Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

देउवाको प्रश्न- जय नेपाल नभनेर के जय इन्डिया, जय चीन भन्ने त? : प्रेसमाथिको ‘कू’, फिर्ता गराउँने दावी

Posted on May 12, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २७  गते आइतबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

नेपाली मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रेस स्वतन्त्रतामाथिको ‘कू’ भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।

देउवाले प्रेस स्वतन्त्रताविरुद्ध आउने विधेयकको कांग्रेसले डटेर विरोध गर्ने जनाए।

उनले भने, ‘यो प्रेस स्वतन्त्रतामाथिको ‘कू’ हो। संविधानसम्मत पनि आएको छैन। हामी पार्लियामेन्ट र बाहिर सडकमा पनि विरोध गर्छौ। यो विधेयक विथड्र नै गर्छौ।’

मिडिया काउन्सिलसम्बन्धी दर्ता विधेयक प्रेसमाथिको ‘कू’, फिर्ता गराउँछौं : देउवा भन्दै पहिलोपोस्टले लेखेको छ।

त्यस्तै उनले जय नेपाल सम्बोधन नगरे के भनेर सम्बोधन गर्ने भन्दै प्रश्न गरेका छन्।

कांग्रेसले महेन्द्रकालीन जय नेपाल बोकेर हिँडेको छ भन्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अभिव्यक्ति दिएकोमा देउवाले प्रश्न गरे, ‘जय नेपाल भनेको त नेपालको जय भनेको हो नि। नेपाल नभनेर के भन्ने त? जय इन्डिया, जय चीन भन्ने?’

देउवाको प्रश्न- जय नेपाल नभनेर के जय इन्डिया, जय चीन भन्ने त? भन्दै सेतोपाटीले लेखेको छ।

भैरहवामा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोकिएको छ।

चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्टले समयमा नै पैसा भुक्तानी नपाएको भन्दै आइतबारदेखि निर्माणको काम रोकेको छ।

ठेकेदार कम्पनीले बिल अनुसारको रकम भुक्तानी नभएसम्म काम नगर्ने भन्दै निर्माण कार्य रोकेको आयोजना कार्यालयले जनाएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राष्ट्रिय गौरवको आयोजना कार्यालयबाट करिब २० करोड रुपैयाँ भुक्तानीका लागि बिल बुझाए पनि रकम भुक्तानीमा ढिलाई भएको छ।

रोकियो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम भन्दै नेपाल खबरले लेखेको छ।

पछिल्लो नौ महिनामा एक खर्ब ८२ अर्ब ४३ करोड ८६ लाख ४८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ। तर, निर्यात भने १० लाख ३१ हजार मात्र गरिएको छ।

भन्सार विभागले सार्वजानिक गरेको तथ्यांकअनुसार पेट्रोलियम पदार्थममा भारतसँगको व्यापार घाटा एक खर्ब ८२ अर्ब ४३ करोड ७६ लाख १७ हजार रुपैयाँ पुगेको छ।

भारतबाट सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थ हुने गरेको छ। पेट्रोलियम पदार्थबाट सरकारले भने ४७ अर्ब ३९ करोड ३६ लाख ५५ हजारभन्दा बढी राजस्व संकलन गरेको छ।

तेल किनेरै नौ महिनामा बाहिरियो पौने दुई खर्ब भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

त्रिभुवन विश्वविद्यालयका  सेवा आयोगको परीक्षा पुनः विवादमा फसेको छ।

आयोगले लिने खुल्ला प्रतिष्पर्धा नाम मात्रैको भएको र त्यसबाट लाभान्वित त्रिविमै आवद्ध उच्च पदाधिकारीहरुका नातेदार र विभिन्न राजनीतिक दलका नेताहरुका आफन्तहरुको नाम निकाल्ने प्रवति केही वर्षयता देखिने गरी बढेको छ।

आयोगका अध्यक्ष चैतन्य शर्मा, त्यसका प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका प्राचार्य कृष्ण आचार्य, त्रिविका पूर्व रजिष्ट्रार चन्द्रमणि पौडेल, अनुगमन महाशाखाका प्रमुख विष्णुप्रसाद खनालका आफन्तलाई पास गराएको भन्दै त्यसविरुद्ध आयोगमा उजुरी परेको छ।

त्रिवि शिक्षा आयोगको परीक्षा फेरि किन विवादमा फस्यो? भन्दै देशसञ्चारले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

1 thought on “देउवाको प्रश्न- जय नेपाल नभनेर के जय इन्डिया, जय चीन भन्ने त? : प्रेसमाथिको ‘कू’, फिर्ता गराउँने दावी”

  1. madan bajracharya says:
    May 13, 2019 at 10:32 am

    भारत सितको ब्यापार घाटाको प्रमुख कारणमा भारत बात मात्रै इन्धन किन्नु पर्ने बाध्यता पनि तर यहिनै कारणले मात्रै होईन अरु पनि कारणहरु छन्/

    भारत सित ब्यापार घाटामा छ तर भुक्तानी भारुमै गर्नु पर्छ/ भारु नेपालले छाप्न पनि सक्दैन कमाउन पनि/ तेसैले तेश्रो मुलुककले दान सहयोगमा दियको र नेपालि युवाले बिदेशमा कमारा बात गराउन नसकिने कार्य गरेर कमायको डलर युरो भारतको केन्द्रिय बैंकमा साटेर भारतलाई बुझाउदै आयको छ/ यति मात्रै होईन नेपाल र नेपालीले मुस्किलले कमायको डलर युरो सित साटेको भारुलाई करोडौं भारतीय कामदार, ब्यापारी, घोसित अघोसित कर्मचारी; घोसित अघोसित एजेन्टहरुले (भारतको विदेशमन्त्रीले नेपालमा २ करोड भारतीय बस्छन भनेको आधारमा) दैनिक कमसेकम २०० को हिसाव मात्रले पनि दैनिक २० अरव भारु!!!! बरावरको बिदेशी मुद्रा भारत पलायन गर्दै आयकोले होईन के नेपाललाई बिदेशी मुद्राको अकाल पर्नु को कारण?

    नेपालको तराईमा पेट्रोलियमको भण्डार भयको कुरा बारम्बार प्रमाणित भैसकेको कुरा हो/ मरिचमानको पालामा शेल कम्पनीले पेट्रोलियम प्रदार्थ निकाल्ने कामको लगभग अन्तिम चरनमा पुगेकै बेला पेट्रोलियम उत्खननको लागि आबस्यक भयको उपकरणहरु कलकत्ता बन्दरगाहमा रोकेर नेपालमा नाकाबन्दी सुरु गरेको थियो/ मरिचमानले त्यो नाकाबन्दी दरेर सामना गरे/ तेही बेला जय नेपालवालाले आन्दोलन गरे/ सफल पनि भयो/ भारतको नाकाबन्दी सित नझुक्ने; भारतलाई टनकपुरमा बाँध बनाउन नदिने राजालाई उल्टो बात पदोन्नति गर्दै मरिचमानलाई मरे पछि पाउनु पर्ने सम्मान समेत नपाउने गरि उल्टो बात सम्मानित गरे/ अनि नेपाल कर्मभुमि (के को कर्म भुमि हुनु कुर्सि भुमि मात्रै हो) जन्म भुमि बिहार हुने प्रधान मन्त्रि हुना साथ् उसले गरेको पहिलो काम दुईटा छ:

    क) नेपालमा लगभग अन्तिम चरणमा पुगी सकेको पेट्रोलियम निकाल्ने काम बन्द गर्नु/
    ख) भारतले नेपाललाई नाकाबन्दी गरेको नम्बर दुई कारण भयको बिरेन्द्रले बनाउन नदियको बाँध भारतलाई बनाउन दिने; त्यो पनि भारतलाई भाडामा मात्रै शारदा ब्यारेज बनायको भुमिलाई “य आपके लिय बोनस ” भनेर/

    नेपाल लाई भरत सित यत्रो ब्यापार घाटा हुनुको अर्को कारण केहि कुरामा भय पनि नेपाल आत्म निर्भर बनाउने उद्योग बिचिनु बा बन्द गरिनु पनि हो/ यो पनि (कुर्सि पायामा मात्रै) जय नेपाल भन्नेकै कारणले हो/

    भारतको नाकाबन्दी हुँदै गर्दा मरिचमानले नेपालको सार्वभौम सट्टा सित समेत जोडियको र नेपाललाई भारत सित मात्रै निर्भर बन्नु नपर्ने बनाउन यउटा अत्यन्त गम्भीर कुरा गरेको थियो ” भारतले नाकाबन्दी गरेकोले बिरगंज बन्द हुने भय के भो त् कलकत्ता बात बिरगंजको दुरी भन्दा कराचीको बन्दरगाह बात नजिक भयको महेन्द्र नगरलाई अर्को बिरगंज बनाउञ्छौ” भनेर/ यो भन्नुको अर्थ चिन सित जोडेको र कराची सजिलै पुग्न सक्ने भारतले कब्जा गरेको कालापानी लाई मुक्त गर्नु हो/ भारतले कालापानीको कुरा दुई बर्षमा समाधान गर्ने भनेको थियो/ अब सोच्नुस २०४८ देखि अव सम्म सबै भन्दा बढी समय सम्म पटक पटक सत्ताको नेतृत्व त् जय नेपाल वालानै बसेको थियो/ देउपात अनेकौं पटके प्रधान मन्त्रि नै हो/ दुई बर्ष भनेको २ गुणा १० बर्स हुन् लागि सक्यो तर न अरु जय नेपाल वालाले कालापानीको नाम लिय न अनेकौं पटके प्रधान मन्त्रि देउपाले/

    अब फेरिमरिचामानाकै पालामा नभनु तर २०४८ साल पहिला भनु; तेतिबेला नेपाल चामल लगायत खाद्यान्नमा आत्म निर्भर भैसकेको मात्रै थियन निर्यात गर्न सक्ने समेत भैसकेको थियो/ त् अब प्रश्न उठ्छ जय नेपाल वाला हरु सत्तामा आय पछि के नेपालमा धान गहुँ को बोटले हड्ताल गरेकोले बा धान चामल जन्माउन बन्द गरेकोले हो बा जय नेपाल वालाले नेपाल पसे पछि आफुलाई मधेसी भन्ने……….४२लाख नागरिकता …..ले हो नेपालले भारत बात चामल गहुँ न किने खान पनि नपाउने भयको?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme