपमान गर्ने गर्छ नेपालमा ?
    हो यही र यस्तै एक ले दोस्रोको संस्कारलाई सम्मान गर्न नजान्ने नेपाली समाज भित्र विकसित हुँदै गएको कु-संस्कार ले गर्दा नै नेपाली समाज हिंसात्मक, असभ्य, अन्यायपूर्ण र विभेदपूर्ण तर्फ उन्मुख हुँदै गएको हो । यसको केही हिस्साको जिम्मा सम्माननीय प्रधानमन्त्री ज्यू ले लिनुपर्दछ ।

    किनकी वहाँ द्वारा नै खादा बहिष्कृत जस्ता कु-संस्कारको सुरुवात भएको थियो ।
    त्यसैले
    केवल भौतिक, आर्थिक र प्रविधिको विकासले मात्रै सभ्य समाजको सुनिश्चित भएको मानिँदैन ।

    सभ्य, सुन्दर, समुन्नत, हिंसारहित, विभेदरहित, न्यायपुर्ण समाज निर्माणका लागि समुदाय तथा समाजका सदस्यहरू बीच पारस्परिक सम्मानको आवश्यक पर्दछ ।
    उच, निच, वर्ग, लिङ्ग, धर्म, जातजाती बीचको असमानताको पर्खाललाई भत्काउनु पर्दछ । यसका लागि बौद्ध शिक्षा अर्थात बुद्धका उपदेश सहितको पाठ्यक्रमको विकास गर्न जरुरी छ ।

    २५६३ औं बुद्ध जयन्तीको शुभ अवसरमा नेपालमा शान्ति, सुन्दर तथा सभ्य समाजको स्थापना होस भन्न चाहन्छु ।

    Reply
  2. madan bajracharya says:
    May 19, 2019 at 9:47 am

    बुद्ध भने पछि अहिले मानिने त् गौतम नै हो/ नेपाल यकिकरणगर्नेले गौतम जन्मेको लुम्बिनीले चर्चेको भुमि चाहि नेपालको बनायो तर गौतमलाई नेपालको मानेको केहि देखियन/ उनीहरु नेपाल सम्मै आयर बौद्ध धर्म; बौद्ध बिहार, गुम्बा र बौद्ध ग्रन्थ तोड्ने मास्ने आदि शंकराचार्यको चेलाहरुले “आफुलाई बिस्नुको अवतार” भनेकोमै मगन तथा फुरुंग बनि रहे/ उनीहरुको निमित भारतको अयोध्याको राजाको रामायण नेपालीमा उल्तिनु महान कुरा भयो तर बिस्वले मानेको नेपालको गौतम बुद्धको मूल ग्रन्थ त्रिपतिक
    आज सम्म पनि बर्मा मा बर्मेली भाषा पालिमै मात्र भयको कुरा बेमतलवको भयो/ तेसैले हो भारतले बुद्ध भारतमा जन्मेको भन्दै नक्कली लुम्बिनी समेत बनाउन सकेको/

    आज हामीले गौतम बुद्ध नेपालमा हो भन्न पायको श्रय हामीले नेपालको शासक बर्गलाई होईन अशोक राजा र संयुक्त रास्ट्र संघको उ थांतलाई दिनु पर्छ/ उ थांतले गौतम बुद्ध भारतमा जन्मेको भन्दै गर्दा नेपालको लुम्बिनिमै उत्खनन गराउनु शालीन तरिकाले फताह भारतको गाला चर्काउनु नै हो/ लुम्बिनी उत्खनन गराउँदा त्याहा अशोक स्तम्भ फेला पर्यो तेस्ले गौतमको जन्म नेपालको लुम्बिनी भयको प्रमाणित भयो/ लुम्बिनी उत्खनन गर्दा त्यहा बात निक्लेको पुरातात्विक महत्व भयको कयौं ट्रक का ट्रक सामानहरु भारतले थप अध्ययन गर्नु पर्ने भनेर भारत लगेकोथियो/

    उ थांतले गरायको उत्खननको कारणले भारतले गौतम बुद्ध भारतमा जन्मेको भन्न नपायर तिल्मिलायको भारतले नेपालको सक्कली लुम्बिनीको सिमा पारि बुद्धकालीन सामाग्रिहरु राखेर नक्कली लुम्बिनी बनायो/नेपालको शासकहरुले न त् भारतले नक्कली लुम्बिनी बनायकोमा बिरोध गरे न त्यहा सजायको बुद्ध कालिन सामाग्रिहरु उहिले भारतले थप अध्ययन गर्नु पर्ने भनेर लागेकै सामानहरु हुन् सक्ने भन्ने कुरामै बिचार गरे/ यति मात्रै हो र .लुम्बिनीमा भयको बुद्ध कालिन सामग्रीहरु चोरि गरेर नक्कली लुम्बिनी पुर्याउन नसकुन भन्ने कुराको ब्यबस्था समेत गरेन/

    आज पनि नेपालको नेपालको सत्ताको नेतृत्व गरि सकेको र गर्न सक्ने बा गर्ने सपना देखि रहेको दलहरुको गौतम बुद्ध प्रतिको ……बिस्वले मानेकोले मात्रै र मानेमा डलर युरो कमाउन सकिने भयकै नभयको भय आज पनि ५०० बर्ष पहिला बौद्ध समुदायले बनाई चलाई आयको असनको अशोक ब्रिछ्य बिहार तोडेर व्यापारीको ब्यापार मल भवन बनाउन दिंने निरणय गर्दैनथ्यो/

    Reply
  3. सौरभ says:
    May 19, 2019 at 9:38 am

    Buddha was born in Nepal भनेर नथाक्नेहरुले सोच्न परने कुरो|
    किन हाम्रा बिदेशी नियोग/राजदुतावासहरुले बुद्ध जयन्ती मनाउदैनन?
    उदाहरणका लागि, तीजमा धुन्धानले गम्किने वाशिंगटन डीसी स्थित नेपाली राजदुतावासलाई बुद्ध जयन्ती आएको गएको केहि पत्तै गर्दैन| त्यति मात्र
    कंहा हो र? बौद्धमार्गी र बौद्ध दर्शन प्रिय नेपाली समुदायले मनाएको
    बुद्ध जयन्तीमा बिचरो महामहीम राजदुतको सहभागिताको त कुरै छाडौ, नेपाली जनताले तिरेका कर बाट तलब भत्ता खाँदै आएका राजदुतावासका कसैको पनि उपस्थति शुन्य हुन्छ| उक्त दिन चासो राख्नेलाई बोलाएर एउटा सानो समारोह वा गोष्टी अन्तरक्रिया कि राजदुतावास आफैले वा कसैको तत्वाधानमा गराउने सोच किन भएन?
    यो भन्दा ठुलो लापरवाही, गैर जिम्मेवारी र उदासीनता के हुन् सक्छ? अन्य राजदुतावासको पनि त्यही स्थिति छ|
    “जनता जान्न चाहन्छ”का चर्को स्वरवाला महोदयले यस्ता प्रश्न उठाउने
    हिम्मत गर्ला?
    Buddha was born in Nepal भनेर कुर्लेर मात्र केहि हुनेवाला छैन|

    Reply
  4. Glacier Family Treks says:
    May 19, 2019 at 5:45 am

    Of corse, bouddha was born in nepal! So, no need to force telling the to world! When someone starts learning anout boudhism and about boudha, then s/he will know the fact.
    And, the world does not know more about the boudhism nor nepal nepalese know no more in detailed. We know only Gautam little bit abd boudha more!
    Thank you

    Reply
  5. Shankar says:
    May 19, 2019 at 1:25 am

    हुन् त् प्रचण्ड लाइ महान भन्ने हरुले उसलाई पनि बुद्द मान्छन कि ? कुनै बेला छबिलाल दाहाल स्वयम् को मुखार बिन्द बाट निस्क्या थ्यो , अब म बुद्द्द भैसके |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme