Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अहो, अहिले करोडै जिते ! त्यतिबेला लाखको चेक दिने, पैसा नदिने हुँदा मुद्दा परेर कार्यक्रमै रोकिएको थियो

Posted on May 13, 2019May 13, 2019 by Salokya


हु वान्ट्स टु बी अ मिलिनियरको फ्रेन्चाइजका रुपमा भारतमा अमिताभ बच्चनले कौन बनेगा करोडपति चलाए। अहिले नेपालमा राजेश हमालले को बन्छ करोडपति चलाइरहेका छन्। त्यही कार्यक्रमको पहिलो सिजनको आइतबार प्रसारण भएको कार्यक्रममा राजीव जैनले एक करोड जिते।

एक करोडको चेक दिइए पनि उनले कर कटाएर ७५ लाख मात्र पाउनेबारे लेखिएको ब्लग छुटाउनुभएको भए यहाँ क्लिक गरी पढ्नुस्। अचेल त चेक बाउन्स भए उजुरी हालेर थुनिन्छ। तर त्यतिबेला त्यस्तो थिएन। यस्तै खालको एउटा कार्यक्रम जमानामा मदनकृष्ण श्रेष्ठले चलाएका थिए।

मदनकृष्ण श्रेष्ठले आफ्ना संस्मरणसहितको पुस्तक ‘महको म’ बजारमा ल्याएका छन्। त्यसको एउटा च्याप्टर यही टिभी कार्यक्रमबारे छ।

विज्ञापन एजेन्सी चलाएर बसेका प्रताप थापाले फ्रेन्चाइज हैन तर त्यस्तै फरम्याटको नगद पाँच लाख नामको कार्यक्रम सञ्चालन गर्ने भए। त्यसका लागि उनले मदनकृष्ण श्रेष्ठलाई प्रस्ताव गरे। पुस्तकमा उनले लेखेका छन्- ‘सामान्य ज्ञान, विशेष ज्ञानसम्बन्धी प्रश्न सोधिने एक प्रकारको बौद्धिक तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्नु राम्रै हो र उक्त काम मलाई समयले पस्किएको जिम्मेवारी हो जस्तो लाग्यो। धेरै सोचेर मैले प्रतापको प्रस्ताव मान्ने निर्णय गरेँ।’

यो त्यतिबेलाको समय थियो जतिबेला हरिवंश तँ त साह्रै बिग्रिस् नि बद्री नामको फिल्म बनाउन व्यस्त थिए। कार्यक्रम सुरु भयो। अमिताभ बच्चन उताको कार्यक्रममा कम्प्युटर जी भनेर सम्बोधन गर्थे। यता मदनकृष्ण ‘कम्प्युटर भाइ’ भन्थे।

कार्यक्रम त भयो तर पैसा जित्नेले पैसा पायो कि पाएन भन्नेमा मदनकृष्णले आफू सतर्क भइरहेको पुस्तकमा लेखेका छन्। कार्यक्रम सुरु भएको करिब पाँच महिनापछि दुई चार जना विजेताले रकम नपाएको गाइँगुइँ उनको कानमा पर्‍यो। उनले प्रतापलाई सोधे पनि। अनि भनेछन् जुन दिन विजेता आफैले पैसा नपाएको कुरा मलाई भन्छ, त्यो दिनदेखि कार्यक्रम छाडिदिन्छु।

छैटौँ महिनाको अन्तिम साता कान्तिपुरका पत्रकारले पैसा नपाएका पीडितसँगै फोनमा कुरा गराइदिएपछि उनले कार्यक्रम चलाउन छाड्ने निर्णय गरे।

विजेताहरुलाई दिनुपर्ने पैसा नदिई कार्यक्रमलाई निरन्तरता दिन खोजेपछि पुनरावेदन अदालतमा मुद्दा दर्ता भयो। मुद्दा दर्ता गराउने मदनकृष्ण स्वयं थिए। पुस्तकमा उनले लेखेका छन्- ‘मैले पुनरावेदन अदालत पाटनमा मुद्दा दर्ता गरेँ। अदालतले कार्यक्रमको नियमबमोजिम विजेताको सबै पैसा चुक्ता नगरी कार्य्रकमको नयाँ भाग उत्पादन र प्रसारण नगर्न अन्तरिम आदेश दियो। अदालतको आदेशपछि पनि कार्यक्रम जारी राख्न अनेक प्रयास भए। केही विजेतालाई पैसा दिएको खबर पनि सुनेँ। तर कार्यक्रमको नयाँ शृङ्खलाको प्रसारण भने हुन सकेन।’

6 thoughts on “अहो, अहिले करोडै जिते ! त्यतिबेला लाखको चेक दिने, पैसा नदिने हुँदा मुद्दा परेर कार्यक्रमै रोकिएको थियो”

  1. Yogendra says:
    May 16, 2019 at 10:34 pm

    त्यही त भनिराछु त, Android version 1.५ जसलाई Cupcake पनि भन्छन, यो पछि निस्केका सबै Android हरुको नाम Alphabetic order मा छ के नाम| Cupcake, Donut, Eclair हुदै Pie सम्म| Release Date अनुसार नै त भयो नि |

    Ref: https://en.wikipedia.org/wiki/Android_version_history

    Reply
  2. राजा देवकोटा says:
    May 14, 2019 at 1:04 pm

    सबैलाई थाह छ यो डमी छेक हो भनेर तर कम से कम बैंकिंग अनुशासन कायम भएको चेक बनाएको भए हुने नि आयोजग ले ! कस्तो त्रुटी !!! अंग्रेजी र नेपाली मा लेखेको छ , यति त ध्यान दिएको भए हुने नि |

    Reply
  3. madan bajracharya says:
    May 13, 2019 at 10:00 pm

    सबै कुरा भारतकै नकल गर्नु पर्छ? संस्कार भासा र प्रदर्शनको नकल जिस्क्याउन गरिन्छ/ नकल हिन भावना भयकोले गर्छ/ नकल अक्कल नभयकोले गर्छ/ संगै भयकाको संगतिले केहि प्रभाव पर्नु सम्म त् ठिकै थियो तर जस्तो जस्तो भारतीयको ….को नकल गरिंदै छ तेस्ले नेपालको मौलिकता मात्रै होईन नेपालीको समाज र जीवन शैलिमा मात्रै होईन देसको सार्वभौमसत्ता मै समेत नकारात्मक असर पार्दै आयको छ; तापनि भारतीयको नकल गर्ने नकल्चि प्रविती भयकाहरु चेतेको छैन/ यस्तै गर्दै जाने हो भने मौलिक नेपाल र नेपालिको देस संस्कृति र संस्कार अनि भाषा पनि कस्तो थियो भन्ने मात्रै होईन नेपाल भनिने देस को इतिहास र भूगोल बुझ्न समेत कुनै दिन भारतको संग्रहालयमा हेर्न जानु पर्ने हुन्छ/ के कमि थियो र छ मौलिक नेपालमा, तुलनानै गर्ने हो भने नेपालको इतिहास भूगोल समाज संस्कृति र संस्कार र नेपालिहरु भारतको इतिहास भूगोल समाज संस्कृति र संस्कार र भारतीयहरु भन्दा कुनै कुरामा कम होईन उत्कृस्टनै भयको पाउञ्छौ/ संगै बस्नेको प्रभाव आफ्नै अस्तित्व हराउने हद सम्म त् पर्न दिनु हुँदैन/ तेसैले अस्तित्व केहि गरौँ त् आफ्नै नेपालि पारामा गरौँ चाहे त्यो नकल गर्ने कार्य नै किन नहोस/

    Reply
  4. Yogendra says:
    May 13, 2019 at 8:50 pm

    Bibek Kunwar Jee, If you know google names android version in alphabetic order, you can answer that fastest finger question very fast.

    Reply
  5. Bibek kunwar says:
    May 13, 2019 at 1:22 pm

    This is the first time in kbc nepal; i was not able to answer fastest finger first question. I have no doubt rajiv sir is brilliant. But do any of u think 0.001% chance that program could have been fixed?

    Reply
    1. Bibek kunwar says:
      May 14, 2019 at 9:21 am

      Yogendra ji; Question doesn’t say alphabetical order, otherwise every contestents could have answered easily. When it says android version in ‘krambaddha’ then i thought it was by release date. In this question ‘Krambaddha’ may refer both alphabetical order or order according to release date which is pretty tricky.

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme