Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

२५ वर्ष पुगेको मिस नेपाल प्रतियोगिताको पारा हेर्नुस् त

Posted on May 10, 2019 by Salokya

मिस नेपाल नामको सुन्दरी जन्माउने प्रतियोगिता हुन थालेको यस वर्ष २५ वर्ष पुगेछ। २५ वर्ष पुगे पनि यो प्रतियोगिताको पारा कस्तो रह्यो भन्ने हेर्न केही नमूना प्रस्तुत गर्दैछु। सबैभन्दा पहिला यो हेर्नुस् त- के खालको मञ्च डिजाइन हो?

माथि मञ्च छ। ठ्याक्कै मुन्तिर लहरै सेतो कुर्सी राखिएका छन्। त्यो पनि दर्शकतर्फ फर्किने गरी। अनि ती कुर्सी खाली छन्। किन राख्या होला ती कुर्सी? 

http://www.mysansar.com/wp-content/uploads/2019/05/video_20190510_033054.mp4

यो भिडियोमा हेर्नुस् त, उपाधि जित्ने सुन्दरीलाई स्यास लगाइदिन परेको अप्ठेरो। सुरुमा त स्यास र बुके लिएर उभिएकी युवतीलाई यता जाउँ कि उता जाउँ भयो। बृज सिमेन्टका साहु मनोज केडियाले स्यास लगाउन नजान्दा सुन्दरी आफैले लिएर लाउनु पर्‍यो।

http://www.mysansar.com/wp-content/uploads/2019/05/video_20190510_033503.mp4

स्यास लगाउन यिनलाई पनि गाह्रो पर्‍यो। यिनले सुरुमा उल्टो लगाइदिए। मिलाउन खोज्दा झर्‍यो।

http://www.mysansar.com/wp-content/uploads/2019/05/video_20190510_034122.mp4

अनि यो कार्यक्रम सकिन लाग्दाको पारा हेर्नुस् त। दिएको उपहार कुन चाहिँ सुन्दरीले भूइँमै छाडिछिन्। टिभीमा लाइभ हुँदाहुँदै उठाउन आइपुगिन् अर्की युवती।

अनि उपाधि जित्ने सुन्दरीहरुको त के कुरा गर्नु। अनलाइनखबरमा प्रकाशित एउटा ताज जित्ने सुन्दरीको फोटो र हाँसो हेर्नुस्।

मिस नेपालकै फेसबुक पेजमा गरिएका असभ्य कमेन्टहरु हेर्नुस् त


ताज यी पाँच जना सुन्दरीको शिरमा सजियो- मिस नेपाल वर्ल्ड- अनुष्का श्रेष्ठ, मिस नेपाल युनिभर्स– प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ– रिया बस्नेत, मिस नेपाल इन्टरनेशनल– मीरा कक्षपति र मिस नेपाल सुप्रानेसनल – राेज लामा।

6 thoughts on “२५ वर्ष पुगेको मिस नेपाल प्रतियोगिताको पारा हेर्नुस् त”

  1. missnep says:
    May 11, 2019 at 6:45 am

    धन्न यो पाली बिजुली गएनछ

    Reply
  2. prithvi narayan shah says:
    May 11, 2019 at 12:49 am

    गाइ भन्दा राम्रो हुने भैसी भन्दा चै किन नराम्रो हुने? के पारा हो यो ? किन भेदभाव?

    Reply
  3. sujan maharjan says:
    May 10, 2019 at 10:35 pm

    मिस नेपाल सुप्रानेसनल – राेज लामा?? सुप्रानेसनल? के हो यो ?

    Reply
    1. Salokya says:
      May 10, 2019 at 11:11 pm

      अरुले सुपरनेसनल लेखेको पढ्नु भा होला। हैन है सुप्रानेसनल हो
      https://www.misssupranational.com/

      Reply
  4. Prachanda says:
    May 10, 2019 at 8:47 pm

    Gags, Are you out of you mind? People like you who have this kind of thinking is bringing the country down. Oh man you are stupid “तर जानेर, नजानेर तपाइले आफ्नो छाला बेच्ने हो” for this comment. Go back to the jungle and stay there. you piece of shit.

    Reply
  5. Gags says:
    May 10, 2019 at 6:19 am

    महिलालाई एउटा बस्तुको रुपमा प्रयोग गर्नको लागी आयोजना हुने हो यी सुन्दरी प्रतियोगिता, अझ भनौ भने ब्यापारीहरुको प्रयोजनको लागि सुन्दरीहरु प्रोयोग गरिने कुरा नया होइन
    न यो महिला अधिकारको कुरा हो, न यसले समग्र महिलाहरुको जिबन स्तर उक्लिन अलिकति पनि टेवा देओस
    तर जानेर, नजानेर तपाइले आफ्नो छाला बेच्ने हो
    र कलिला नानीहरु नजानेरै बस्तुक्रित भैराखेका छन्

    र माथिको कमेन्ट असभ्य पनि छैन, यदि तपाइँ बस्तुक्रित हुन चाहनुनुह्न्छ अनि तपाइँ पब्लिक फिगर मा आउना चाहनुहुन्छ भने तपाइको हरेक कुरा को नाप तौल हुन्छा, “भैसी” भन्ने कमेन्ट असभ्य चाहि लागेन मलाई

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme