Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर: सुन पसलबाट एसिड ल्याएर ‘विष्णुले श्रीमती जलाए, गाडी दिँदा आलोचनाको डर, मोटरसाइकल दिने निर्णय

Posted on May 16, 2019 by राजेन्द्र मगर

आज  जेठ २ गते  बिहिबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

बुधबार साँझ कालोपुलमा एसिड आक्रमणमा परेकी युवतीलाई आफ्नै श्रीमानले एसिड प्रहार गरेको खुलेको छ।

अहिले उनको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

काभ्रे घर भएका विष्णु भुजेल एसिड आक्रमणको अभियोगमा पक्राउ परेका छन्। प्रहरीले भुजेललाई नियन्त्रणमा लिँदा उनको कपडा एसिडले जलेको अवस्थामा भेटिएको थियो।

भुजेल काभ्रेमा एक मोटर ग्यारेजमा काम गर्दै आएका थिए। दुई बीच पाँच वर्षअघि विवाह भएको थियो। केही समयदेखि वैवाहिक सम्बन्ध राम्रो नभएपछि उनीहरु अलग बस्दै आएका थिए। भुजेलले दोस्रो विवाह गरेकाले उनकी श्रीमती कालोपुलमा आमासँग बस्दै आएकी थिइन्।

काभ्रेको सुन पसलबाट एसिड ल्याएर ‘विष्णुले श्रीमती जलाए भन्दै पहिलोपोस्टले लेखेको छ।

पूर्वसांसद गायत्री साह र उनका पति राजेश महतोलाई जिल्ला अदालत ललितपुरले तारेखमा छोडेको छ।नवजात शिशुलाई परित्याग गरेको अभियोगमा प्रहरीले उनीहरुलाई मुद्दा दायर गरेको थियो।

साह साधारण तारेखमा छुटे पनि उनका पति राजेश महतोसँग भने अदालतले २० हजार धरौटी मागेको छ।

अदालतले मागको उक्त रकम बुझाएर बुधबार उनीहरू दुवै थुनामुक्त भएका हुन्।

सरकारले लगायो पूर्वसांसद साहविरूद्ध बच्चा परित्याग गरेको अभियोग, अदालतले छोड्यो तारेखमा भन्दै सेतोपाटी लेखेको छ।

चालू आर्थिक वर्षको पहिलो आठ महिनामा पेट्रोलियम पदार्थको आयातमा करिब ३६ प्रतिशतले वृद्धि भएकाे छ।

उक्त अवधिमा पेट्राेलियम आयात बढेर एक खर्ब ३७ अर्ब ६० करोड पुगेको हाे।

चालू आर्थिक वर्षको पहिलो आठ महिनामा व्यापारघाटा करिब २४ प्रतिशतले वृद्धि भई आठ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ।

नेपालमा विदेशी वस्तु तथा सेवा मुख्यगरी भारत, चीन तथा तेस्रो मुलुकबाट आयात हुने गर्दछ।

समीक्षा अवधिमा देशको कुल निकासी १५ दशमलव ३ प्रतिशतले वृद्धि भई ६१ अर्ब २२ करोड तथा कुल पैठारी २२ दशमलव ९ प्रतिशतले वृद्धि भई ९ खर्ब ४९ अर्ब ११ करोड पुगेको छ। गत आर्थिक वर्षको पहिलो आठ महिनामा निकासी पैठारी व्यापारको अनुपात एक दशमलव १५ प्रतिशत रहेकामा चालू आवको सोही अवधिमा यसको अनुपात एक दशमलव १६ प्रतिशत पुगेको छ।

आठ महिनामा एक खर्ब ३७ अर्बकाे पेट्रोलियम पदार्थ आयात भन्दै नेपाल खबरले लेखेको छ।

गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लाका प्रहरी कार्यालयलाई मोटरसाइकल बाँड्ने भएको छ। प्रदेशभित्रका जिल्ला, इलाका, वडा प्रहरी चौकीहरुलाई गरी ९० लाख रुपैयाँ बराबरको मोटरसाइकल हस्तान्तरण गर्ने भएको हो।

प्रहरी प्रदेश सरकार मातहत आइनसकेको भए पनि यहाँ शान्ति सुरक्षाको जिम्मा उसैले पाएकाले आवश्यकताका आधारमा मोटरसाइकल प्रदान गर्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले भने  ‘यो वर्ष ११ वटै जिल्लाका प्रहरी कार्यालयहरुलाई आवश्यकताका आधारमा मोटरसाइकल उपलब्ध गराऔं, अर्को वर्ष गाडी वा अरु व्यवस्थापन गरौंला भन्ने छ,’

गण्डकी प्रदेशले प्रहरीलाई उपलब्ध गराउने मोटरसाइकल कम्तिमा १५० सीसीको हुनेछ । ९० लाख रुपैयाँले ४० देखि ५० वटा मोटरसाइकल खरिद गर्न मिल्नेछ । गण्डकीका ११ जिल्लामा २ सय ६८ वटा प्रहरीका इकाइ छन् ।

गाडी दिँदा आलोचनाको डर, मोटरसाइकल दिने निर्णय भन्दै अनलाइन खबरले लेखेको छ।

 

1 thought on “आजको खबर: सुन पसलबाट एसिड ल्याएर ‘विष्णुले श्रीमती जलाए, गाडी दिँदा आलोचनाको डर, मोटरसाइकल दिने निर्णय”

  1. madan bajracharya says:
    May 17, 2019 at 6:59 am

    दुखु सबैको निमित पीडादायक हुन्छ तर महिलाको निमित कुरुप बनाइनु पिडा हलाल अर्थात नमरेकै अबस्थामा छाला काधिनु भन्दा भयनाक दर्दनाक हुन्छ/ किनभने हलाल गरिने पशु मर्छ तर तेजाव हानेको महिला आजीवन पिडित भै रहन्छ/ यस्तो पिडा दिने व्यक्तिलाई मात्र केहि बर्ष जेल सजाय; त्यो पनि पाइहाल्ला भन्ने के हि ग्यारेंतिनै छैन/ बलात्कारीलाई सायद यक घण्टा भित्र हो क्यारे बलात्कृत हुनेले मार्न पाउँछ/ बलत्कृत हुनेलाई समाजिक प्रतिष्ठामा आघात पुग्छ तर यसिद हानियकि महिलालाई जिन्दगि भर सामाजिक आर्थिक शारीरिक र मानशिक पिडा मात्रै होईन परिबारको बोझ बनेर जिउनु पर्ने बाध्यता पनि हुन्छ/ त् कानुन बनाउनेलाई बलात्कार गर्ने भन्दा यसिद हान्ने सानो अपराधि किन भयो? अहिले नेताहरुलाई अप्ठ्यारोमा पार्नेलाई जस्तो जस्तो सजाय दिन सकिने र कति सम्म जरिवाना गरिन सक्ने भन्ने कानुन बन्दै छ तेस्ले यसिद हान्नु बलात्कार गर्नु जस्तो अपराध पनि नेतालाई गालि गर्ने अपराध भन्दाझिनो मसिनो नै ठानेको देखिन्छ/
    सायद कुनै दिन कुनै …..लाई यसिद हानेर भाषण शासन गर्न जान पनि अप्ठ्यारोमा पारे मात्रै यसिद हान्नेलाई कडा सजाय हुने कानुन बन्छ होला/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme