Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर : ‘लाखौँ खर्च गरेर नर्सिङ पढेकोमा पछुतो लागिरहेको छ, अब पानीपुरी बेच्‍नुपर्ला जस्तो छ’

Posted on May 8, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २४ गते मंगलबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

विगत तिन दिन देखि मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुले नेपाल नर्सिङ संघको कार्यलय घेराउ गरेका छन। आफुहरु अन्यायमा पर्दा संघले सहयोग नगरेको उनीहरुको आरोप छ। आफ्नो माग पुरा गराउन दबाव दिन उनीहरुले संघमा धर्ना दिएका हुन।

नर्सिङ संघको अध्यक्ष र उनीहरुबीच चर्काचर्की समेत पर्यो। नर्सहरुलेअध्यक्ष पोखरेललाई उनको कार्यकक्षमा छिर्न दिएनन्।

नर्सहरु पोखरेलसँग जंगिए— ‘हामीले जायज माग पूरा गर्नु भनेका छौँ। अस्पतालको निर्देशक बनाउनु भनेको होइन। तलब समयमा आओस्। श्रम शोषण नहोस्। वर्षौदेखि काम गरिरहेकाहरु निक्लिएर जाने अवस्था नआओस्। सेवा सुविधा सरकारी अस्पतालको जस्तै होस् र लामो समय कम गर्नेलाई स्थायी गरिओस् भन्ने हो।’

आफ्नो सामान्य माग पूरा गर्न संघले असहयोग गरेको उनीहरुले गुनासो गरे। अन्यायमा पर्दा संघले प्रभावकारी भूमिका नखेलेको भन्दै निराशा पोखे। त्यहीबेला अर्की नर्सले थपिन्, ‘अस्पतालको निर्देशकले आफ्नो मान्छे छिराएर पहिलेदेखि काम गर्नेलाई निकाल्न राजनीति गरिरहेका छन्। खोई तपाईँहरुले हेरेको? हाम्रो लागि यत्ति पनि गर्न नसकेपछि संघ हुनुको के अर्थ भयो?’

चर्काचर्की जारी छ…, नर्सिङ संघका अध्यक्ष भन्छिन् : म प्रधानमन्त्री हो र तिमीहरुको माग पूरा गर्न? भन्दै पहिलोपोस्टले लेखेको छ।

त्यही आन्दोलनमा सहभागी भएकी एक नर्सको पीडा समेटेर पहिलोपोस्टले नै लेखेको छ—‘१२ लाख खर्च गरेर नर्स पढ्यौँ, पछुतो लागिरहेको छ, अब पानीपुरी बेच्‍नुपर्ला जस्तो छ’

नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले १० वर्षअघि कुनै पनि रुटका लागि ट्याङ्कर थप गर्न निवेदन दर्ता नहुने भन्दै गोरखापत्रमा सूचना निकाले।

खड्काको यो निर्णयले दुई वर्षदेखि १९ जना ट्याङ्कर खरिद गर्नेहरु दुई वर्षदेखि मन्त्रालय र निगम धाइरहेका छन्। मंगलबारबाट उनीहरु नेपाल आयल निगम परिसरमा अनिश्चितकालीन् धर्ना दिएर बसेका छन्। तेल ढुवानी गर्नका लागि सम्झौता पत्र नदिएसम्म धर्ना बसिरहने अडान लिएर बसेका छन्।

ट्याङ्कर व्यवसायी आशिष पौडेलका अनुसार निगमले ९ महिना ढुवानी गर्ने गरी ट्याङ्कर ल्याउनका लागि भनेको थियो। त्यसअनुसार उनीसहितका व्यवसायीले तीन महिनामा ट्याङ्कर तयार पारे।  उनले भने,’तत्कालीन् मन्त्री शिवकुमार मण्डलले दुईवटा ट्याङ्कर चलाउन दिए तर हामीले चलाउन पाएनौँ।’

मन्त्री मण्डलले शक्तिको दुरुपयोग गरेर ती दुई ट्याङ्कर चलाउन दिएको उनले दावी गरे।

गोपाल खड्काको बदमासीको छायाँ अझैसम्म निगममा देखिँदै, ट्याङ्कर थप गर्ने निर्णय थप जटिल बन्दै भन्दै बिजमाण्डूले लेखेको छ।

सर्वोच्च अदालतले एनसेलबाट उठाउनु पर्ने लाभकरबारेको विवाद पूर्ण इजलासमा पठाएको छ।

इजलासले अर्को आदेश नभएसम्म एनसेलबाट लाभकर नउठाउन पनि आदेश दिएको छ। ठूला करदाता कार्यालयले एनसेलबाट उठाउनु पर्ने लाभकरबारे टुंगो लगाउन जेठ २१ का लागि पूर्ण इजलास तोक्न पनि आदेश दिइएको छ।

यसअघि सर्वोच्चले टेलियासोनेरा कम्पनीले मलेसियाको एक्जियटा कम्पनीलाई एनसेलको ८० प्रतिशत सेयर स्वामित्व विक्री गर्दा भएको पूँजीगत लाभको करबापत एनसेलले नै तिर्नुपर्ने भनेपछि ठूला करदाता कार्यालयले ६० अर्ब ७१ करोड कर निर्धारण गरेको थियो।

सर्वोच्चले भन्यो–अर्को आदेश नभएसम्म एनसेलबाट लाभकर नउठाउनू भन्दै काठमाण्डू प्रेसले लेखेको छ।

बालुवाटार र खुलामञ्चको जग्गा अतिक्रमण आफ्नो सरकारको पालामा नभएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्।

‘बालुवाटार पनि बिकेछ। खुलामञ्च पनि मासिएछ भनेको सुन्छु यो सरकारले हो?,’ प्रधानमन्त्रीले प्रश्न गरे, ‘अहिले त बालुवाटारको जमिनको समस्या खोजी हुँदै छ। छानबिन हुँदैछ।’

प्रधानमन्त्रीको प्रश्न- बालुवाटार बिक्यो, खुलामञ्च मास्यो रे, यो सरकारले हो ? भन्दै सेतोपाटीले लेखेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुले परम्परागत संसदीय प्रणालीको अभ्यास गर्ने र एक अर्कालाई निषेध गर्दै लड्ने बेला भइनसकेको बताएका छन् ।

आन्दोलनबाट प्राप्त उपलब्धीलाई एक दशकभन्दा बढी रक्षा गर्न नसकेको विगत स्मरण गर्दै उनले फेरि पनि खतरा आउन सक्ने बताए।

आज नभए भोलि खतरा आउन सक्छ : प्रचण्ड भन्दै अनलाइन खबरले लेखेको छ।

(माइसंसार सन् २००५ मा सुरु हुँदा नेपाली भाषामा वेबसाइटहरु नै थिएनन्। अहिले न्युजसाइटहरु नै प्रशस्त भइसकेका छन्। प्रत्येक दिन प्रमुख अनलाइनहरुका प्रमुख समाचारहरुको संगालो क्युरेट गर्न ब्लगमा यो स्तम्भ सुरु गरिएको हो। पुरानै शैलिका अन्य ब्लग पनि जारी रहने छ।)

1 thought on “आजको खबर : ‘लाखौँ खर्च गरेर नर्सिङ पढेकोमा पछुतो लागिरहेको छ, अब पानीपुरी बेच्‍नुपर्ला जस्तो छ’”

  1. Ribu ma says:
    May 8, 2019 at 1:05 am

    Adhikar ko sathi daaitwo

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme