Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कांग्रेसले संसदमा मेरो अपमान गर्‍यो: प्रधानमन्त्री ओली, कम्युनिष्ट शासन आए रून पनि पाइँदैन भनेको अहिले पुष्टि हुँदैछ: देउवा

Posted on May 8, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २४ गते बुधबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

संसदमा प्रश्न सोध्ने नाममा कांग्रेस सांसदहरुले आफ्नो अपमान गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

मंगलबार संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि सांसदहरुले प्रश्न गरेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्रीले निम्छरो विषय बाहेकको जवाफ दिन्छु भनेपछि हंगामा भएको थियो।

वाइडबडी, बालुवाटार प्रकरणमा कसैलाई निर्दोष घोषणा गर्ने अधिकार कसले दियो भन्ने जस्ता प्रश्न गरिएको भन्दै उनले भने, ‘मैले तपाईलाई निदोर्ष हुन न्यायाधीश हुनुपर्छ र ?’

कांग्रेसले संसदमा मेरो अपमान गर्‍यो: प्रधानमन्त्री ओली भन्दै अनलाइन खबरले लेखेको छ।

‘कम्युनिष्ट शासन आए रून पनि पाइँदैन’ भन्ने कुरा पुष्टि हुन थालेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी गरेका छन्।

डेढ वर्षअघि प्रदेश र संघको चुनाव हुनुअघि देउवाले कम्युनिष्टले जिते रून पनि नपाइने बताएपछि उनको अभिव्यक्तिलाई लिएर निकै आलोचना भएको थियो।

प्रधानमन्त्रीले मंगलबार संसदमा गैरसंसदीय भाषा बोलेको र आफूहरूले विरोध गरे पनि सभामुखले रेकर्डबाट नहटाएको प्रसंग निकाल्दै देउवाले सभामुखको भूमिकाप्रति पनि प्रश्न उठाए।

देउवाले भने, ‘मैले त्यही भएर भनेको, कम्युनिष्ट शासन आएपछि यस्तै हुन्छ भनेर।’

मैले कम्युनिष्ट शासन आए रून पनि पाइँदैन भन्या होइन, अहिले पुष्टि हुँदैछ: देउवा भन्दै सेतोपाटीले लेखेको छ।

आफ्नो पाँचौँ विदेश यात्राका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली बैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडिया भ्रमणमा जाँदैछन्। ओलीले त्यहाँ चार दिन (वैशाख २६–३०) को कार्यक्रम तय गरेका छन्।

प्रधानमन्त्री  हुन सेनको निमन्त्रणामा ओली कम्बोडिया जान लागेका हुन्।

किन जाँदैछन् ओली भियतनाम र कम्बोडिया भन्दै नेपाल खबरले लेखेको छ।

नेपाल नर्सिङ संघमा धर्ना दिइरहेका मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। नर्सिङ संघका अध्यक्ष तारा पोखरेललाई कार्यकक्षमा छिर्न नदिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।उनीहरु चारदिन देखि नर्सिङ संघमा धर्नामा बसेका थिए।

प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले अस्पतालमा आफ्नो मान्छे छिराउन राजनीति गरेको उनीहरुको आरोप छ। उचित पारिश्रमिक नदिएको, सात वर्षदेखि काम गर्दासमेत जोखिम भत्ताहरु उपलब्ध नगराएकाले आन्दोलन गर्न बाध्य भएको उनीहरुको तर्क छ।

आफुहरु पीडित हुदाँपनि संघले कुनै असहयोग गरेको भन्दै उनीहरु त्यहाँ धर्ना बसेका थिए।

नर्सिङ संघमा धर्ना दिन बसेका नर्सहरु पक्राउ भन्दै पहिलोपोस्टले लेखेको छ।

फाप्ला क्रिकेट मैदान निर्माणका लागि यस अघि गरिएको जग्गा हस्तान्तरणको प्रयास नै फर्जी सावित हुँदा चालु आर्थिक वर्षका लागि छुट्याइएको २३ करोड रुपैयाँ गुम्ने खतरा बढेको छ। उक्त क्रिकेट मैदान धनगढी उप-महानगरपालिका वडा नम्बर–३ मा रहेको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीको नाममा रहेको सो जमिनलाई यस अघि सामुदायिक वनले आफ्नो दावी गर्दै आएको थियो।

डिलाशैनी विपन्‍न महिला सामुदायिक वन उपभोक्ता समितिले फाप्लामा आफ्नो स्वामीत्व दावि गर्दै २०७३ सालमा सोही जग्गा जिल्ला खेलकुद विकास समितिलाई भोगचलनका लागि हस्तान्तरण समेत गरेको हो।

त्यस यता जिल्ला खेलकुद विकास समितिले पनि पटक पटक गरी करिव एक करोड बजेट फाप्लामा खर्चेको छ।

क्रिकेट मैदानको जग्गा फर्जी, २३ करोड गुम्‍ने खतरा भन्दै देशसञ्चारले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme