Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एक करोड जिते पनि किन करोडपति हुन पाउँदैनन् राजीव जैन?

Posted on May 13, 2019May 13, 2019 by Salokya


फ्रेन्चाइज शो ‘को बन्छ करोडपति’ को आइतबार प्रसारण भएको कार्यक्रममा विराटनगरका राजीव जैनले गज्जबै गरे। गजबको कन्फिडेन्सका साथ १५ वटै प्रश्नको सही जवाफ दिएर करोड जिते। कार्यक्रम सञ्चालक राजेश हमालले एक करोडको चेक पनि दिए। तर उनी करोडपति भने हुन पाउने छैनन्।

किन थाहा छ?

त्यो चेकमा लेखिएको ठ्याक्कै एक करोड उनले पाउने छैनन्।

किन त ?

राजीवको त्यो आम्दानीलाई ‘आकस्मिक लाभ’का रुपमा कानुनले हेर्छ। नेपालको कानुन अनुसार उनले त्यसको २५ प्रतिशत कर राज्यलाई बुझाउनु पर्छ। अर्थात् एक करोडको २५ लाख रुपैयाँ। भन्नाले उनले पाउने ७५ लाख मात्रै हो।

पढ्नुस् आयकर विभागले यसबारे राखेको पूरा जानकारी।

अर्थात् राजीवले आफ्नो बुद्धि विवेक लगाएर खेल्दा राज्यकोषलाई पनि २५ लाख रुपैयाँ फाइदा भएको छ।

तपाईँलाई याद छ कि छैन, पहिलो नेपाल आइडल बुद्ध लामाले उपहार स्वरुप पाएको कार आफूले नपाएको भन्दै गरेको गुनासो। खासमा यो केसमा पनि आयकरकै इस्यु थियो। एपी वान टेलिभिजनले त्यतिबेला विज्ञप्ति निकालेर भनेको थियो, ‘तोकिएको सम्झौता अनुसारको पुरस्कार रकम बुद्ध लामालाई हस्तान्तरण गरिसकिएको छ। पुरस्कारमा पाएको कारको साँचो उनलाई त्यतिबेलै एक समारोहका बीच बुझाइसकिएको छ र उक्त कार त्यतिबेलादेखि उनीसँगै छ। साथै कारको कागजी स्वामित्व बुद्धको नाममा गर्न नियमअनुसार नेपाल सरकारलाई लामाले कारको मूल्यको २५ प्रतिशत आकस्मिक लाभ कर तिर्नैपर्ने नियम छ।

बुद्धले पाएको महिन्द्रा केयूभी १०० कारको मूल्य करिब ३२ लाख रुपैयाँ पर्छ। यसको २५ प्रतिशत आकस्मिक लाभकरवापत बुद्धले करिब ८ लाख रुपैयाँ बुझाउनुपर्ने हुन्थ्यो। त्यही नबुझाएका कारण त्यतिबेला बुद्ध लामाको नाममा कारको स्वामित्व हस्तान्तरण हुन नसकेको थियो।

त्यो सामान भएको कारण अग्रिम कट्टा गर्न सकिन्न थियो। अहिले भने टेलिभिजनमा देखाउन जतिसुकैको चेक काटिए पनि उनले अग्रिम कर कट्टा गरेर ७५ लाख रुपैयाँ मात्रै पाउने छन्।

पूरै कार्यक्रम हेर्नुस्। १३ प्रश्नको पहिलो भाग

१४ औँ र १५ औँ प्रश्नसहितको दोस्रो भाग

2 thoughts on “एक करोड जिते पनि किन करोडपति हुन पाउँदैनन् राजीव जैन?”

  1. Pingback: अहो, अहिले करोडै जिते ! त्यतिबेला लाखको चेक दिने, पैसा नदिने हुँदा मुद्दा परेर कार्यक्रमै रोकिएको थियो « Mysansar
  2. Gags says:
    May 13, 2019 at 5:04 am

    आत्म बिश्वास र ज्ञान भएको व्यक्ति राजिब जैन लाई बढाइ
    अनि मिनुजिको साथ र समर्पणलाई पनि

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme