Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आजको खबर: लेखापालले १६ वर्षमा असुले ५ कराेड घुसदेखि अवैध ३० तोला सुनसहित नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

Posted on May 6, 2019 by राजेन्द्र मगर

आज  वैशाख  २३ गते सोमबार। आजका दिनमा विभिन्न अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्-

कोटेश्वरमा फेला परेको शङ्कास्पद बस्तु विस्फोटक पदार्थ नभएको प्रहरीले दावी गरेको छ।

नेपाली सेनाको टोलीले डिस्पोज गर्ने क्रममा विस्फोटक पदार्थ नभएको महानगरीय प्रहरी वृत्तका डिएसपी गोविन्द काफलेले जानकारी दिए। उनका अनुसार बम भनिएको शंकास्पद वस्तुमा फोहोरको झोला थियो।

कोटेश्वरमा भेटिएको शंकास्पद बस्तु विस्फोटक पदार्थ नभएको प्रहरीको दावी भन्दै पहिलोपोस्टले लेखेको छ।

लेखापाल सुरेश अधिकारीले १६ वर्षे कार्यकालमा पाँच करोड ९८ लाख रुपैयाँ आर्जन गरेको भेटिएको छ। उनले कमाएकाे मध्ये ८८ लाख रूपैयाँ मात्र बैध हाे। उनी यातायात व्यवस्था कार्यालय सवारी शाखा कोशीमा कार्यरत छन्।

२०५९ देखि जागीर खान थालेका अधिकारीले २०७५ सम्म बैधानिक रुपमा ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आय आर्जन गरेको बाँकी अबैध ढंगले कमाएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले जनाएको छ।

लेखापालले १६ वर्षमा असुले ५ कराेड घुस, ४ श्रीमतीकाे खातामा भेटियाे रकम भन्दै नेपाल खबरले लेखेको छ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी घोषणा भएपछि नेताहरुले पहिलो मोर्चा सडक भएको बताएका छन् र संविधान संशोधन नभए कुनैपनि बेला सरकार छाडेर आन्दोलन जाने चेतावनी दिएका छन्।

एकीकृत पार्टीमा उपेन्द्र यादव समूह केपी ओली नेतृत्वको सरकारमा छ भने भट्टराई समूह प्रमुख प्रतिपक्षमा छ । यसप्रति संकेत गर्दै डा. भट्टराईले भनेका छन्, ‘अबे के हुन्छ भन्ने साथीहरुलाई शंका छ। हामीले सहमति गरिसकेका छौं, जनताको अधिकार छोड्ने वाला छैनौं।’

छिट्टै नै आन्दोलनको आँधीबेहरी ल्याउनुपर्ने हुनसक्ने भन्दै भट्टराईले संविधान संशोधन गर्न सरकारले दिएको आश्ववशन पुरा गर्नुपर्ने बताए।

‘कुनै पनि बेला आन्दोलनको आँधीबेहरी’ भन्दै अनलाइन खबरले लेखेको छ।

नेपाल एयरलाइन्सका १ जना कर्मचारी अवैध ३० तोला सुनसहित पक्राउ परेका छन्।

अवैध ३० तोला सुनसहित त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सका मेन्टिनेन्स ह्यांगरमा कार्यरत कर्मचारी रञ्जितकुमार यादवलाई नियन्त्रणमा लिइएको जानकारी गराएको हो।

उनलाई आइतबार दोहाबाट आएको नेपाल एयरलाइन्सको फ्लाइटका यात्रु सिरहाका धर्मेन्द्रकुमार यादवले ल्याएको सो अवैध सुनसहित पक्राउ गरिएको हो।

उनले अनुसन्धानका क्रममा दोहाबाट नेपाल एयरलाइन्समा आउने यात्रुहरूलाई आर्थिक प्रलोभनमा पारेर अवैध सुन पठाउने गरेको पाइएको पनि बताए।

यात्रुहरूले ल्याएको अवैध सुन नेपाल एयरलाइन्सका कर्मचारी यादवले बुझ्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

अवैध ३० तोला सुनसहित नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ भन्दै सेतोपाटीले लेखेको छ।

ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर भए नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताएका छन्।

संघीय संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सोमबार भाग लिँदै महासचिव पौडेलले भने,‘ललिता निवासको जग्गा प्रकरणमा दोषी ठहर भए जस्तो सुकै कारबाही भोग्न तयार छु। त्यसको सत्य तथ्य बाहिर आउने गरी छानविन होस्।’

उनले सरकारी जग्गा प्रकरणबारे यथार्थ छानविनका लागि माग पनि गरे। उनले ललिता निवासको जग्गा प्रकरणमा केही नेतासहित आफ्नो पनि नाम जोडिएको र त्यसबारे आफूले स्पष्ट पारिसकेको बताए।

विष्णु पौडेलले भने-बालुवाटार जग्गा प्रकरणमा दोषी ठहरिए सजाय भोग्न तयार छु भन्दै काठमाण्डु प्रेसले लेखेको छ।

 

1 thought on “आजको खबर: लेखापालले १६ वर्षमा असुले ५ कराेड घुसदेखि अवैध ३० तोला सुनसहित नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ”

  1. madan_bajracharya says:
    May 7, 2019 at 11:23 am

    अचम्म लाग्ने कुरा के हो भने आम नागरिक बाट सानो सानो हतियार बरामद भयो भने जेल सजाय हुन्छ/ तर झण्डा बोक्नेले बम पद्कायर सारवजनिक निजि सम्पति ध्वस्त गर्दै आयको छ नागरिकको हत्या पनि गर्दै आयको छ तर आज सम्म कसैलाई सजाय दियको सुन्नमा पनि आयको छैन/ कुरा यतिमै सिमित छैन, नेताहरुलाई तितो लाग्ने गरि सोसल मिडियामा केहि लेखे छापे कार्यवाही गर्दै आयको छ तर झण्डा बोक्नेले देसै टुक्राउने’ तराई नै नेपालले उपनिवेस बनायको भने अंतरारास्त्रिय संस्थामा दर्ता गरे पनि केहि हुँदैन/ फेरी झण्डा बोक्नेको बिरुद्ध मुद्दा दर्ता गरे पनि जित्ने गरि होईन हार्ने गरि मुद्दा दर्ता गरिन्छ; यो सबै भन्दा रहस्यमय कुरा हो/ सरकारवादी मुद्दा मा के आरोप लगाउने कसरि प्रमाण पेस गर्ने भनि निर्णय गर्ने ……ले कतै ……गर्दै त् छैन; यो पनि सोच्ने बेला आयको छ/ जे अपराध गरेको छ तेही आरोप नलगाय बा आरोप प्रमाणित हुने प्रमाण ..गरे पनि अपराधि अदालत बात छुट्छ/ अब सरकारवादी हुने मुद्दा चल्ने अपाराध गर्ने आम नागरिक भयको मुद्दामा प्रायस अपराध प्रमाणित भयर तेस्तो अपराध गर्ने आम नागरिक अदालत बात दोसी प्रमाणित हुँदै आयको छ तर झण्डा बोक्ने चाहि ……./ केहि त् नियतवस प्रक्रियामा कपटी गरेकै देखिन्छ/

    ०१. अब निगमको कर्मचारी बात बिमान स्थल मा …..गरेको बारेमा/ मैले निगमको सेवा २००५मा छोडेको थिय/ तेसैले त्यो अवधिमा कसरि तेस्तो गरिन्थ्यो भन्ने कुरा लेख्छु/ अन्तरास्ट्रिय उडान हुने स्थलमा कार्यरत बिमान स्थल भित्र यता उता गर्न सक्ने पास बोक्नेहरु यक्सरे हुने स्थान बात जानै पर्दैन/ तेसैले उनीहरुले खल्तीमा अटाउने केहि कुरा पनि यता उता गर्न सक्छन/
    ०२. आन्तरिक उडान हुने स्थान,अन्तरास्ट्रिय उडान स्थान जहाज राखिने ह्याङ्गर र टेक्निकल बिभाग मा कर्मचारीहरु यता उता जान आउन सक्छन/ अन्त्रारास्त्रिय उडान हुने स्थान बात केहि बोकेर आन्तरिक उदान हुने बा टेक्निकल बिभाग बात सजिलै निक्लन सक्छन/ ह्याङ्गरमा तारताम्य मिलाउन सके जहाज भित्रै लुकायर ल्यायको केहि पनि बस्तु टेक्निकल बिभागको बाहिर जाने मार्ग बात सजिलै सिट आफैले बोकेर बा गाडीमा राखेर बाहिर ल्याउन सक्छन/

    अब त्याहा के सम्म ….भन्ने कुराको उदाहरण दिन्छु/ १९९४ तिरको कुरा हो म हंगकंगमा कार्यरत थिय र तेतिबेला तत्कालिन कार्यकारिणी अध्यछ्य भुवानेस्वर दैबग्य मेरै कार्यकछ्यमा काठमान्डू बात आयको फोनमा कुरा गर्दै थियो/ कुरा निगमको ह्याङ्गर बात निगमको जहाजको पार्ट पुर्जा चोर्दै निजि बिमान सेवाको जहाजमा प्रयोग गराउंदै आयको निगमको टेक्निकल विभागको ठुलै पदको व्यक्तिको संलग्नता भयको बारेमा हुँदै थियो/ त्यो व्यक्ति तत्कालिन प्रधान मन्त्रीको नाता पर्ने रहेछ/ भुवनेस्वर दैबग्यले मेरै गाडी त्यो जो कोहो होस् उसलाई प्रहरीलाई समाउन लगायर जेल राख्ने आदेश दियको थियो/ त्यो फोनमा दियको आदेश फोनमै सिमित रहे/ त्यो निगमको पार्ट पुर्जा चोर्दै निजि बिमान सेवालाई दिनेलाई जे कार्यवाही हुनु पर्ने थियो भयन/ बिमान स्थल भित्र तेस्तो कुकार्य हुन् सक्छ भने अरु के हुन्स सक्दैन होला? अर्को सार्है तितो लाग्ने कुरा के हो भने बिमान स्थलमा गर्न नहुने जे गरिन्छ त्यो यक्लै बात हुनै सक्दैन/ जसले हेर्नु पर्ने हो देख्नु पर्ने हो उसले अम्खा चिम्ले; अनि जसले गलत गरे पकड्नु पर्ने हो तेस्ले उल्टै बाई बाई भरे भेतुंला भने बाकि सब्द मित्रहरुले पुरा गर्नुस/

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme