Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नयाँ शुल्कको सम्झौता नगरे इन्टरनेट र टीभीको तार काट्ने कुलमानको चेतावनी: असन जोगाउन स्थानीयवासी आन्दोलित

Posted on May 11, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २५ गते शुक्रबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

करिब पाँच सय वर्षपुरानो असनको अशोकवृक्ष विहार भत्काउन लागेपछि स्थानीयवासी आन्दोलित भएका छन्।

गुठी संस्थानले असनको ऐतिहासिक पुरातात्विक सम्पदा भत्काएर नयाँ व्यापारिक भवन बनाउन एक सहकारीलाई ‘लीज’ मा दिएपछि  स्थानीय सडकमा उत्रेका हुन्।

कोठुननी बचाउ अभियानका संयोजक नमस्ते सायमीका अनुसार, २०७० फाल्गुनमा गुठी संस्थानसँग भएको सम्भौतामा भूबहाल कर बुझाउञ्जेलसम्म सन्तान दरसन्तानले त्यही घरमा बस्न पाउने हो। ‘पुरानो घरहरु मर्मत या पुनर्निर्माण गर्नुपरे पनि स्थानीयलाई प्राथमिकतामा राख्नु पर्ने भन्ने सम्झाैतामा उल्लेख छ’, उनले भने।

असन जोगाउन स्थानीय आन्दोलित भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाख अमेरिकी डलरसहित एक भारतीय महिला पक्राउ परेकी छन्।

नेपाल एयरलाइन्सको उडान आरए २०१ बाट शुक्रबार मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना घनश्याम सोनी १ लाख अमेरिकी डलर (एक करोड, ११ लाख ७५ हजार ५०० रुपैयाँ) सहित पक्राउ परेकी हुन्।

उनले झाेला र किताबमा लुकाएर डलर तस्करी गरेकाे भेटिएको हो।

एक लाख अमेरिकी डलरसहित भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ भन्दै नेपाल लाइभले लेखेको छ।

केवल टेलिभिजन र इन्टरनेट सेवा प्रदायकले पोलमा टाँग्ने तारको नयाँ भाडादरमा मंगलबारसम्म सम्झौता नगरे तार काट्न सुरु गरिने नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएका छन्।

घिसिङले शुक्रबारसम्म व्यवसायीलाई नयाँ भाडादरमा सम्झौता गर्न समयसीमा दिएका थिए। तर, व्यवसायीले सम्झौता गरेनन्।

नेपाल विद्युत् प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने केवल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरुले बताउँदै आएका छन्।

मंगलबारसम्ममा नयाँ शुल्कको सम्झौता नगरे इन्टरनेट र टीभीको तार काट्छौंः घिसिङ भन्दै बाह्रखरीले लेखेको छ।

मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिल र पत्रकार महासंघले विरोध जनाएका छन्।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले विधेयक हुबहु पारित भए काउन्सिल ‘हुलाक विभाग’ बन्ने चेतावनी दिएका छन्।

काउन्सिल र महासंघ दुवैले विधेयकलाई ‘आधारभूत रुपमै’ गलत भएको टिप्पणी गरेका छन्।

‘मिडिया विधेयक हुबहु पारित भए काउन्सिल हुलाक विभाग बन्छ’ भन्दै सेतोपाटीले लेखेको छ।

मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुले अनशन सुरु गरेका छन्। दुई सातादेखि आन्दोलनरत उनीहरु विगत ६ दिनदेखि नेपाल नर्सिङ संघ लाजिम्पाटमा धर्ना बसेका थिए।

मानव अंग प्रत्यारोपण केन्द्रले अन्याय गरेको भन्दै उनीहरु नर्सिङ संघको शरण लिन पुगेका थिए। संघले असयोग गरेपछि उनीहरु त्यही धर्ना बसेका थिए। ६ दिनको अन्तरालमा उनीहरु २ पटक हिरासत समेत पुगेका थिए।

फिस्टेल नर्सिङ कलेजको क्याम्पस प्रमुखसमेत रहेकी उनी जीता बराल राजीनामा दिएर नर्सको पक्षमा अनशन बस्न आएकी हुन्। मानव अंग प्रत्यारोपण केन्द्रकी नर्स दिकी शेर्पा  मानव अंग प्रत्यारोपण केन्द्रमा अनशन बसेकी हुन। उनी स्थापना कालदेखि त्यहाँ कार्यरत छिन्।

नर्स भर्सेज नर्सिङ संघको लडाई : प्रहरी र पत्रकारमाथि पोखियो आक्रोश भन्दै पहिलोपोस्टले लेखेको छ।

मिडिया काउन्सिलसम्बन्धी विधेयकका प्रावधान सच्याउन माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन घोषणा गरेको छ।

सरोकारवाला पक्षसँग छलफल र सहमतिविना ल्याइएको विधेयकका प्रावधानले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने महासंघको दाबी छ।

महासंघले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगका रुपमा स्थापित गरेको भन्दै संसद अगाडि विरोध प्रदर्शनसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको हो।

मन्त्रिपरिषदबाट पारित भइ संसदमा दर्ता भएको सो विधेयकमा मिडिया काउन्सिललाई अर्धन्यायिक निकाय बनाउने र पत्रकारलाई कडा कारबाहीको व्यवस्था प्रस्ताव गरिएको छ।

आन्दोलनमा उत्रने पत्रकार महासंघको घोषणा भन्दै अनलाइन खबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

2 thoughts on “नयाँ शुल्कको सम्झौता नगरे इन्टरनेट र टीभीको तार काट्ने कुलमानको चेतावनी: असन जोगाउन स्थानीयवासी आन्दोलित”

  1. Ram Singh Bam says:
    May 11, 2019 at 1:24 pm

    तार काट्ने कुलमान घिसिङको निर्णयको समर्थन!

    Reply
  2. madan bajracharya says:
    May 11, 2019 at 11:11 am

    बिहार भनेको बौद्ध धर्म मान्नेहरुको (मन्दिर भन्न चाहन्न) धार्मिक आस्थाको केन्द्र मात्रै होईन बौद्ध धर्मको ग्यान दिने बिद्यालय पनि हो/ असनमा भयको ५०० बर्ष भन्दा पुरानो अशोक बृछ्य बिहार भट्कायर व्यापारिक भवन बनाउन दिने निर्णय गर्ने पक्कै पनि नेपालमा बुद्ध धर्म बौद्ध ग्रन्थ लगायत बिहार आदि मास्ने आदि शंकराचार्यको चेलाहरु हुनु पर्छ/ अशोक बृछ्य बिहार भत्कायर व्यापारीलाई व्यापारिक भवन बनाउन दिने निर्णय गर्ने गुठि संस्थानको हाकिमहरुमा पक्कै पनि कोहि पनि बुद्धिस्ट छैन र जो जो छन् तिनीहरु कुनै पनि नेपालमा भयको बुद्ध प्रति बौद्ध धर्म र संस्कार प्रति दुराशय राख्ने समुह कै भयको देखिन्छ/ यदि यस्तै हो भने उनीहरुले पक्कै पनि नेपालमा रहेको अरु बिहारहरु मात्रै होईन लुम्बिनीको बिहारहरु, स्वयम्भु बिहार आदि पनि भत्काउने कुनै बहाना खोज्दै होलाननै/ संबिधान चाहि धर्म निर्पेछ्य बनाउने, अरु देसमा जाँदा चाहि बुद्धको नाम लियर सम्मान खोज्ने सरकारको स्वामित्व भयको संस्थानले चाहि देस भित्र बौद्ध बिहार भत्काउने/

    भत्काउन सबै बिहारहरु लुम्बिनी पनि भत्काउन स्वयम्भु पनि भत्काउन, हुनत कहिले पो नेपालमा आफ्नै देसमा जन्मेर बिस्वको सम्मान पाउने बुद्ध र बौद्ध धर्म नमाने पनि स्विकार्ने …..कार बनेको छ र?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme