Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टुँडिखेलमा इस्कुस र कागती रोपौँ, सरकारले प्रोत्साहन गर्नेछ रे

Posted on May 5, 2019 by Salokya


के तपाईँलाई टुँडिखेललाई आफ्नो बनाउन पाए हुन्थ्यो भन्ने कहिल्यै लागेको छ? लागेर के गर्नु पाइने हैन भनेर निराश हुनुभएको भए सरकारको नीति तथा कार्यक्रमले ढोका खोलेको छ है।

सत्तारुढ पार्टीका शक्तिशाली महासचिव विष्णु पौडेल बालुवाटार जग्गा काण्डमा फँसिरहेका बेला सरकारले सार्वजनिक खुला क्षेत्रहरुलाई ‘आफ्नो’ बनाउन प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम आएको छ। टुँडिखेलमात्र हैनअरु सार्वजनिक खुला क्षेत्रमा पनि तपाईँ गएर किम्बु, कागती, इस्कुस, घाँसको खेती गर्न सक्नुहुन्छ।

http://www.mysansar.com/wp-content/uploads/2019/05/2019-05-05-01-27-07.mp4

पत्याउनु भएन? माथिको भिडियोमा भनिएको कुरा राम्रोसित सुन्नुस्।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको ७० औँ बूँदामा भनिएको छ-

७०. बाँझो निजी जमिन, सार्वजनिक खुला क्षेत्र तथा खोला किनारामा किम्बु, रेसम, सूर्यमुखी, सजिवन, कपास, कागती, इस्कुस र घाँसलगायतका खेती गर्न सर्वसाधारण व्यक्ति तथा समूहलाई प्रोत्साहन गरिनेछ।

यो अनुसार अर्काको बाँझो निजी जमिनमा मात्र हैन, सार्वजनिक खुला क्षेत्र र खोला किनारामा पनि विभिन्न खेती गर्न सर्वसाधारण व्यक्ति भए व्यक्ति अथवा समूह भए समूहले पाउने छन्।

अर्थात् अर्काको बाँझो जमिन देखे त्यसमा तपाईँले आफू खेती गर्न पाउँछु भन्दा पाइने भो। सरकारले प्रोत्साहन गर्ने भो।

काठमाडौँको टुँडिखेल लगायत अरु सार्वजनिक खुला क्षेत्रमा गएर खेती गर्न पाउँछु भन्दा पाइने भो। सरकारले प्रोत्साहन गर्ने भो।

बरु त्यसरी खेती गर्न कसले पाउने र कसले नपाउने भन्ने क्राइटेरिया चाहिँ के हुने हो? निवेदन चाहिँ कहाँ दिने हो? सत्तारुढ नेकपाका कार्यकर्ताले मात्र पाउने हुन् कि अरु दलकाले पनि पाउने हुन्? कुन ठाउँमा पाइने कुन ठाउँमा नपाइने भनेर तोक्ने चाहिँ कसले हो?

नत्र शाब्दिक अर्थमा जाने हो भने त टुँडिखेलमा पनि पाइने भो त। बुक गरिहाल्ने हो खेतीको लागि?

2 thoughts on “टुँडिखेलमा इस्कुस र कागती रोपौँ, सरकारले प्रोत्साहन गर्नेछ रे”

  1. सौरभ says:
    May 5, 2019 at 9:39 pm

    हालैका घटनाक्रमले प्रष्टै देखायो कि प्रधानमन्त्रिका सचिवालय र सल्लाहकारहरु कति नालायक रहेछन| अरिंगल होइन, काम गर्ने मौरी चाहिन्छ| यी तलका दृष्टान्तहरु नियालौ|

    १. भर्खरै मात्र मेरो सरकार जस्ता शब्दहरु प्रयोग गरेर शोषण गरेको शाही संस्कारबाट उन्मुक्ति पाएका नेपाली जनताले फेरी यो प्रयोगमा नल्याईनु पर्ने थियो| यस सन्दर्भमा, भारतका राष्ट्रपतिले पनि यसै भन्छ भन्ने सरासर कुतर्क हो|

    २. राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई प्र. म. को जिल्ला विकाश फेहरिस्त पत्र|

    ३. उक्त न. ७० को वुँदा| सुझबुझ विहीन| कसरि प्रोत्साहन गर्ने? वालुवाटारको जमीन कब्जा गरेर र मिलाएको उपहार लिएर?

    धेरै जसो विश्लेषकहरु, स्वतन्त्र र केहि नेकपाका पनि पर्छन, उंहाहरुको भनाईमा मुलुकको सही नेतृत्वको अभावमा मुलुक दिनहु गलत दिशामा लागेर असफल राज्य बन्न गैरहेको छ| खालि व्यक्ति, जो सत्तामा छन् वा पहिले स्वाद चाखेका थिए, उनीहर मात्र सफल बनेका छन्|
    के हो त दुई तिहाईको दुहाई? जनताले टुक्रे सरकार हुँदा हुँदा वाक्क दिक्क भएर अहिलेको सरकारलाई मत दिएका हुन्| अहिलेका समस्याहरुको जड र बीउ रोप्ने नै नेपाली कांग्रेस, राप्रपा र मधेसवादी घटक दलहरु हुन्| त्यति भनेर यो सरकारले उन्मुक्ति पाउदैन|

    ओली सरकारले जनताले अनुभूति गर्ने खालका तत्कालिन, आम जनतालाई सोझै राहत मिल्ने, मध्यकालिन अनि दीर्घकालीन योजनाहरु बनाएर इमान्दारीपुर्बक कार्यान्वयन गर्नपर्छ|
    सल्लाहकारहरु र कार्यालयका सचिवहरुमा आमुल फेरबदल गरेर जीम्मेवारी र लक्ष्यहरु निर्धारण गरिन पर्यो|
    मेलम्चीको पानी गत दशैँ अघि ल्याउने घोषणा गर्ने सरकारको भनाई र गराईमा विश्वसनीयता घटेर पींधमै पुगेको नेपाली जनताले महसुस गरेका छन् र त्यही नेपाली जनतामा नेकपा पनि पर्छन|

    Reply
  2. Shankar says:
    May 5, 2019 at 8:00 am

    येस्तै येस्तै दुगला कुरा गर्दै , बागमतीको किनार र धेरै सार्बजनिक चउर व्यक्ति को नाउ मा गरिदै | बाघ को मुख मा रगत लागिसकेको छ |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme